
चितवन ।नारायणी नदीमा डल्फिन देखिएको छ । नारायणी नदीको अमलटारी घाटमा बुधवार डल्फिन देखिएको हो । नेचर गाइड टेक महतोले ढुंगामा जाँदै गर्दा २ वटा डल्फिन देखेका बताएका छन् । डल्फिन देखेपछि उनले त्यसको फोटो समेत खिचेका छन् । उनले गत वर्ष पनि नारायणी नदीमा डल्पिन देखेका थिए ।डल्फिन नारायणीमा दुर्लभ मानिन्छ । जाडोयाममा चराको संख्या बढ्दै गएका कारण महतो चितवन निकुञ्ज र आसपासको मध्यवर्ती जंगल क्षेत्रमा चराको अवलोकन र तस्बिर कैद गर्न डुलिरहन्छन् । नारायणीमा सन् २०१८ मा पहिलो पटक त्रिवेणीधाम नजिक भैलौजीमा डल्फिन देखिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार नारायणी नदीमा बढ्दो प्रदूषणसँगै डल्फिन लोपोन्मुख भएको छ । भरतपुर महानगरपालिकाले बजार र गाउँ क्षेत्रको फोहोर नारायणी नदी किनारमा लगेर फाल्दै आएको छ । त्यतिमात्र नभएर चितवन महोत्सवको तयारी हुँदै गर्दा महोत्सव स्थलमा फोहोर पुरेर जमिन सम्याउने काम गरिएको छ ।जलचरलाई गम्भिर असर पुग्ने खालका प्लाष्टिकजन्य फोहोर पुरेर महोत्सव गर्ने तयारी गरिएपछि संरक्षणकर्मीले उक्त कदमको कडा विरोध गरिरहेका छन् । भरतपुर महानगरपालिका र उद्योग वाणिाज्य संघ मिलेर फोहोर पुरेका हुन् ।
फोटो : टेक महतो
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१