• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा चैतेधानको उत्पादन बढ्यो   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण १६, सोमबार (३ साल अघि)
    284065321_538739517711591_5649964005817660769_n

    Advertisement

    नवलपुर ।यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा चैतेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।    गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा तीन हजार पाँच सय ६२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने जिल्लामा सात सय हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएकोमा जम्मा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको उहाँले बताउनुभयो ।चैतेधान उत्पादनमा कृषकलाई आकर्षित गर्नका लागि केन्द्रले धान ब्लक कार्यक्रम लागू गरेको छ । कार्यक्रममा कृषक आकर्षित हुँदा चैतेधानको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । “चैतेधानको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भइरहेको छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “तर, हामीले गरेको लगानी र उद्देश्यअनुसारको उत्पादन भने अझै हुन सकेको छैन ।”

    जिल्लामा विशेष गरी चैतेधानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको छ । अहिले जिल्लाको गैँडाकोट–११ र कावासोती–१७ मा धान ब्लक कार्यक्रम लागू भएको छ । धान ब्लक कार्यक्रमबाट कृषकलाई अनुदान प्रदान गरेपछि चैतेधानतर्फ उनीहरु आकर्षित भएका जनाइएको छ ।
    “धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा समेत अनुदान प्रदान गरेको छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “जिल्लाभित्र उत्पादन हुने चैतेधान कृषक आफैँले बिक्री गर्ने गरेका छन् ।” जिल्लामा चैतेधानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उहाँले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्रसमेत धान निर्यात गर्न सकिने बताउनुभयो ।

    यसैबीच, नवलपुरमा बर्खेधानको रोपाइँ लगभग सकिएको ज्ञान केन्द्रले जनाएको छ । “यसवर्ष ढिला पानी पर्दा जिल्लामा बर्खेधानको रोपाइँ ढिला भएको छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “यही साउन १५ सम्म जिल्लामा धान रोपाइँ हुने क्षेत्रफलमध्ये ९५ प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ सकिएको छ ।” शनिबार रातिदेखि पानी परिरहेका कारण बाँकी रहेको स्थानमा समेत अहिले रोपाइँ भइरहेको उहाँको भनाइ छ ।

    जिल्लाको करिब १९ हजार हेक्टर क्षेत्रफलमा बर्खेधानको रोपाइँ हुने कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जानकारी दिनुभयो । “जिल्लाको कूल खेतीयोग्य भूमिको करिब ५६ प्रतिशत भागमा सिँचाइ सुविधा पुगेकालेसमेत समयमै वर्षे धान रोपेर सकिन्छ”, उहाँले भन्नुभयो, “यहाँ ४९ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको भए पनि १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा मात्रै बर्खेधान रोपाइँ हुने गरेको छ ।” बर्खेधान रोपाइँका लागि जिल्लामा भूमिगत सिँचाइ तथा नहर र कुलोमार्फत सिँचाइ पु¥याइएको जनाउँदै उहाँले पानी परेपछि मात्रै पनि पानीको सुविधा हुने ठाउँमा समेत धान खेती हुने गरेको बताउनुभयो ।

    नवलपुरका कृषकले रामधान, हर्दिनाथ, सावित्री, सुक्खा ३, सावा मन्सुलीजस्ता बर्खेधानका बीउ रोप्ने गरेका जनाइएको छ । जिल्लाको दक्षिणी भाग (तराई) गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट, विनयी त्रिवेणी तथा पहाडी क्षेत्रमा पर्ने बौदिकाली, बुलिङटारलगायतका क्षेत्रमा बर्खेधानको उत्पादन राम्रो हुने गरेको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution