• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    घटिया काम नभई दौलत हुदैन ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ अषाढ १५, सोमबार (१ महिना अघि)
    making 84

    Advertisement

    संसार भरीको इतिहास अध्ययन गर्दा धर्मको कारणबाट भएको शोषण, विभेद, गरिबी, अभाव पछौटेपन लगायत संगै मुलुकको स्वाधिनता र स्वाभिमानको लागी देखाएको आदम्य शाहास, र योगदान कै कारणले हामीले हामी र हाम्रो देश भन्ने अवसर प्राप्त गरेका छौ ।
    नेपालकै इतिहासमा नालापानीको लडाईमा अंग्रेजवाट मृत्यु वरण गर्न पुगकी आमाको स्तनपान गर्दै गरेको बच्चाको इतिहासको कारण नै आज हामी गौरबका साथ संसारको कुनै कुनामा गएर पनि मेरो देश नेपाल म नेपाली भन्न सकेकाछौ । ति सबै हामी हिन्दु, बौद्ध, किरात, जैन लगायत मुस्लिम, कृस्चियन परिवारकै छौ । तर वर्तमानमा आएर हामी सबै धर्मवाल्मीले समेत देश निर्माणमा र देशको अस्मिता प्रति खवरदारी गर्दै हामी सबै नेपाली हाम्रो देश नेपाल साझा फुलवारी बनाउन एकतावद्ध छौ। यसरी विभिन्न रङ प्रजाति जस्तै, विभिन जात धर्म सस्कृति परम्परा भए पनि हामी सबैको साझा देश, साझा आगन र साझा फुलवारीको रुपमा संसार भरी पहिचान बढाउन हाम्रो एक्यवद्धता आजको अनिवार्य आवश्यकता हो ।

    संसार वा अरु देश जस्तै नेपाल पनि विभेद रहित रहोस, सामाजीक न्याय स्थापना बनोस र विदेशी हस्तक्षेपको विरुद्धमा ऐक्यबद्धता कदमको लागी योगमायाको इतिहास हाम्रा लागी र विशेषगरी अहिलेका लागी स्मरण योग्य देखिन्छ । योगमाया साधारण लेखपढ गर्न समेत नसक्ने महिला थिइन, सतिप्रथा, जातीप्रथा पूर्ण रुपमा अन्त, मानापाथीको दुरुपयोग बन्द, विधवा विवाहलाई मान्यता दिनुपर्ने, पैसा र धनलाई फोहोरको संज्ञा दिनु पर्ने राजा महाराजा र जमिन्दारको विरुद्धमा आगो ओकल्ने समेतको आक्रोश र व्यवहार उनको विशेषता र माग थियो। स्मरण रहोस योगमाया धार्मिक क्रान्तीकारी महिला थिइन । धर्मको कारणले भएको शोषण जातको कारण भएको विभेद र वर्गको आधारमा देखिएको असमानता नै तत्कालिन उनको विद्रोहको कारण थियो ।

    स्वयम ऐगेल्सले पनि मध्य युगमा धार्मिक आवरणमा जन विद्रोह हुने गरेको प्रष्टएका छन । नेपाल प्रजातान्त्रिक आन्दोलनका सहिद धर्मभक्त माथेमा समेत धर्मको आडमा नै राणा विरोधी जनमतलाई संगठित गरेको पाइन्छ । भारतमा विभिन्न धार्मिक धारका सम्प्रदायले धर्मको आड्मा ने ब्रिटीस समाराज्यबाद विरुद्ध मुक्ति आन्दोलन संगठीत गरिएको पाइन्छ । सामान्तवादी युगमा पनि माक्सवादी सिद्धान्तको प्रतिवादन भएको थिएन। फ्रेन्च क्रान्तीले स्थापना गरेका स्वतन्त्रता, समानता र मातृत्वको पुजिवादी सिद्धान्तको जन्म समेत भइसकेको थिएन सामान्तवादले गर्ने अन्याय, अत्याचार, शोषण, मानिस मानिस बिचको विभेद विरुद्ध लड्न पनि तत्कालिन विद्रोहिलाई धर्मको सहारा लिन परेको इतिहास छ । त्यसकारण त्यसको दिशा तत्कालिन अवस्थामा प्रतिगामी नभएर प्रगतिशिल थियो । अझ योगमायाको सर्वथा योगवाणीको अध्ययन गर्दा त्यहाका कयौ कुरा माक्सवाद र मातृत्वको मुल्यमान्यतामा आधारित छ । त्यसकारण योगमायाको आÇनी छोरी नैनकला र उनका सहयोगी सहित गरेको जलसमाधी विश्वको ठुलो आत्महत्याको श्रेणीमा अहिले पनि कायम छ । योगमाया आपैmमा धार्मिक नारी थिइन । उनको त्याग र बलिदान मुलुक विभेद रहित र स्वाभिमान पूर्वक रहनु पर्दछ भन्ने नै हो । योगमायाको जोड विशेष गरी घटिया काम नभई दौलत हुदैन भन्ने मान्यताको विरुदमा थियो । जुन विषयले वर्तमान समाज, राज्यलाई समेत चुनौती दिएको छ । तसर्थ घटिया काम नभई दौलत हुदैन भन्ने व्यवहारलाई तिरस्कार गर्न नसक्नुको कारण नै वर्तमानमा अराजकता, अस्थिरता, अमानविय, अस्वस्थ्य प्रतिस्पर्धा, देखि मुलुक कै अस्तित्व समेत गम्भिर संकट तिर उन्मुख बढदै गएको छ ।

    त्यस्तै अर्को उदाहरण मुगलको आक्रमणबाट पराजित भएपछि भारतको चितौडका महिलाले आप्mनो सतित्व बचाउन सामुहिक रुपले आत्महत्या गरेका थिए । टर्किका सेनाले युनानको एउटा गाउँ सौलीमा गरेको आक्रमण पश्चात त्यसबाट बच्न त्यो गाउँमा महिला जोलो·ा पहाडमा चढेर त्यहाबाट हाम फालेर आत्महत्या गरेका थिए । जेरुसेलम माथि रोमन सेनाले कब्जा गरेपछि विजित सेनाबाट दास बनाइने डरले त्यहाँको एउटा कट्टर धार्मिक सम्प्रदायले सामुहिक आत्महत्या गरेको थियो । त्यसमा झण्डै एक हजार जनाले सामुहिक आत्महत्या गरेको इतिहास छ । भर्खरै पनि अमेरिकी सामराज्यवादको विरुद्धमा इरानी जनता त्यसमा पनि अधिकाँश महिला सक्रिय सहभागितामा अमेरिकी आक्रमणबाट मर्न तयार छौ तर देशको स्वाभिमानलाई विक्री गर्दैनौ भन्ने आवाजले पाकिस्तानको अनुरोधमा अल्पकालिन युद्ध विराम गर्न ट्रम्प प्रशासन बाध्य भयोको थियो। तसर्थ राष्ट्रको अस्तित्व स्वतन्त्र रुपमा रहेमात्र हामी नेपाली र हाम्रो धर्मको अर्थ र महत्व हुन्छ अन्यथा दासको रुपमा बाच्नु पर्ने अवस्था मानिसको अस्तित्व दानवको व्यवहार सहनु पर्ने बाध्यता हुनेछ ।

    अन्तमा पछिल्ला दिनमा बढदै गएको वैदेशिक हस्तक्षेपको कारण देशले बेर्होन परेको गम्भीर क्षतिबाट स्पष्ट हुन्छ देश अब अध्यारो सुरुङ तिर उन्मुख भएको प्रष्ट छ । यस्तो अवस्था हामी राजनिति दल, धर्म, जात, वर्ण, वर्ग, महिला पुरुष सबैले देशलाई यो गम्भिर संकटबाट बचाउन साझा आवाजको रुपमा वैदेशिक हस्तक्षेप बन्द गर भन्नु पर्दछ । वैदेशिक सहयोग हाम्रो स्वास्थ्य, शिक्षा उत्पादन र पूर्वाधारमा बाहेक अन्य क्षेत्रमा दिइने ऋण अनुदान समेत हाम्रो अवस्थामा सुधारको लागि आउदैन । तर विश्वमा बढदै गएको डिजिटल प्रविधि बढदो दुरुपयोग रोक्नका लागि नागरिक तहबाट सरकारलाई खबरदारी गर्ने अनुगमन तथा नियमन र नियन्त्रणमा समेत ध्यान पुर्याउन दबाव दिएको अवस्था छ भने हाम्रो देशमा डिजिटल प्रविधिको चरम दुरुपयोगका कारण गलत र भ्रामक समाचार, अशिष्ट र अभद्र व्यवहार बलत्कार, हत्या, हिंसाको बढ्दो आक्रमणले समाज मात्र होइन सिङ्गो देशनै भय र त्रासपूर्ण अवस्थामा छ । त्यसलाई नियमन दर्ता, नियन्त्रण, कारवाहीको लागि प्रयाप्त कानुन बनाउने समयमा झन बढी डिजिटल प्रविधिलाई नै छाडा छोड्नको लागि एसियाली र विश्व बैंकबाट ऋण लिएर मुलुकलाई युरोपियन देशको अगाडी आत्मसर्मपण गर्ने योजनामा सरकारको भूमिका प्रष्ट हुदै गएको छ ।

    नेपालीहरुको दुरभाग्य पूर्ण अवस्था भन्नु पर्छ २००७ सालदेखि नेपाली जनता सधै प्रत्येक १० देखि १५ वर्षको बिचमा यो वा त्यो शक्तिका कारण सधै आन्दोलनको सिकार भइरहनु परेको छ । अब अझ कति सम्म निर्मम र कठोर पूर्ण सम्झौता हिन संर्घष गर्नुपर्ने हो यसै भन्न सकिने अवस्था छैन । अरु देशमा भारत, चिन, लगायत देशका जनताले आप्mनो स्वतन्त्रता स्वाधिनता प्राप्त गरेपछि मुलुकलाई समृद्धि बनाउन तिर लागे आज विश्वकै सम्पन्न धनि देशको रुपमा स्थापित भए तर हाम्रो अवस्थाबाट सुखि नेपाली समृद्ध नेपालको सपनालाई संकल्प सहित भौतिक पूर्वाधारको विकासले गति लिएको थियो । भाद्र २३ र २४ गतेको आतंकको विनाशले मुलुकलाई कम्तिमा ५० वर्ष पछाडी धकेलेको अवस्था छ । अबको युद्ध आन्तरिक भन्दा पनि विदेशीहरुको युद्धभुमिमा नेपाललाई आश्रय स्थल बन्न सक्ने सम्भावना प्रवल हुदै गएको छ । नेपालीहरुले सिक्नु पर्ने भियतनामी जनताको अदम्य साहस, इरानी जनताको विरताको लागि अदम्य साहसको एकता बंगलादेशका जनताले स्वाभिमान स्वाधिनताको लागि व्यालेटमा देखिएको विरोधी माथीको शान्तिपूर्ण प्रहार । तर अब नेपाली आप्mनै देशमा आन्तरिक शरणार्थीको रुपमा नारकिय जिवन विताउने अवस्था पनि धेरै टाढा छैन ।
    (लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन्।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution