• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

२

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

३

थाकल बेचेरै पालिएका छन् परिवार

४

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

५

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

६

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

७

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

८

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

९

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१०

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

११

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

१२

ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नगरवासीको अपेक्षा पूरा गर्छौं : देवचुली नगर प्रमुख न्यौपाने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ १८, बिहिबार (१ साल अघि)
    hari-prasad-neupane-devchuli-nagar-pramukh-(1) (1)

    Advertisement

    देवचुली नगरपालिका देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुरपूर्वमा रहेको छ । साबिकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गाविस समावेश गरी मन्त्रीपरिषद्को २०७१ साल वैशाख २५ को निर्णय अनुसार घोषित नगरपालिका २०७३ साल फागुन २७ को सरकारी निर्णयबाट साबिक रजहर गाविस समावेश भई गठन भएको हो । पूर्वमा महेन्द्र राजमार्गमा रहेको झरही खोला, पश्चिममा लोकाहा खोला, उत्तरमा १९३८ मिटर उचाइको देवचुली डाँडा र दक्षिणमा नारायणी नदीको चार सीमाभित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो । देवचुली नगरपालिकामा २०७९ सालमा नेकपा (एमाले) का हरि न्यौपाने निर्वाचित हुनुभएको छ । गोरखापत्रका मीना कँडेलले नगर प्रमुख न्यौपानेसँग गर्नुभएको कुराकानी :

    स्थानीय समस्यालाई कसरी सम्बोधन गर्नुभएको छ ? 

    ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी घरदैलो अभियान गर्ने निर्णय गरेर घर घरमा पुगी स्वास्थ्योपचार गरेका छौँ । लामो समयसम्म रहेको सुकुमवासी, भूमिहीन समस्याका लागि लालपुर्जा दिलाउन जग्गा नापजाँचलाई तीव्रता दिएका छौँ । देवचुली नगरपालिकामा छाडा चौपायाको विकराल अवस्था थियो । त्यसलाई व्यवस्थापन गर्न सफल भएका छौँ । मानव र वन्यजन्तुबिचको द्वन्द्व व्यवस्थापनका लागि काम गरिरहेका छौँ । देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माण गर्न जग्गा प्राप्ति सुनिश्चित भएको छ । नगरलाई सफा र सुन्दर बनाउन प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध गरी स्थानीयस्तरमा फूल खेती प्रवर्धन गर्न किसानलाई प्राथमिकता दिएका छौँ । बाहिरी आयातलाई कम गर्दै नगरपालिकामै आत्मनिर्भर गराउन प्रोत्साहन दिएका छौँ । भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुमवासी क्षेत्रमा नागरिकलाई आफ्नो जग्गाको धनी बनाउन अहिले नापनक्साको कार्य अन्तिम चरणमा पुगेको छ । उज्यालो नगरको अवधारणा अगाडि बढाउँदै प्रत्येक घरमा बिजुली पु¥याउने लक्ष्यका साथ लागिपरेका छौँ । देवचुली नगरवासीलाई अधिकतम स्वास्थ्य सेवा नगरबाटै दिलाउन नगर अस्पतालमा विशेषज्ञ डाक्टर नै राखेर सेवा दिइरहेका छौँ । आफ्नै गाउँठाउँबाट सेवा लिन सक्ने गरी नगर अस्पतालमा चौबिसै सेवा प्रवाह भएको छ । सार्वजनिक जग्गा संरक्षणमा जोड दिएका छौँ ।

    कानुन निर्माणमा कसरी काम भइरहेको छ ? 

    आवश्यकता अनुसार ऐन तथा कार्यविधि पारित भएका छन् । फोहोरमैला व्यवस्थापन, बजार अनुगमन, नगरको खेलकुद क्षेत्रलाई व्यवस्थित गर्न ऐन र कार्यविधि निर्माण भएको छ । प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध गर्ने, किसान कार्डको व्यवस्था गर्ने, किसानलाई प्रोत्साहन, कृषियोग्य जमिन संरक्षणका लागि वर्गीकरण गर्न सहयोग मिलेको छ । ऐन र कार्यविधि भनेको आवश्यकता अनुसार नयाँ निर्माण गर्दै जाने हो ।

    आन्तरिक आम्दानी बढाउने उपाय के छन् ?

    देवचुली नगरपालिका पर्यटनको प्रचुर सम्भावना भएको नगरपालिका हो । कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । खेतीयोग्य जमिन तथा तरकारी उत्पादनका पकेट क्षेत्रले कृषि तथा अर्गानिक खेतीको सम्भावना रहेको नगरपालिकाको पहाडी बस्तीमा पशुपालन एवं मौरीपालनको राम्रो सम्भावना छ । पर्यटकीय देवचुली डाँडा, घरबासको प्रचुर सम्भावना भएका मगर समुदायको बसोबास रहेको कुमसोत, कीर्तिपुर, बन्दीपुर जस्ता बस्ती छन् । पिप्रहर होमस्टे र नारायणी नदी किनारमा रहेको होटल, रिसोर्ट तथा मध्यवर्ती सामुदायिक वनले नगरपालिकाको पर्यटकीय विकासको सम्भावना छ ।

    कर बढेको भन्ने जनगुनासो छ नि ? 

    आर्थिक मन्दीले गर्दा व्यापार व्यवसाय धराशायी बन्दै गएका छन् । व्यवसायीको अवस्था बुझेर कर थाती राखिएको छ । व्यापार व्यवसायमा सुधार आएपछि उद्योग वाणिज्य सङ्घ र व्यापारीको सल्लाहमा करको विषय उठाउने छौँ  । अहिले विद्यमान ऐन अनुसार नगरपालिकाले काम गरिरहेको छ । करसम्बन्धी व्यवस्थामा अपुग महसुस गरिएका विषय सन्दर्भमा सङ्घले व्यवस्थापन गर्ने भएकाले हामीले माग गरेका छौँ । सङ्घ र प्रदेशले अपेक्षा अनुसार काम पूरा गर्नेमा विश्वस्त छौँ ।

    पर्यटन क्षेत्रको विकासका लागि योजना बनाउनुभएको छ ? 

    पर्यटन क्षेत्रको विकासका लागि पर्यटन विकास बोर्डबाट २० र नगरपालिकाबाट २२ गरी ४२ लाख रुपियाँ देवचुली डाँडाको पर्यटन प्रवर्धनमा लगाएका छौँ   । घरबास सञ्चालनको प्रक्रिया अघि बढेको छ । पिप्रहर सामुदायिक होमस्टे, चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटक आवतजावतका लागि व्यवस्थापन गर्ने काम भइरहेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण देवचुली डाँडाको समग्र विकासको गुरुयोजना बनाई माथिल्लो आधार शिविरसम्म सडक, विद्युत् तथा पिउने पानीको व्यवस्थाका लागि नगरपालिका लागिपरेको छ । पर्यटकीय क्षेत्रको विकास गर्न सके रोजगारीका लागि विदेश जानु पर्दैनथ्यो भन्ने हाम्रो सोच हो ।

    समृद्ध नगर निर्माणका चुनौती पनि छन् ?  

    समृद्ध नगरका लागि आर्थिक स्रोत जुटाउनु नै मुख्य चुनौती हो । आर्थिक मन्दीका कारण सोचे अनुरूप व्यवसाय चलेको छैन । सङ्घीय बजेट अपेक्षा अनुसार नआउँदा गाह्रो भएको छ । अहिले महत्वपूर्ण योजनाका शीर्षकलाई कटौती गर्नुपर्ने अवस्था छ । नगरको मुख्य आम्दानीको स्रोत सम्पत्ति र व्यावसायिक कर निकै न्यून छ । आर्थिक स्रोतको अभावले भने अनुसार काम गर्न सकिएको छैन । मुलुकमा आर्थिक वृद्धिदर र नगरको आन्तरिक आम्दानी बढ्दै गयो भने नगर समृद्ध बन्ने छ ।

    आगामी योजना कस्ता छन् ? 

    सुविधासम्पन्न नगर अस्पतालको सेवा विस्तार हुने छ । फोहरमैला व्यवस्थापन हुने छ । कृषिमा आत्मनिर्भर हुने छ । देवचुली नगरपालिकाको पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदमा नगरवासीले गरेको अपेक्षा अनुभूति गर्न पाउने छन् । शतप्रतिशत खोप सुनिश्चित भएको पालिका बन्ने छ । वर्षमा दुई पटक ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार हुने छ । हरेक शुक्रबार विद्यालयमा झोलाविहीन कार्यक्रमको अवधारणाबाट सीपमूलक र व्यावहारिक शिक्षा विद्यार्थीलाई प्रदान गरिने छ । नगर युवा तथा खेलकुद विकास समिति गठन भएकाले यस क्षेत्रमा युवालाई प्रोत्साहन गरिने छ । यो कुराकानी gorkhapatraonline.com बाट साभार गरिएको हो । 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • थाकल बेचेरै पालिएका छन् परिवार

  • विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित


  • Advertisement

    समाचार
  • १

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • २

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ३

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ४

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ५

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ६

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ७

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • ८

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • ९

    आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

  • १०

    भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution