पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्र अर्को पार्टी जस्तो नभएको बताएका छन् । गण्डकी प्रदेशसभा सदस्यहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा नेता पाण्डेले माओवादी केन्द्रकै अध्यक्ष चुनाव लड्न आएको कारणले गर्दा कांग्रेस र माओवादीबीच अर्को पार्टी हो जस्तो नभएको बताएका हुन् ।
‘दुईवटा पार्टी भए पनि एउटै पार्टी भएर चुनावमा गएको अवस्था पनि रह्यो । अरु जिल्लामा त कस्तो रह्यो, थाहा भएन । हाम्रोमा चाहिँ प्रचण्डजी चुनाव लड्न आउनुभएको कारण गर्दा छिट्पुट हुने कुरा स्वभाव भयो, नभए एउटा अर्को पार्टी जस्तो नि भएन माओवादी र कांग्रेसबीच’, नेता पाण्डेले भने । उक्त अभिमुखीकरणमा नेता पाण्डेले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्न आग्रह गरे ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१