• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

       कृषि र पशुपालनको बजेट उत्पादन बढाउन केन्द्रित   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र २३, बिहिबार (३ साल अघि)
    Krishi2020-03-14-07-25-59-pixz4l8wqm2fay634ql2rxvjiy710cpzkmnwf69450

    Advertisement

    – दयाराम आचार्य
    त्रिवेणी ।  नवलपरासी बर्दघाट (सुस्तापूर्व) नवलपुर कृषि र पशुपालनको सम्भाव्यता भएको जिल्ला हो । जिल्लामा कृषि र पशुपालन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ ।नवलपुरमा सङ्घ, प्रदेश र स्थानीय सरकारका योजनामा समेत कृषि तथा पशुपालनले प्राथमिकता पाउने गरेका छन् । त्यसअनुसार चालु आर्थिक वर्षमा मात्रै कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने सङ्घ र प्रदेश मातहतका कार्यालयले रु १७ करोड बढी बजेट परिचालन गर्दैछन् । जिल्लास्थित कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने कार्यालयले मुख्यतः उत्पादन बढाउने गरी आफ्नो बजेट केन्द्रित गर्ने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नवलपुर, कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले चालु आर्थिक वर्षमा कृषि र पशुपालन क्षेत्रमा लगानी गर्ने गरी रु १७ करोड २० लाख बजेट विनियोजन गरेका छन् । सोहीअनुसार कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नवलपुरका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।

    जिल्लास्थित कार्यालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले रु चार करोड ६२ लाख ८८ हजार, कृषि ज्ञान केन्द्रले रु छ करोड ८४ लाख ४६ हजार र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले रु पाँच करोड ७२ लाख ६९ हजार बजेट यस वर्ष परिचालन गर्दैछन् ।सरकारले स्वरोजगारमुखी उद्यमलाई प्राथमिकता दिने गरेको छ । त्यसमा पनि कृषि र पशुपालन क्षेत्रमा उत्पादन बढाउन लगानी गर्ने गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । “कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्न उत्पादन नै बढाउनुपर्छ, यसकारण कृषि र पशुपालनमा उत्पादन बढाउने प्रमुख लक्ष्य छ”, कार्यालय प्रमुख शर्माले भन्नुभयो ।कृषि र पशुपालनमा लाग्ने कृषकलाई कार्यालयले अनुदान सहयोग गर्ने गरेका छन् । आधुनिक यान्त्रिकीकरणमा सहयोग, सिँचाइको व्यवस्थापन, कृषि क्षेत्रको विस्तार, उत्पादन र बजारीकरणका लागि अनुदान सहयोग उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।

    चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेटअनुसार कार्यक्रम सुरु गर्न लागिएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । आलुखेती विषेश कार्यक्रम, विषेश बाली प्रवद्र्धन, मसला बाली विकास कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, ग्रामीण पोषण सुरक्षण कार्यक्रम, बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम, साना व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम, साना सिँचाइ कार्यक्रमलगायतका क्षेत्रमा कृषि ज्ञान केन्द्रबाट कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालय प्रमुख लामिछानेले बताउनुभयो ।जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले पशु स्वास्थ्य कार्यक्रम, पशु अनुवांशिक स्रोत केन्द्र स्थापना कार्यक्रम, पशु आहारा प्रवद्र्धन कार्यक्रम, पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम, व्यावसायिक गाई, भैँसी फार्ममा थुनेलो परीक्षणलगायतका मुख्य कार्यक्रम यस वर्ष सञ्चालन गर्दै छ ।कृषि तथा पशुपालनको क्षेत्रमा सरकारले उत्पादन बढाउने गरी विभिन्न प्रकारका अनुदान दिने गर्दा यस व्यवसायतर्फ आकर्षण बढाएको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरको गत आर्थिक वर्षको उद्योग दर्ताको सङ्ख्याले समेत देखाएको छ ।

    घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका अनुसार गत आवमा जिल्लामा एक हजार ५० नयाँ उद्योग थपिएका छन् । त्यसमध्ये कृषिजन्य उद्योगको सङ्ख्या धेरै रहेको छ । एक हजार ५० नयाँ उद्योगमध्ये कृषिमा आधारित छ सय ३८ वटा नयाँ उद्योग थपिएका छन् ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution