• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक ७, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    होमस्टेले फेरिएको जीवन 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र २३, बिहिबार (४ साल अघि)
    pradesh_cover_nepal-18112018050658

    Advertisement

    –विष्णुप्रसाद गौडेल
    मध्यविन्दु  । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१५ बाघखोरमा रहेको हमार गाउँ दिगो पर्यटन सहकारीमा पुग्दा धनमाया महतो कम्प्युटरमा बचतको तथ्याङ्क राख्न व्यस्त हुनुहुन्थ्यो । बिहान १० देखि साँझको चार बजेसम्म सहकारीको व्यवस्थापकको भूमिकामा व्यस्त उहाँ बाघखोरका महिलाको नेतृत्व गर्नुहुन्छ । अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा ३१ घर सञ्चालनमा छन्, जसमध्येको छ नम्बर होमस्टे उहाँकै हुन् । साँझ र बिहानको समयमा पाहुनालाई खाना खुवाउन र स्वागतमा व्यस्त हुने महतोलार्ई काममा उहाँका श्रीमान्ले सघाउनुहुन्छ ।करिब १३ वर्षअघि नवलपुरकै बेल्डिहाबाट विवाह गरेर बाघखोर आउनुभएकी धनमायालाई पहिले त्यस गाउँमा बस्नै मन लाग्दैनथ्यो । चार वर्ष मलेसिया बसेर नेपाल फर्किएका बेला धनमायासँग विवाह बन्धनमा बाँधिएका श्रीमान्ले विवाहको एक महिनामा उहाँलाई घरमै छोडेर धन कमाउन परदेश लाग्नुभयो । नयाँ ठाउँ, नयाँ परिवेशमा उहाँलाई दिन बिताउन कठिन हुने गर्दथ्यो । कहिल्यै मेलापात नहिँडेकी धनमायालाई खेतबारीमा काम गर्न बानी पार्न निकै समय लाग्यो । तेह्र वर्षअघिका ती दिन सम्झँदा उहाँलाई त्यस्तो दुःख नि गरेकी रहेछु, सायद दुःख पछिको सुख भनेको यही होला भन्ने महसुस हुन्छ ।

    बिहान नौ बजेदेखि साँझ सात बजेसम्म एक घण्टाको रु २५ को दरमा मेलामा हिँडेका दिनले महतोलाई आजभोलि झस्काइरहन्छ । घरमा जेठी बुहारी भएको र देवर पढ्दै गरेको हुँदा खर्च जुटाउन कठिन रहेको समय सम्झँदै उहाँले भन्नुभयो, “बाघखोर गाउँका सबै पुरुष कमाउन विदेश जाने र महिला मेलापात गरेर घरखर्च टार्नुपर्ने अवस्था थियो ।” अगाडि भएको कम्प्युटरमा टाइप गर्दै धनमायाले थप्नुभयो, “मेला जानु र जङ्गल गएर दाउरा ल्याएर बेच्नु वा प्रयोग गर्नुको यहाँ अरु विकल्प केही थिएन ।” “स्नातक पास गरेर विवाह गरे पनि मेला नगई हुँदैनथ्यो, गाउँको परिवेश त्यस्तै, जताततै फोहोर, बाटो राम्रो थिएन । होमस्टेको सुरुआत गरिएपछि सबैतिर विस्तारै विकास भयो”, धनमायाले विगत सुनाउनुभयो । विसं २०७० देखि गाउँमा होमस्टे सञ्चालनमा आएपछि उहाँको जीवनले पनि फड्को मा¥यो । धनमाया भन्नुहुन्छ, “अहिले घरमा पेय पदार्थको डिलर राखेकी छु । श्रीमान्ले पसल हेर्नुहुन्छ म दिनभर सहकारीमा व्यस्त हुन्छु । जब होमस्टेमा पाहुना आउँछन् बिहान र साँझको समयमा परिवार मिलेर काम गर्छौं ।” गाउँमा भएका किराना पसलदेखि त्यहाँ भएको ३१ होमस्टेमा पर्यटकलाई आवश्यक पेय पदार्थ(जुस) उहाँको डिलरबाट नै बिक्री हुने गर्दछ । होमस्टे र सहकारीबाट मात्रै मासिक रु ६० हजार कमाइ हुने उहाँले बताउनुभयो ।

    होमस्टे सञ्चालन गरेपछि व्यक्तित्व र आर्थिक विकासमा परिवर्तन आएको उहाँको भनाइ छ । धनमाया एक पात्र मात्रै हुनुहुन्छ । गाउँमा भएका ३१ घर होमस्टेका सबै महिलाको व्यक्तित्वमा विकास भएको स्वयं महिला नै बताउँछन् । गाउँमा होमस्टेमा महिला आबद्ध भएपछि विदेशमा भएका पुरुष घर फर्किएका छन् । थारु समुदायको बाक्लो बस्ती रहेको नवलपुरको कावासोती–१५ का थारु समुदायका महिला कोही होमस्टेमा त कोही होटल व्यवसायमा आबद्ध छन् ।वन र वन्यजन्तुको संरक्षण गर्दै पर्यटकलाई आकर्षण गर्ने केन्द्रको रुपमा मात्र होइन यस होमस्टेले थारु संस्कृतिलाई पनि जोगाउँदै आएको छ । यो थारु महिलाको आर्थिक रुपान्तरणको आधार बनेको छ । गाउँमा होमस्टे सञ्चालनमा आएपछि महिलाको नेतृत्व र व्यक्तित्वमा परिवर्तन आएको अमलटारी मध्यवर्ती होमस्टेका सहव्यवस्थापक पिङकी महतोले बताउनुभयो ।आफ्नो संस्कृति र वेषभूषाको संरक्षण गर्दा, पर्यटन विकाससँगै सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने देखेपछि कावासोती १५ नम्बर वडाको गोडारका महिला मिलेर २०७५ सालमा थारु सांस्कृतिक अतिथिगृह सञ्चालन ल्याएका हुन् । करिब १० वर्षदेखि साहारा महिला बचत समूहमा मासिक रु एक सयको बचत गर्दै आएका २९ महिला मिलेर थारु सांस्कृतिक अतिथिगृह सञ्चालनमा ल्याएका हुन् ।

    कावासोती नगरपालिका–१५ र १७ लाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउँदैछ भन्ने थाहा पाएर नै व्यवसायतर्फ लागेको थारु सांस्कृतिक अतिथि सचिव विनु महतोले बताउनुभयो । सधैँ कति दाउरा घाँस मात्रै गर्ने हो, आफू बस्ने ठाउँलाई पर्यटकीय क्षेत्र बनाउने कुरा भएको समयमा हामीले केही गर्न सकेनौँ भने कहिल्यै गर्न सकिँदैन भन्ने सोचको विकासले नै अगाडि बढेको सचिव महतोले बताउनुभयो ।

    साहारा महिला बचत समूहमा आबद्ध २९ महिलामध्ये २६ जनाको रु दुई लाखका दरले र तीन जनाको रु एक लाखका दरले गरी रु ५५ लाखको लगानीमा अतिथिगृह सञ्चालन गरिएको हो । विनु यसको लगानीकर्ता हुनुहुन्छ भने कर्मचारीको रुपमा पनि उहाँ काम गर्दै आउनुभएको छ । दुई बिघा जग्गा भाडामा लिई सञ्चालनमा ल्याइएको थारु सस्कृतिक अतिथि गृहमा थारु समुदायको परम्परागत संस्कृति झल्कने पाँच आवासीय घर र सांस्कृतिक भवन छन् ।महिला समूहमा बसेर वनजङ्गलको संरक्षण गर्दैगर्दा अब आत्मनिर्भर हुनुपर्छ भन्ने सोचले आज आफूहरु व्यवसायी हुन पुगेको त्यहाँ आबद्ध महिला बताउँछन् । व्यवस्थापक विनु भन्नुहुन्छ, “पहिले गृहिणी थिए कसैले वास्ता गर्दैनथे अहिले सबैजनाले कार्यक्रममा बोलाउनुहुन्छ, आफूमा पनि जिम्मेवारी बढेपछि काम गर्ने शैलीमा परिवर्तन आएको छ ।”पहिले आफू गृहिणी मात्रै भएर बस्दाका दिन सम्झँदै विनु भन्नुहुन्छ, “पहिले घरको काम मात्रै कामजस्तो हुने थियो तर अहिले जिम्मेवारी पाएपछि सोहीअनुसार आफूमा नेतृत्व र व्यक्तित्वमा विकास भएको महसुस भएको छ ।” जिल्लामा अहिले १४ होमस्टे छन् । यसबाट थारु, बोटे, दराइ, कुमाल, मगर र गुरुङ समुदायका महिलाको नेतृत्व र क्षमतामा विकास भएको पाइन्छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution