• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

       नवलपुरको बेरुजु रु ४९ करोड ६१ लाख   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण १२, बिहिबार (४ साल अघि)
    Beruju

    Advertisement

    नवलपुर ।  नेपालकै कान्छो जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका स्थानीय तहको बेरुजु रकम रु ४९ करोड ६१ लाख २९ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनअनुसार पछिल्लो चार वर्षमा जिल्लाका आठ स्थानीय तहको बेरुजु रकम बढेको छ । जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु विनयी त्रिवेणी गाउँपालिकामा देखिएको छ, भने सबैभन्दा कम बेरुजु बौँदीकाली गाउँपालिकामा देखिएको छ । विनयी त्रिवेणी गाउँपालिकामा बेरुजु रकम बढेर रु नौ करोड ३१ लाख सात हजार पुगेको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा जनाइएको छ । विनयी त्रिवेणीमा आर्थिक वर्ष २०७७/७८ मा मात्रै रु चार करोड ४१ लाख छ हजार बेरुजु रहेको छ ।

    अघिल्लो वर्ष २०७६/७७ मा रु छ करोड ५४ लाख एक हजार बेरुजु बाँकी रहेकोमा आव २०७७/७८ मा समायोजन सम्परीक्षणबाट फछ्र्यौट एवं गतवर्ष कायम भएको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु नौ करोड ३१ लाख सात हजार पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको असूल गर्नुपर्ने रु एक करोड ७० लाख ६६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु एक करोड ४२ लाख ६८ हजार, नियमित गर्नुपर्ने रु ९५ लाख ७८ हजार र पेस्की रु ११ लाख ८८ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    त्यस्तै, आव २०७७/७८ सम्म गैँडाकोट नगरपालिकाको बेरुजु रु नौ करोड १९ लाख ८५ हजार पुगेको छ । आव २०७७/७८ मा मात्रै नगरपालिकाको बेरुजु रु पाँच करोड ४२ लाख ४४ हजार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गैँडाकोटको बाँकी असुूल गर्नुपर्ने रु १६ लाख ५३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु तीन करोड ६१ लाख ५६ हजार, नियमित गर्नुपर्ने रु एक करोड नौ लाख ८९ हजार र पेश्की रु १६ लाख ६९ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    आव २०७६/७७ सम्मको रु चार करोड १५ लाख १८ हजारसहित हालसम्मको बेरुजु रु नौ करोड १९ लाख ८५ हजार पुगेको हो । जिल्लाको देवचुली नगरपालिकाको बेरुजु रकम हालसम्म रु आठ करोड ४१ लाख ८६ हजार पुगेको छ । आव २०७६/७७ सम्म रु छ करोड ५५ लाख २२ हजार बेरुजु रहेकोमा प्रक्रियाबाट रु ६४ लाख ९७ हजार फछ्र्यौट भएकोमा आव २०७७/७८ को रु तीन करोड नौ लाख ३२ हजार बेरुजु थपिएको जनाइएको छ । देवचुलीमा असूल गर्नुपर्ने रु २० लाख ७७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु ७३ लाख २१ हजार, नियमित गर्नुपर्ने रु ८१ लाख ९५ हजार र पेश्की रकम रु ६८ लाख ४२ हजार रहेको छ ।
    जिल्लाको बुलिङटार गाउँपालिकाको बेरुजु रकम रु पाँच करोड ९९ लाख छ हजारबाट बढेर रु सात करोड पाँच लाख ३६ हजार पुगेको छ । आव २०७७/७८ मा गाउँपालिकाको बेरुजु रु एक करोड ३३ लाख ९० हजार थप भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । बुलिङटारको बेरुजुमध्ये प्रक्रियाबाट रु ७६ हजार फछ्र्यौट भई बाँकी असूल गर्नुपर्ने रु सात लाख ७१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु ५४ लाख ८२ हजार, नियमित गर्नुपर्ने रु २६ लाख ९६ हजार र पेश्की रु ४३ लाख ६५ हजार रहेको प्रतिवेदनमा जनाइएको छ ।

    हुप्सेकोट गाउँपालिकाको बेरुजु रु एक करोड दुई लाख ९२ हजार थपिएसँगै रु पाँच करोड ७१ लाख ६५ हजार पुगेको छ । आव २०७७/७८ मा असूल गर्नुपर्ने रु छ लाख २३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु ५७ लाख ७६ हजार, नियमित गर्नुपर्ने रु ३० लाख ७७ हजार र पेश्की रु दुई लाख चार हजार रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । आव २०७६/७७ मा रु पाँच करोड ५० लाख छ हजार बेरुजु रहेकोमा आव २०७७/७८ मा समायोजन र सम्परीक्षणबाट केही रकम फछ्र्यौट भएको जनाइएको छ ।

    जिल्लाको मध्यविन्दु नगरपालिकामा आव २०७७÷७८ मा रु दुई करोड ९४ लाख ६६ हजार बेरुजु देखिएको छ । मध्यविन्दुको बेरुजुमध्ये असूल गर्नुपर्ने रु २७ लाख ९५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु एक करोड ४७ लाख ८४ हजार, नियमित गर्नुपर्ने रु २९ लाख ५२ हजार र पेश्की रु एक लाख रहेको छ । आव २०७६/७७ सम्मको रु चार करोड १५ लाख ८५ हजार बेरुजु रहेकोमा आव २०७७/७८ मा कायम रहेकोसमेत गरी हालसम्म रु पाँच करोड तीन लाख २८ हजार बेरुजु पुगेको महालेखाले जनाएको छ ।

    बौदीकाली गाउँपालिकामा आव २०७७/७८ मा रु ९७ लाख ३१ हजार बेरुजु देखिएको छ । बौदीकालीको बाँकी बेरुजु असूल गर्नुपर्ने रु नौ लाख ४१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु ५६ लाख ८६ हजार र पेश्की रु २९ लाख छ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । आव २०७६/७७ मा रु दुई करोड पाँच लाख १६ हजार बेरुजु रहेकोमा आव २०७७/७८ को समायोजन र सम्परीक्षणबाट फछ्र्यौट एवं कायम रहेको बेरुजुसहित हालसम्म रु दुई करोड ४८ लाख ७३ हजार बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ ।

    जिल्लाको कावासोती नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा रु चार करोड नौ लाख ६० हजार बेरुजु देखिएकोमध्ये प्रतिक्रियाबाट रु दुई करोड ८१ लाख ४५ हजार फछ्र्यौट भई बाँकी बेरुजु असूल गर्नुपर्ने रु २८ लाख ३४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु पाँच लाख ९९ हजार, नियमित गर्नुपर्ने रु ५९ लाख २९ हजार र पेश्की रु ३४ लाख ५२ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कावासोतीको आव २०७६/७७ सम्म रु पाँच करोड ४० लाख ३० हजार बेरुजु बाँकी रहेकोमा आव २०७७/७८ मा समायोजन र सम्परीक्षणबाट फछ्र्यौट एवं कायम रहेको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु दुई करोड ३९ लाख ४९ हजार रहेको महालेखाको प्रतिवेदनमा जनाइएको छ ।

    महालेखाको प्रतिवेदनअनुसार जिल्लाका आठवटै स्थानीय तहले महालेखा परीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्णरुपमा प्रयोग गरेर वित्तीय विवरण तयार पारेका छैनन् । लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थफरक नभएको, असूली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको जस्ता कमजोरी महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution