• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

३

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

४

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

५

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

६

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

७

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

८

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

९

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१०

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

११

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१२

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जलवायु परिवर्तनबारे १५ बुँदे घोषणापत्र जारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष ५, सोमबार (४ साल अघि)
    download (1)

    Advertisement

    महेन्द्रनगर। जलवायु परिवर्तन, विपद् जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि साझा कञ्चनपुर घोषणापत्र जारी गरिएको हो । महेन्द्रनगरमा सम्पन्न सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणसहित यहाँ आयोजित सम्मेलनले जारी गरेको घोषणापत्रमा नौवटै स्थानीय तहका प्रमुख र उपप्रमुखले हस्ताक्षर गरेका छन् । घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीयकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । भीमदत्त नगरपालिकाले आयोजना गरेको जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे पहिलो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा जलवायु अनुकूलनसँगै र उत्थानशील शहर तथा दिगो विकासबारे छलफलसहित भावि रणनीति तय गरेको छ । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ र डिसिएको प्राविधिक सहयोगमा यहाँ हरेक वर्ष सम्मेलन आयोजना हुने बताइएको छ । जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थान, उत्थानशील शहर र दिगो विकासबारे विस्तृत छलफलसहित भावि योजनातर्जुमा लागि सम्मेलनको आयोजना गरिएको भीमदत्तका नगरप्रमुख विष्टले जानकारी दिनुभयो । उहाँले भीमदत्तले दिगो विकासका लागि २५ वर्षे गुरुयोजना निर्माण, आधुनिक शहरको विकासका लागि शहरी योजना आयोग गठनसँगै नगरविकास समितिले काम गरिरहेको बताउनुभयो । घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ । त्यस्तै जोखिम नियन्त्रणका लागि स्रोतसाधनको पहिचान र व्यवस्थापन, आवश्यक जनशक्ति उत्पादनसँगै खोज अनुसन्धानको विकास, एकीकृत योजना निर्माण, हरित नगरको अभियान अघि बढाउने, प्रत्येक वर्ष सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च कञ्चनपुर सम्मेलन आयोजना गर्ने विषय घोषणापत्रमा समेटिएका छन् । सम्मेलनमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाले अगामी वर्ष पुनर्वास नगरपालिकाले उक्त सम्मेलन आयोजना गर्ने बताउनुभयो । उहाँले दिगो विकास र समृद्धि सामूहिक पहलमा सम्भव हुने बताउनुभयो । जलवायु परिर्वतनको असर बढ्दै त्यसैगरी जलवायु विज्ञ राजन थापाले कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा रहेको बताउनुभएको छ । “पहाडी जिल्लामा हुने जथाभावी विकासले पनि तराईका जिल्ला बाढीको उच्च जोखिममा छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय निरन्तर जलवायु परिवर्तन भइरहेको छ ।” केही वर्षयता तापक्रम बढिरहेको उल्लेख गर्दै उहाँले सुदूरपश्चिममा पानी पर्ने मात्रा बढेको जानकारी दिनुभयो । त्यस्तै डा वसन्त अधिकारीले अव्यस्थित शहरीकरणले जलवायु परिर्वतनमा असर परिरहेको जनाउँदै दिगो विकासमा आधारित पूर्वाधार निर्माणलगायत काम गर्नुपर्ने बताउनुभयो । उहाँले शहरीकरण वर्षेनी बढ्दै गएको आँैल्याउँदै विकासलाई वातारणमैत्री बनाउनसके जलवायु अनुकूलन र विपद् जोखिम व्यवस्थापनमा सहज हुनेमा जोड दिनुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड


  • Advertisement

    समाचार
  • १

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • २

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ३

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ४

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ५

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ६

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ७

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ८

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ९

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • १०

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution