• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार (१ साल अघि)
    kiran-amarjung-gurung-school-bharatpur-1024x576-1

    Advertisement

    चितवन । काठमाडौं अहिले शिक्षकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । कतै रमाइलो, कतै जादु, कतै आक्रोशसहित शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहँदा चितवनको भरतपुर महानगरपालिका–१९ स्थित किरण अमरजंग गुरूङ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद अधिकारीलाई भने पर्नुसम्म पीर परेको छ । उनको विद्यालयको कक्षा ८ को नतिजामा सबै विद्यार्थी फेल भए । आधारभूत तहको उच्च कक्षा मानिने कक्षा ८ उत्तीर्ण नभइ कक्षा ९ मा पढ्न जाने अनुमति विद्यार्थीलाई हुँदैन ।

    भरतपुर महानगरपालिकास्तरीय कक्षा ८ को परीक्षामा २९ जना विद्यार्थी नै फेल भए । तीमध्ये २७ जनालाई गणित विषय लागेको छ । अंग्रेजीदेखि नेपालीसम्मका विषय विद्यार्थीलाई लागेको छ । महानगरले २ विषयसम्म लागेको विद्यार्थीलाई मौका परीक्षा दिन वैशाख १५ र १६ गते दुई दिन परीक्षाको समय तोकेको छ । विद्यालयका प्रअ अधिकारी परीक्षा आउन ११ दिन मात्रै बाँकी हुँदा के गर्ने कसो गर्ने भनेर छट्पटाइरहेका छन्, कारण ति विद्यार्थीलाई पढाउने शिक्षक आन्दोलन गर्न काठमाडौं हानिएका छन् । यता, विद्यार्थीलाई विषेश कक्षा पढाउने शिक्षक नै छैन । ‘कुनै विद्यार्थीलाई कुन विषय लागेको छ, कसैलाई कुन विषय लागेको छ, एक दुई जना मात्रै शिक्षकले भएन’, प्रअ अधिकारी भन्छन्, ‘अब कसरी विद्यार्थी उत्तार्ने भन्ने समस्या मलाई परेको छ ।’

    उनको विद्यालयमा १५ जना विद्यार्थी २ विषय लाग्ने छन् । २ भन्दा बढी लाग्नेले परीक्षा दिन नपाउने भएकोले केही भएन तर पाउने विद्यार्थीलाई पढाउन नसक्दा दुःखी भएका छन् प्रअ अधिकारी । उनी भन्छन्, ‘निल नै हुनुपर्ने त हैन, तर कसरी यस्तो नतिजा आयो आफैं दंग परेको छु, अधिकारीले भने, जसोतसो विद्यार्थीलाई पढाउन म्यानेज गर्दैछु ।’ अधिकारीको विद्यालय मात्रै हैन, भरतपुर महानगरपालिका वडा नं। २२ को आधारभूत विद्यालय धनौजी र कालिका आधारभूत विद्यालय भरतपुर–२१ मनिपुरको कक्षा ८ को नतिजा पनि निल छ । यहाँका शिक्षक पनि आन्दोलन गर्न काठमाडौं गएका छन् । ती दुवै विद्यालयका गरेर २२ जना विद्यार्थी कक्षा ८ को परीक्षामा फेल भए ।

    चितवनकै इच्छाकामना गाउँपालिकामा पनि एक विद्यालयका सबै विद्यार्थी कक्षा ८ को परीक्षामा फेल भएका छन् । इच्छाकामना गाउँपालिका वडा नं.१ हात्तीवाङमा रहेको जनप्रिय माध्यमिक विद्यालयका सबै विद्यार्थी परीक्षामा फेल भएका हुन्

    महानगरका ११७० जना विद्यार्थी कक्षा ८ मा २ विषय लागेर फेल भएका छन् । महानगरपालिकका शिक्षा शाखाका अधिकृत शिव ढुंगानाले निल भएका विद्यालयहरुलाई परीक्षाको तयारी गर्न भनिएको बताए । विद्यालयहरूले आ-आफ्ना समस्या देखाउने गरेको उनी बताउँछन् ।

    जिल्लाका अन्य पालिकाहरूले विद्यार्थीलाई ग्रेस नम्बर दिएर निल हुनबाट बचाएका छन् । तर, भरतपुर महानगरले ग्रेस नम्बर नदिएको अधिकृत ढुंगानाले बताए । ‘हामीले जे हो त्यहीँ यथार्थ देखाएका छौं, समस्याको सही पहिचान नगरी समाधान गर्न सकिदैन भनेर नै हामीले यथार्थता देखाएका हौं’, ढुंगानाले भने, ‘अन्यत्र जस्तो ग्रेस नम्बर दिएर विद्यार्थीलाई जर्वजस्ती पास गराएर नतिजा राम्रो देखाउने प्रयास गरिएन ।’

    जिल्लाका अन्य केही पालिकाले भने विद्यार्थीलाई ग्रेस नम्बर दिएर, परीक्षा समितिबाट निर्णय गराएर विद्यार्थी पास गराएको पाइएको छ । चितवनको माडी नगरपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र गिरीले माडीका १५ विद्यालयहरुको कक्षा ८ को परीक्षामा कुनै पनि विद्यालय निल नभएको जानकारी दिए ।

    उनले ग्रेस नम्बर दिएर विद्यार्थी उत्तीर्ण गराएको बताए । माडीको जस्तैं खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका परीक्षा समितिले विद्यार्थीलाई ग्रेस नम्बर दिएर पास गराएका छन् ।

    कालिका नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रदेवी शर्माले पालिकाको कक्षा ८ को परीक्षामा ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताइन् । ९७ जना दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीलाई वैशाख ११ र १२ गते परीक्षा लिइने उनले जानकारी दिइन् ।

    रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण बाग्लेले पालिकाभित्र निजी तथा सामुदायिक ४२ विद्यालयमा कुनै पनि विद्यालयको कक्षा ८ को नतिजा निल नभएको बताए ।

    खैरहनी नगरपालिकाको राष्ट्रिय आधारभूत विद्यालय गोठसोरको कक्षा ८ को नतिजा निल भए पनि तानतुन गरेर निल हुनबाट बचाएको स्रोतले जानकारी दिएको छ । सो पालिकाका शिक्षा शाखा प्रमुख राजु बानियाँलाई निल हुनबाट बचाउन जबर्जजस्ती नम्बर चढाएर किन पास गराउनुभयो भन्ने प्रश्न गर्दा उनले भने, ‘कुनै एक निश्चित विद्यालयलाई नभइ पालिकाको समग्र नतिजालाई हेर्नुपर्छ जस्तो लाग्छ, हाम्रो पालिकाका ८७ प्रतिशत विद्यार्थी कक्षा ८ मा उत्तीर्ण छन् ।’

    उनले २ विषय लागेर फेल भएका विद्यार्थीको परीक्षा कहिले लिने भन्ने निर्णय हुन बाँकी रहेको बताए । खैरहनीमा १३ वटा सामुदायिक आधारभूत विद्यालय र १६ वटा निजी छन् ।

    राप्ती नगरपालिका शिक्षा शाखा प्रमुख रविना देउजाले पालिकाका कुनै पनि विद्यालय कक्षा ८ को परीक्षामा निल नभएको तर गेस नम्बर नियमानुसार दिएर उत्तीर्ण गराएको बताइन् ।

    चितवनकै इच्छाकामना गाउँपालिकामा पनि एक विद्यालयका सबै विद्यार्थी कक्षा ८ को परीक्षामा फेल भएका छन् । इच्छाकामना गाउँपालिका वडा नं। १ हात्तीवाङमा रहेको जनप्रिय माध्यमिक विद्यालयका सबै विद्यार्थी परीक्षामा फेल भएका छन् ।

    पालिका अध्यक्ष दानबहादुर गुरूङ एक विद्यालयको नतिजा बाहेक अन्यत्रको नतिजा राम्रो आएको बताए । उनले ३ वटा सामुदायिक विद्यालयमा शत प्रतिशत विद्यार्थी कक्षा ८ मा उत्तीर्ण भएको बताए । उनको पालिकामा १३ वटा सामुदायिक आधारभूत विद्यालय र ४ वटा संस्थागत विद्यालय छन् ।

    शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारीले वि।स। २०८३ वैशाखसम्म विद्यालय जाने उमेर समूहका हरेक विद्यार्थी कक्षा ८ को परीक्षा उत्तीर्ण हुनुपर्छ भन्ने नीति अनुसार नै सरकारले विषेश ख्याल गरेको बताउँछन् ।

    उनका अनुसार अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ मा कक्षा ८ सम्मको आधारभूत तहको शिक्षा सबै बालबालिकाका लागि अनिवार्य र निस्शुल्क हुने व्यवस्था गरिएको छ । कक्षा १ देखि ८ सम्मलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहको शिक्षाका रुपमा ऐनमा उल्लेख गरिएको छ । अनलाइन खबरबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution