• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पुस महिनामा गण्डकीमा सवारी दुर्घटनाबाट १९ जनाको मृत्यु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ माघ ५, सोमबार (७ महिना अघि)
    Accident

    Advertisement

    पोखरा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीले पुस महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयका अनुसार पुस महिनामा गण्डकी प्रदेशका विभिन्न स्थानमा भएका ५३ वटा सवारी दुर्घटनामा परी १९ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १६ जना पुरुष, १ जना महिला, १ जना बालक र १ जना बालिका रहेका छन् । दुर्घटनामा परी ५२ जना घाइते भएकोमा ४१ जनाको अवस्था गम्भीर रहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गोपी कृष्ण सुवेदीले जानकारी दिए । घाइते हुनेमा ३६ जना पुरुष, १० जना महिला, २ जना बालक र ४ जना बालिका छन् । ट्राफिक प्रहरीले दुर्घटनामा परेका ५३ जनाको उद्धार गरेको विवरणमा उल्लेख छ । सवारी दुर्घटनाको कारण विश्लेषण गर्दा सबैभन्दा बढी चालकको लापर्बाही देखिएको छ । ४७ वटा दुर्घटना चालकको कारणले भएका छन्, जसमा तीव्र गतिका कारण ३०, मादक पदार्थ सेवन (मापसे) का कारण ८, चालकको असक्षमताका कारण ३, ओभरटेक गर्दा २ र लेन अनुशासन उल्लंघनका कारण १ दुर्घटना भएका छन् । त्यस्तै सवारी साधनको अवस्थाका कारण १, सडक प्रयोगकर्ताको कारण २, यात्रुको कारण २ र सडकको अवस्थाका कारण १ दुर्घटना भएको कार्यालयले जनाएको छ । पुस महिनामा ट्राफिक प्रहरीले ३ हजार १७३ वटा सवारी साधनको चेकजाँच गरेको थियो भने भूपि शेरचन र पृथ्वी राजमार्गमा ३ पटक राजमार्ग गस्ती गरिएको थियो । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि महिनाभर १ हजार ८०६ पटक ट्राफिक प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ ।ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरूमाथि गरिएको कारबाहीबाट १ करोड ९ लाख ७ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । पुस महिनामा १२ हजार १६१ वटा सवारी साधनलाई कारबाही गरिएको सुवेदीले बताए । यसैगरी स्वरूप परिवर्तन गर्ने र चर्को आवाज निकाल्ने ३० वटा मोटरसाइकललाई नियन्त्रणमा लिई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ, जसबाट २ लाख ७३ हजार १४३ रुपैयाँ राजस्व संकलन भएको छ । लामो तथा छोटो दूरीका सवारी चालकहरूको चेकजाँचका क्रममा ३१ जनामध्ये स्याङ्जाबाट १ र तनहुँबाट १ गरी २ जना चालकले लागुपदार्थ सेवन (लापसे) गरेको भेटिएपछि उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

    समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीले २ हजार ५७३ पटक विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरेको छ । यसबाट ९० हजार ४६ जना लाभान्वित भएका छन् । जसमा विद्यालय तथा कलेजका विद्यार्थी, नयाँ चालक, व्यवसायी र पैदलयात्रीहरू रहेका छन् । प्रहरी कार्यालयको हटलाइन तथा डिउटी अधिकृतको नम्बरमा ३ हजार ९५९ वटा कल आएको र ती सबैको सम्बोधन गरिएको कार्यालयले जनाएको छ । सेवाग्राहीहरूको कागजात, दुर्घटना सिफारिस लगायतका काममा १२ हजार १६१ जनाले सेवा लिएका छन् । प्रहरी कर्मचारीहरूको मनोबल बढाउन साप्ताहिक रूपमा ‘टी विथ द टिम’ र तनाव व्यवस्थापनका लागि ‘नेचर वाक’ कार्यक्रम समेत सञ्चालन गरिएको विवरणमा उल्लेख छ ।

    ट्राफिक प्रहरीले विभिन्न सिर्जनात्मक र प्रवर्धनात्मक कार्यहरू समेत गरेको छ । नवलपरासी पूर्वमा ‘हिट एन्ड रन’ (ठक्कर दिएर फरार हुने) घटनामा संलग्न ३ वटा सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको छ । लमजुङको सुन्दरबजार ७ पाउँदीमा ‘बढी दुर्घटना सम्भावित क्षेत्र’ लेखिएका सूचनामूलक ट्राफिक संकेत बोर्ड राखिएको छ । शीतलहरका कारण सडक चिप्लो हुने र कुहिरोले दृश्यता कम हुने समयमा सुरक्षित यात्राका लागि नवलपरासी पूर्वको दाउन्ने खण्डमा विशेष सचेतना र ४५० थान पर्चा पम्पलेट वितरण गरिएको छ । पोखराका विभिन्न स्थानमा ५१ थान ट्राफिक संकेत बोर्डहरू राखिएको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक व्यवस्थापनका लागि नागरिक उड्डयन प्राधिकरणबाट १० थान ट्राफिक कोण र २ थान ह्विल लक प्राप्त भएको सुवेदीले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution