• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक ९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

      भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र १९, आईतबार (४ साल अघि)
    1630834929-lKg4g

    Advertisement

    भोजपुर । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन भएका अकबरे खुर्सानी, तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँलगायत सहरमा पुग्न थालेका छन् । सडकको सहज पहुँच भएका स्थानका कृषकको फार्मबाट नै सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ । यसबाट व्यवसायलाई थप राहत पुगेको कृषक रमिला श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कृषि कर्म बाँच्ने आधार बनेको छ । व्यावसायिकरूपमा गरेको तरकारी खेतीले वार्षिक रु आठ लाखसम्म आम्दानी हुन्छ ।”यहाँको उत्पादन जिल्लासँगै धरान, विराटनगर, काठमाडौँलगायत स्थानमा जाने गरेको छ । सडकको सहज पहँुचका कारण फार्मबाट बेच्न पाएको किसान बताउँछन् । त्यस्तै जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका कृषक नगेन्द्र राईले पनि सात रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गर्दै आउनुभएको छ । उहाँले स्थानीय बजारमा प्रतिकेजी रु एक सय ५० देखि तीन सयसम्ममा खुर्सानी बेच्न गरेको जानकारी दिनुभयो । कृषक राईले भन्नुहुन्छ, “खर्सुानी तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । बजारको मागलाई पूरा गर्न नै समस्या छ । तर यस वर्ष मेरो भने ढुसीलगायतका रोगका कारण केही खुर्सानीका बोटमा क्षति भयो । तर पनि राम्रै आम्दानी गरिरहेको छु ।”टेम्केमैयुङ –८ गोगने सल्लेनीका कृषक शम्भु नेपालले २२ रोपनी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती गरिरहनुभएको छ । कृषक नेपालले अहिले २२ रोपनी क्षेत्रफलमा डा«गनफल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायीक खेती गरिरहनुभएको छ । उहाँले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाउनुभएको छ ।

    उहाँले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार पाँच सय बढी पिलरमा ड्रागनफल लगाउनुभएको छ । ड्रागन र कागती बिक्रीबाट वार्षिक रु १२ लाख बढी आम्दानी हुने कृषक नेपालको भनाइ छ । अरुण गाउँपालिका–६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती गरिरहनुभएको छ । करिब पाँच वर्ष विदेश बसेर आउनुभएका राईले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडोको व्यावसायिकखेती सुरु गरेको जानकारी दिनुभयो । उहाँको फार्ममा अहिले एक हजार सय बढी एभोकाडोको बिरुवा छन् । एभोकाडो प्रतिकेजी रु तीन सयदेखि रु पाँच सयसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ ।

    केही वर्षबाट यसले उत्पादन दिन थाल्ने र वार्षिकरूपमा रु ३० लाखसम्म आम्दानी लिने लक्ष्य राखेको राईको भनाइ छ । कृषक राई भन्नुहुन्छ, “विदेशमा धेरै समय बसेँ, त्यहाँ धेरै दुःख गरियो । तर सोचेअनुसारको आम्दानी गर्न सकिएन, अहिले आफ्नै ठाउँमा व्यावसायिक एभोकाडो (घ्यूफल) खेतीमा लागेको छु । मेरो वार्षिक रु ३० लाख आम्दानी लिने लक्ष्य छ ।”

    सरकारले कृषकलाई प्रोत्साहन गर्ने विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आर्कषण बढेको देखिन्छ । पछिल्लो समय फार्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसबाट धेरै कृषकले आफ्नो आयस्रोतमा वृद्धि गरेका छन् । यस वर्ष पनि कृषक लक्षित कार्यक्रम सरकारले सञ्चालनका लागि बजेट पठाएको छ । यसबाट अझै धेरै कृषकलाई लाभ पुग्ने देखिन्छ ।

    कृषि ज्ञान केन्द्र भोजपुरमार्फत नमूना कृषि फार्म, सुन्तला बगैँचा व्यवस्थापन, खाद्यन्न फलफूल, तरकारी खेती विस्तार, पशु सेवाअन्तर्गत च्यापकटर वितरण, बाख्रापालन, भेडापालन, अण्डा उत्पादन, बङ्गुरपालनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । यहाँका धेरै कृषकले व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्दै आएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । यहाँका उत्पादन अहिले बाहिरी बजारमा जान थालेको अवस्था छ । विभिन्न स्थानीय तहमा पकेट क्षेत्र तथा ब्लक सञ्चालन भइरहेको छ ।

    सरकारले कृषि तथा पशुपालनमा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा युवाको समेत आकर्षण बढेको छ । तर कतिपय कानुनी जटिलता तथा पहुँचका आधारमा अनुदान वितरण हँुदा लक्षित कृषकसम्म पुग्न नसेकाले यसतर्फ सजग हुन सरोकारवला पक्षले सुझाव दिएका छन् । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution