• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शाखा सडकबाट आएको पहिराले मुख्य सडक अवरुद्ध   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण २९, आईतबार (४ साल अघि)
    1235074011Muglin-Road

    Advertisement

    – सञ्चिता घिमिरे
    काठमाडौँ । : नारायणगढ–मुग्लिन सडकमा शाखा सडकबाट आएको पहिराका कारण ठाउँठाउँमा मुख्य सडक अवरुद्ध भइरहेको छ ।  मुख्य सडकसँग जोडिने गरी वा त्योभन्दा माथिल्लो भागमा स्थानीय तह तथा प्रदेश सरकारले शाखा सडक खन्ने गरेका छन् । स्थानीयस्तरमा प्रयोगका लागि बनाइएका ती सडक खन्दा आएको पहिराले मुख्य सडक अवरुद्ध हुने गरेको हो । राष्ट्रिय राजमार्ग जोडेर शाखा सडक बनाउँदा कुनै समन्वय नहुने सडक विभागले जनाएको छ । मुख्य सडकभन्दा झण्डै दुई सय ५० मिटर माथिबाट पहिरो खस्दा मौरी खोला पुलमा पुरिएर पटकपटक सडक अवरुद्ध भइरहेको छ । यो वर्षाका कारणले नारायणगढ–मुग्लिन सडकमा ठाउँठाउँमा सडक अवरुद्ध भइरहेको छ । अहिले मौरी खोला पुल र अरु दुई–तीन स्थानका सडकमा बाढी र पहिराका कारण पटकपटक सडक अवरुद्ध भइरहेको सडक विभागले जनाएको छ । नारायणगढ–मुग्लिन सडकमा मौरी खोला पुल र अरु दुई–तीन ठाउँमा मात्रै यस वर्ष सडक अवरुद्ध हुने समस्या भइरहेको छ । मौरी खोलामा झण्डै तीन–चार सय मिटर माथिबाट पहिरोले ढुङ्गा, गेग्रान ल्याउँदा पुल पुरिएको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताउनुभयो । पहिराले पुल पुरिँदा सडक पटकपटक अवरुद्ध भइरहेको र विभागले खुलाइरहेको उहाँले बताउनुभयो ।

    मौरी खोला पुलभन्दा माथिल्लो भागमा एउटा कच्ची सडक निर्माण हुँदा त्यसका कारण यस वर्ष पुलमा बढी असर पुगेको उहाँले बताउनुभयो । सो शाखा सडक आठ÷दश वर्ष पहिले निर्माण सुरु भएको थियो । त्यो सडकका कारण अझै बढी गेग्रान आइरहेको उहाँले बताउनुभयो । पहिले स्थानीय सडक भए पनि यस वर्ष सडकलाई निर्वाचन क्षेत्र सडकमा पारेपछि अब विभागको कार्यक्षेत्रमा परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडकका कारण यस वर्ष पहिरो बढ्न गएको हो ।”

    विसं २०६० मा पनि सो स्थानमा पहिरो आएकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ड्याम निर्माण गरिएको थियो । त्यसमा गत वर्ष क्षति भएपछि विभागले मर्मत गरे पनि यस वर्ष पहिराले पूर्णरुपमा पुरेको छ । माटो हटाएर पुल सफा गरिरहेको महानिर्देशक थापाले बताउनुभयो । पहिरो खुलाउन सो स्थानमा पहिले तीन उपकरण राखिएकामा अहिले एक थप गरिएकोे उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिराको जानकारी प्रहरी, स्थानीयवासी कसैले देखेमा लोडर वा स्काभेटर अपरेटरलाई दिँदा तत्काल पहिरो हटाउन सुरु गरिँदै आएको छ ।”

    गत वर्ष वर्षाको समयमा धेरै ठाउँमा सडक अवरुद्ध हुने गरेको थियो । अहिले बाढी र पहिराका कारण हुने क्षतिको न्यूनीकरणका लागि विभिन्न संरचना बनाइएको सडक विभागले जनाएको छ । गत वर्षमा भित्ता काटेर पहिरो नियन्त्रणका लागि बनाइएको संरचना, नदीले कटान नगरोस् भनी निर्माण भएका पाइल र ठाउँठाउँमा वृक्षरोपण गर्दा पहिराको जोखिम केही कम भएको विभागका महानिर्देशक थापाले बताउनुभयो ।

    सडकको भित्ता काटेपछि ठाउँठाउँमा विभिन्न प्रविधि प्रयोग गरेर बलियो बनाइएको उहाँले बताउनुभयो । भित्ताभरि प्वाल पारेर छ–आठ मिटर लम्बाइको रड छिराएर त्यसमाथि जाली लगाइ त्यसलाई स्थिर बनाइएको हो । ती संरचना निर्माण गरिएको स्थानमा अहिले पहिरो नगएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “ठाउँठाउँमा त्यो अहिले पनि देख्न सकिन्छ, कतै भने घाँस उम्रिसकेको छ ।” सो सडकमा गत वर्षमा नारायणी नदीले तलबाट तानेर सडक भत्कने गरेको महानिर्देशक थापाले बताउनुभयो । अहिले ठाउँठाउँमा कङ्क्रिट ब्लक राखिएको छ । नारायणी किनारमा १७ किमीमा पाइल राखिएको उहाँले बताउनुभयो ।

    सडकमा खाल्डा हुँदा माटो, ग्राभेलले पुर्ने र पकाएर राखेको अलकत्राले टाल्ने गरिएको छ । तीन÷चार महिना पहिलेदेखि अलकत्रा पकाएर बोरामा राखिने गरिएको महानिर्देशक थापाले बताउनुभयो । विशेष केमिकलमा नयाँ प्रविधि प्रयोग गरेर पकाइएको अलकत्रा बोरामा राख्न मिल्ने र जहाँ खाल्डा भयो त्यहाँ टालिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै बिग्रिएमा गर्न गाह्रो भए पनि ससाना खाल्डामा सकिन्छ ।”

    स्थानीयस्तरमा जतासुकै शाखा सडक खोल्दा पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने अवस्था आइरहेको महानिर्देशक थापाले बताउनुभयो । पहिरो पन्छाउन पनि नजिकै विद्युत् र टेलिफोनको लाइन हुँदा समस्या रहेको उहाँले बताउनुभयो । तार र खम्बा सडकभन्दा केही टाढा नभएर मुख्य सडकमै हुँदा डोजर, लोडर र स्काभेटर चलाउन नसकिने अवस्था रहेको छ । उहाँले भन्नुभयो, “नाङ्गो तारमा मेसिनले छुँदा पनि जोखिम छ ।”

    अहिले पहिरो पन्छाउनभन्दा पनि जाम खुल्न बढी समय लाग्ने गरेको छ । सडकको अवरोध पन्छाएर खुलेपछि गाडी आठ÷नौ घण्टा रोकिनुपर्ने अवस्था रहेको महानिर्देशक थापाले बताउनुभयो । तीन÷चार घण्टामा सडक खुले पनि अगाडि जाने गाडीको तछाडमछाडले गर्दा त्यो क्षेत्रमा जाम हट्न आठ÷नौ घण्टा लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले भनेपछि गृह मन्त्रालयबाट लेन अनुशासन कायम गराउन निर्देशन भए पनि पूर्णरुपमा पालना भइसकेको छैन ।”

    विगतका वर्षमा विस्तार गरिएको नारायणगढ–मुग्लिन सडकमा हाल पुल निर्माणको काम भइरहेको छ । विगतमा कम चौडाइका पुल रहेकामा तिनलाई सडक जतिकै चौडाइ कायम गर्न पुरानो पुल भएको ठाउँसँगै नयाँ पुल निर्माण भइरहेको छ । सरकारले मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक विस्तारसमेत अघि बढाइरहेको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution