
काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार प्रतितोला १ हजार रूपैयाँको वृद्धिसँगै सुनको मूल्यले यसअघि २५ फागुन २०७८ को रेकर्ड तोडेको हो । सो दिन सुनको प्रतितोला उच्चतम मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको प्रतितोला मूल्य भने १ लाख ५ हजार ८ रुपैयाँ तोकिएको छ ।मंगलबार चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले वृद्धि भएर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१