• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा प्राविधिक जनशक्ति तयार पार्न पालिकाको छात्रवृत्ति

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ १३, शनिबार (२ साल अघि)
    scholarship

    Advertisement

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिकाले प्राविधिक जनशक्ति तयार पार्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । ‘मेरै गाउँमा, मेरै प्राविधिक ’ भन्ने नाराका साथ गाउँपालिकाले प्राविधिक जनशक्ति तयार पार्ने योजनाका अनुसार गत आर्थिक वर्षमा छात्रवृत्ति कार्यक्रम सुरु गरेको थियो । पहिलो वर्ष गाउँपालिकामा छात्रवृत्तिका लागि ४२ जनाको कोटा निर्धारण गरेकामा प्राविधिक शिक्षा अध्ययनरत २६ जनाले आवेदन दिएर छात्रवृत्ति लिएका छन् । गाउँपालिकामा स्थायी रुपमा बसोबास गरी पालिकाभित्रको सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी विभिन्न विद्यालयमा/शिक्षालयमा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई मासिक रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गर्ने गरेको अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । पालिकाले जुनसुकै प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उहाँले बताउनुभयो । छात्रवृत्तिमा आबद्ध भएका विद्यार्थीले वार्षिक रुपमा रु ६० हजार छात्रवृत्ति प्राप्त गर्नेछन् ।

    जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने पालिकाका रुपमा रहेको बौदीकालीमा शैक्षिक गुणस्तर कमजोर रहेको र त्यसमा पनि प्राविधिक शिक्षा अध्ययन गर्ने न्यून हुने गरेकाले प्रोत्साहनका लागि छात्रवृत्ति प्रदान गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष ओझाले बताउनुभयो । गाउँपालिकाले अहिले शिक्षालाई प्राथमिकतामा राखी शिक्षाको गुणस्तर वृद्धिमा काम गरिरहेको समेत अध्यक्ष ओझाले बताउनुभयो । “गाउँपालिकाबाट थोरैमात्र प्राविधिक शिक्षा पढ्ने विद्यार्थी पाएपछि प्राविधिक जनशक्ति तयार पार्न पालिका लागेको हो”, गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो, “हाम्रो लक्ष्य सीपयुक्त जनशक्ति निर्माण गर्ने हो ।” गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा समेत उक्त कार्यक्रम समावेश गरेको छ । वार्षिक ४२ जनालाई मासिक रु पाँच हजार छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार यस वर्षका लागि निवेदन माग गरिएको अध्यक्ष ओझाले बताउनुभयो । गत वर्ष समावेश भएकाबाहेक थप नयाँ ४२ जनाका लागि आवेदन माग गरिएको अध्यक्ष ओझाले बताउनुभयो । गत वर्ष प्राविधिक शिक्षा अध्ययन सुरु गरेकाले आवेदन दिएर छात्रवृत्ति निरन्तर कायम गराउन सक्ने उहाँले बताउनुभयो ।

    गाउँपालिकाको छात्रवृत्ति कार्यक्रममा आबद्ध भएका विद्यार्थीले अध्ययनपछि गाउँपालिकाले आवश्यकताअनुसार सेवामा लिनसक्ने अध्यक्ष ओझाले बताउनुभयो । छात्रवृत्ति लिने समयमा आवश्यक परे पालिकामा सेवा गर्ने स्वघोषणा विद्यार्थीले गर्ने र सोही आधारमा काममा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । “पहाडी पालिका हो हरेक क्षेत्रमा विकासका काम गर्नुपर्ने छ, त्यसका लागि हामीलाई विभिन्न सीप क्षमता भएका जनशक्ति आवश्यक पर्नसक्छ, हामीले हाम्रै पालिकामा दक्ष सीपयुक्त जनशक्ति तयार पायौँ भने गाउँको विकासमा प्रयोग गर्न सक्छौँ”, अध्यक्ष ओझाले भन्नुभयो, “अन्य क्षेत्रमा सहज रुपमा रोजगार प्राप्त गर्नसक्छन्, त्यसैले प्राविधिक शिक्षालाई जोड दिएर छात्रवृत्ति कार्यक्रम राखेका हौँ ।” छात्रवृत्ति कार्यक्रमले पहाडी क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । शिक्षाका लागि सहर बजार झर्ने क्रम बढ्दा पहाडका विद्यालयमा विद्यार्थी न्यून हुँदै गएकाले गाउँमा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रमले समेत प्रोत्साहन गर्ने अध्यक्ष ओझाले बताउनुभयो ।

    पहाडी क्षेत्रमा पूर्वाधार विकासका काम गर्न जति बाँकी रहेको छ, त्यति नै शिक्षा, स्वास्थ्य, कृषिको व्यावसायिकीकरणसहित सामाजिक विकासमा काम गर्न बाँकी रहेको अध्यक्ष ओझाले बताउनुभयो । यसका लागि पालिकाले विभिन्न कार्यक्रम अगाडि बढाइरहेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रका विद्यालयमा हालै प्रविधियुक्त सिकाइका लागि विद्यालय छनौट गरी कार्यक्रम अघि बढाएको, कृषि उपजको बजारीकरणका लागि पहिलो पटक हाटबजारको व्यवस्था, दुग्ध सङ्कलन केन्द्र स्थापनालगायत काम गरिएको अध्यक्ष ओझाले बताउनुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रविधि सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution