• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकी सरकारले खुलायो ढलेका रूख बेच्ने कानुनी बाटो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ माघ १६, बुधबार (१ साल अघि)
    gandaki2024-08-30-08-39-52

    Advertisement

    पोखरा । गण्डकी प्रदेश सरकारले वन क्षेत्रमा ढलापडा रूख सङ्कलन गरेर बेच्न बाटो खुला गरेको छ ।  ४ वर्षदेखि यस्ता वन पैदावार सङ्कलन र बिक्री वितरण रोकिएको थियो । अहिले सरकारले नीतिगत निर्णय गरेर बाटो खुला गरिएको मन्त्री भेषबहादुर पौडेलले जानकारी दिए । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७७ माघ ११ गते खारेज भएपछि यस्ता रूख बेच्न प्रतिबन्ध थियो । ‘सबै रूख जङ्गलमा कुहिएर जाने अवस्था बन्यो । कार्यविधि पनि नबनेको, निर्णय पनि नभएको अवस्था थियो,’ उनले भने, ‘त्यस्ता काठदाउरा मार्केटमा ल्याउनुपर्छ भनेर मैले नीतिगत निर्णय गराएको छु ।’ सरकारले नयाँ कार्यविधि निर्माणसमेत थालेको पौडेलले जानकारी दिए ।  ‘बजारमा काठको अभाव छ । जङ्गलमा कुहिएर गएको छ । राज्यलाई आम्दानी पनि हुने, काठ पनि नकुहिने हिसाबबाट कार्यविधि तयार गर्दैछौं,’ उनले थपे, ‘कार्यविधि यही आर्थिक वर्षभित्र तयार हुन्छ । तत्कालका लागि नीतिगत निर्णय गरेर खुला गरिएको हो ।’  फागुनदेखि जेठसम्म यस्ता काठदाउरा निकालेर बिक्री गरिने उनको बताए । सरकारले निजी वनको काठ दाउरासमेत व्यवसायिक प्रयोजनका लागि खुला गरिदिएको छ । गण्डकी प्रदेशभित्र चालु वर्षको हालसम्म ३ लाख ४७ हजार क्युविक फिट काठ र ३ सय ४७ चट्टा दाउरा उत्पादन भएको छ ।

    विभिन्न सामुदायिक वनबाट ५७ हजार क्युविक फिट काठ र ४९ चट्टा दाउरा बिक्री गरिएको सरकारी तथ्याङ्क छ । वन पैदावारको बिक्री, जडीबुटी सङ्कलन र बिक्रीबाट ७ करोड रुपैयाँ सरकारले आम्दानी गरेको छ । गत वर्षको यही अवधिमा १ करोड ७५ लाख मात्रै आम्दानी गरेको थियो ।  सामुदायिक वन उपभोक्ता समूहले मात्रै वन पैदावारबाट ५ करोड १६ लाख आम्दानी गरेका छन् । ‘वनबाट राजस्व बढाउने हो । त्यसबाट मात्रै वन मन्त्रालयलाई हेर्ने दृष्टिकोण फेरिन्छ,’ पौडेल भन्छन्, ‘प्रदेशलाई आत्मनिर्भर बनाउन वन महत्त्वपूर्ण क्षेत्र भनेर सरकारले पुष्टि गर्छ ।’ प्रदेशभरि ८ लाख १७ हजार हेक्टर वन क्षेत्र छ । तीमध्ये सबैभन्दा बढी सरकारी वन छन् । ६६ दशमलव ८ प्रतिशत सरकारले व्यवस्थित गरेको वन छ भने सामुदायिक वन ३२ प्रतिशत छ । यस्तै, साझेदारी वन ० दशमलव ८ प्रतिशत, कबुलियती वन ० दशमलव ६५ प्रतिशत, धार्मिक वन ० दशमलव ४ प्रतिशत र सरकारद्वारा व्यवस्थित चक्ला वन ० दशमलव ४७ प्रतिशत छ । मन्त्री पौडेलले कार्यभार सम्हालेको १ सय दिनमा गरेका कामबारे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् ।

    वन्यजन्तुले गरेको क्षतिमा राहत 

    प्रदेश सरकारले वन्यजन्तुबाट भएको क्षतिको रकमसमेत वितरण गर्न थालेको छ । केही वर्षदेखि रोकिएको क्षतिपूर्ति वितरण अहिले सुरु भएको सचिव जीवनाथ पौडेलले जानकारी दिए । उनका अनुसार १ करोड १० लाख रुपैयाँ विभिन्न जिल्लामा वितरण गरिएको छ । ‘३–४ वर्षदेखि रोकिएर बसेको थियो । वन्यजन्तुबाट घाइते र मृत्यु भएकाहरू थिए । त्यसमा १ करोड संघ सरकारबाट र ७८ लाख प्रदेशले दिन बाँकी थियो,’ उनले भने, ‘छिटो गरौं भन्दा पनि सकिएको थिएन । अहिले आएर वितरण गरिएको छ ।’

    यो वर्ष गण्डकीमा वन्यजन्तुको आक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । ३१७ वटा पशुधनको क्षति भएको तथ्याङ्क छ । तनहुँमा चितुवाको आक्रमण र नवलपुरमा गैँडाको आक्रमणबाट मानवको मृत्यु भएको थियो । उनीहरूका परिवारलाई प्रतिमृतक १० लाखका दरले वितरण गरिएको पौडेलले जानकारी दिए । सख्त घाइतेको हकमा भने २ लाखसम्म दिने कानुनी व्यवस्था छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution