• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    काहुँडाँडा चिनाउन महोत्सव  

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २२, आईतबार (३ साल अघि)
    kahu danda1675560560

    Advertisement

    अन्नपूर्ण (कास्की) । पोखराको उत्तरपूर्वस्थित काहुँडाँडा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकास हुँदैछ । कुनै समय प्रचार–प्रसार अभावले गुमनामजस्तै बनेको यो डाँडा सडकको विस्तारले पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ बनाइएको काहुँ धराहराबाट पोखरा उपत्यका अलवोलक गर्न सकिने भएकाले पनि डाँडा उक्लनेहरू बढिरहेका छन् ।    काहँु डाँडाको अझ प्रचार–प्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको छ । पर्यटन प्रवद्र्धन गर्न अगामी फागुन ४ देखि फागुन १४ गतेसम्म काहुँ धरहरा महोत्सव हुने भएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक संयोजक देवबहादुर गुरुङले जानकारी दिनुभयो ।     काहुँको पर्यटन क्षेत्रको विकास गर्दै दृश्यावलोकनको गन्तव्यका रूपमा विकास गर्न सकिने जनकल्याण क्लबका अध्यक्षसमेत रहनुभएका गुरुङले बताउनुभयो । महोत्सवको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार–प्रसार भएमा काहुँ क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको धारणा छ ।     महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सवको अवलोकन साथै राष्ट्रिय फूल लालीगुँरासलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ । महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्र्सट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ ।

    पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडासहित माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । करिब दुई हजार दुई सय घरधुरी र १५ हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा सांस्कृतिक विविधताको समिश्रण अर्थात् ब्राम्हण, क्षेत्री, गुरुङ, मगर र दलितहरूको बसोबास छ । पोखरा सहरबाट नजिकै रहेको लालीगुराँस फुल्ने काहुँडाँडामा प्राचीन समय काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काँहुडाँडा रहन गएको स्थानीयवासीको भनाइ छ । यस क्षेत्रको विकास र प्रचार–प्रसारका लागि विसं २०६२ र २०७५ मा काँहु धरहरा महोत्सव आयोजना गरिएको थियो ।

    सकियो नाटक महोत्सव

    पोखरा थिएटरको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सकिएको छ । यही माघ १४ गते सुरु भएको महोत्सव शनिबार अतिथि नाटकका रूपमा धुमधामको घुमघाम मञ्चनसहित समापन भएको हो । महोत्सवमा प्रदर्शन गरिएको नाटकले विद्यार्थी, शिक्षकसहित आम नाटकप्रेमीको ध्यान तान्न सफल भएको आयोजक पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताउनुभयो ।

    शनिबारसम्म पाँच हजार दर्शकले पोखरा थिएटरको गन्धर्व नाटकघरमा पुगेर नाटक हेरेको अध्यक्ष परिवर्तनले बताउनुभयो । “महोत्सव सकिँदासम्म झण्डै पाँच हजार दर्शकले महोत्सवमा नाटक हेर्नुभयो हामीले अपेक्षा गरेभन्दा बढी सफलता पाइरहेका छौँ”, उहाँले भन्नुभयो ।

    नाटक हेर्न आउने दर्शकले दिएको प्रतिक्रिया आगामी दिनमा नाटक गर्नका लागि उत्साह थपेको संस्थापक अध्यक्ष दिलप्रसाद गुरुङले बताउनुभयो । “नाटक महोत्सव एकदम राम्रो भइरहेको छ । सकारात्मक प्रतिक्रिया पाएका छौँ । हामीमा उत्साह थपिएको छ”, संस्थापक अध्यक्ष गुरुङले भन्नुभयो ।

    महोत्सवमा गण्डकी प्रदेशभरका विद्यालयबाट २० वटा नाटक प्रस्तुत भएका थिए । अन्तिम दिन अतिथि नाटकका रुपमा धुमधामको घुमघाम मञ्चन भएको हो । नाटक मञ्चन गरेका प्रत्येक विद्यालयलाई प्रोत्साहनस्वरुप रु १०–१० हजार प्रदान गरिएको अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो ।

    वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहनुभएको थियो । महोत्सवका लागि कुल २९ वटा नाटकको स्क्रिप्ट छनोट समितिसम्म पुगेको थियो । तीमध्ये १९ वटा नाटक छनोट गरेर महोत्सवमा मञ्चन गरिएको नाटक छनोट समितिका संयोजक तथा कलाकार प्रकाश घिमिरेले बताउनुभयो ।

    पछिल्ला समय विद्यालयले नाटकको महत्व बुझ्दै गएकोे संयोजक घिमिरेले बताउनुभयो । “पछिल्लो समयमा नाटकमा विद्यालयको निकै चासो बढेको छ । त्यसैले होला यो पटक २९ विद्यालयले स्क्रिप्ट पठाएका थिए”, उहाँले भन्नुभयो, “यो पटक १०–१२ मात्र राख्ने कि भन्ने थियो तर सबै स्क्रिप्ट राम्रा भएकाले २० छनोट गरेर मञ्चन भएका हुन् ।” यसरी नाटकको विद्यालयस्तरमा महत्व बढ्दै गएकाले अबको केही वर्षमा गण्डकी प्रदेश नाट्य क्षेत्रमा अब्बल हुने उहाँको आकलन छ ।

    गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राइट फर चिल्ड्रेनको सहकार्यमा महोत्सव भएको हो । यस अगाडि दुई संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गरिसकेको पोखरा थिएटरले पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सवसमेत आयोजना गरेको थियो ।     (रासस):

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution