• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ‘थोपा थोपा मिले घैला भरिन्छ’   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण २०, शुक्रबार (४ साल अघि)
    Note

    Advertisement

    नवलपुर । ‘थोपा थोपा मिलेर घैला भरिन्छ’ भनेझैँ नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा मोहर बचत सङ्कलन गरेर सुरु भएको सहकारीको सम्पत्ति रु नौ अर्ब बढी पुगेको छ । जिल्लाको गैँडाकोटमा ३२ वर्षअघि स्थापना भएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति अहिले रु नौ अर्ब तीन करोड ३४ लाख पुगेको छ  । विसं २०४८ भदौ ५ गते २६ सदस्यले दैनिक ५० पैसा ९एक मोहर० बचत सङ्कलन गरी स्थापना गरेको संस्था अहिले नेपालकै उत्कृष्ट सहकारी संस्थाका रूपमा स्थापित भएको छ । विकूका संस्थापक एवं वर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले ‘बचत नै विकासको बीउ हो’ भन्ने आदर्श सोचाइबाट सुरु गरिएको संस्थामा अहिले एक लाख १० हजार सदस्य पुग्नु सामान्य कुरा नभएको बताउनुभयो । समाजमा व्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने तथा त्यसरी सङ्कलन गरिएको बचतलाई सदस्यहरूभित्रै परिचालन गरी सामाजिक उद्यमको प्रवद्र्धन गर्नु संस्थाको मुख्य उद्देश्य भएको सापकोटाले बताउनुभयो ।

    विसं २०५० मा वैधानिकता प्राप्त गरेको विकूले विसं २०५४ मा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने अनुमति पाए पनि सदस्यहरूबाट निक्षेप सङ्कलन गरी बढीभन्दा बढी सेवा पु¥याउन सफल भएको सापकोटाको भनाइ छ । “हामीले संस्था स्थापना गर्दा विजय युवा क्लब युनियन ९विकू० भनेर सुरुआत ग¥र्यौँ”, उहाँले भन्नुभयो, “यो संस्थालाई विजय विकास स्रोत केन्द्रले प्रवद्र्धन गरेको छ ।” अहिले संस्थाको शेयर पूँजीमात्रै रु ९० करोड ९४ लाख पुगेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

    “हामीसँगै जगेडा तथा कोष रु ७८ करोड ६६ लाख, बचत सङ्कलन रु सात अर्ब दुई करोड ४७ लाख, ऋण लगानी रु सात अर्ब २० करोड ६१ लाख पुगेको छ”, उहाँले भन्नुभयो, “संस्थाले सदस्यलाई प्रतिव्यक्ति रु दुई करोडसम्म लगानी गर्दै आएको छ भने दुई सदस्यहरूको जमानीमा बिनाधितो रु दुई लाखसम्म ऋण प्रवाह गरिरहेको छ ।” विकूले जिल्लाबाट उत्कृष्ट सहकारी पुरस्कार, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेफ्स्कुन०बाट पश्चिमाञ्चल क्षेत्रीय उत्कृष्ट सहकारी पुरस्कार तथा नेपालकै सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कार, एसियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा नेफ्स्कुनद्वारा सञ्चालित सेवा तथा सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको एक्सेस ब्राण्ड लगातार छपटकसम्म पाउन सफल भएको छ ।

    विकूलाई लघुवित्त विश्वव्यापी सञ्जाल ‘मिक्स मार्केट’ले पनि उत्कृष्ट रेटिङ ९पाँच तारा० प्रदानका साथै लगातार दुईपटक युरोपियन अवार्डमा समेत सू्चीकृत गरेको थियो । त्यस्तै नेफ्स्कुनबाट उत्कृष्ट व्यवस्थापनको पहिलो राष्ट्रिय पुरस्कारसमेत विकूले हात पारेको थियो । संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले विकूले आफ्ना शेयर सदस्यलाई कम्तीमा पनि १५ प्रतिशत शेयर बोनस प्रदान गर्दै आइरहेको बताउनुभयो । “नेपालका सहकारी संस्थामध्ये हामीले पहिलोपटक एटिएम कार्ड सञ्चालनमा ल्याएका थियौँ”, उहाँले भन्नुभयो, “विकूको एटिएम कार्डले आफ्ना छवटा एटिएम मेसिन तथा नेपालका जुनसुकै बैंकको मेसिनबाट निःशुल्क पैसा निकाल्न मिल्ने सुविधा प्रदान गर्दै आएका छौँ ।”

    विकूले तीन प्रदेशका तीन जिल्लामा कारोबार गर्ने इजाजत लिएर नवलपुर र चितवनमा कारोबार गर्दै आइरहेको छ । उपाध्यक्ष आचार्यका अनुसार संस्थाको चितवनमा चार तथा नवलपुरमा १९ गरी २३ वटा शाखा सञ्चालनमा छन् । संस्थाको सदस्यमध्ये ४९ प्रतिशत महिला तथा एक हजार दुई९३ जना सुकुम्बासी परिवारका रहेका आचार्यले बताउनुभयो ।

    “विकूले चिनाउने छ अक्षर, सबै सदस्य बन्ने छन् साक्षर भन्ने उद्देश्यका साथ विगतका वर्षदेखि नै आफ्नै स्रोत र साधनबाट हामीले अनौपचारिक शिक्षा सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “कमजोर अर्थावस्था भएका संस्थाका शेयर सदस्यका छोराछोरीको पहिचान गरी दलित जनजाति तथा जेहेन्दार ६० जनालाई बर्सेनि एसइईसम्मको सम्पूर्ण लगानी संस्थाले गर्ने गरी छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।” विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा विकूले बर्सेनि आफ्ना दुई सय जना सदस्यलाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गर्दै आइरहेको उहाँको भनाइ छ ।

    विकूको संस्थापक एवं लेखा सुपरीवेक्षण समितिका संयोजक कमल सुवेदीले निक्षेपमा १३ प्रतिशतसम्म र ऋणमा १६ प्रतिशतसम्म ब्याजदर रहेको जानकारी दिनुभयो । “हामीले निक्षेपमा सातदेखि १३ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ऋण लगानीमा १३ देखि १६ प्रतिशतसम्म ब्याज लिने गरेका छौँ ।” उत्पादनमूलक क्षेत्रमा १३ प्रतिशत ब्याजदरमै लगानी गर्ने गरेको संस्थाले महिला उद्यमीलाई भने शून्य दशमलव पाँच प्रतिशत कम ब्याज तथा अनुत्पादक क्षेत्रमा लगानी गर्दा १६ प्रतिशत ब्याज लिने गरेको उहाँको भनाइ छ ।

    विकूले कृषि तथा पशुपालनलगायतका उत्पादनमूलक क्षेत्रमा ४२ प्रतिशत, व्यापार तथा व्यवसायमा ३९ प्रतिशत र अनुत्पादक क्षेत्रमा १९ प्रतिशत ऋण प्रवाह गरिरहेको सुवेदीले बताउनुभयो । संस्थाले तीन सय ६५ दिन नै बैंकिङ तथा सन्ध्याकालीन नियमित सेवा प्रदान गरिरहेको भन्दै विकूलाई अझ उत्कृष्ट संस्था बनाउनका लागि आफूहरु लागिपरेको संयोजक सुवेदीले बताउनुभयो । एकतीस वर्षअघि स्थापना भएको विकूले विभिन्न कार्यक्रम गर्दै साउन २१ देखि आफ्नो वार्षिकोत्सवका कार्यक्रम गर्ने भएको छ ।

    संस्थाका सचिव प्रेमप्रसाद सापकोटाले संस्था स्थापना भएको दिन भदौ ५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँअनुसार साउन २१ गते शनिबार गैँडाकोट–८ को खेलमैदानमा कर्मचारीबीच चम्चा दौड प्रतियोगिता र मोटरसाइकल स्लोरेस प्रतियोगिता आयोजना गरिएको छ । सोही दिन बिहान ११ बजे विजय सामुदायिक शिक्षा सदनमा नृत्य प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

    यस्तै गत साउन ३० र ३१ गते विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता, गैँडाकोट, कावासोती र टाँडीमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको सचिव सापकोटाले बताउनुभयो । देवघाटधाम र कावासोती–१६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालका वृद्ध तथा बिरामीलाई खाना तथा फलफूल वितरण कार्यक्रम राखिएको उहाँले बताउनुभयो । अगामी भदौ ३ गते गैँडाकोटबाट चितवनको पर्सासम्म प्रभातफेरी ९मोटरसाइकल ¥याली०, ४ गते हर्कपुर र कावासोतीमा रक्तदान कार्यक्रम आयोजना गरिएको सचिव सापकोटाले जानकारी दिनुभयो ।

    त्यस्तै वार्षिकोत्सव समापन समारोहसँगै म्युजिकल चियर, विकूको वर्णमाल विमोचन, पुरस्कार वितरण र दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । वार्षिकोत्सवका अधिकांश कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारीको सहभागिता हुने संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution