• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

३

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

४

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

५

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

६

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

७

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

८

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

९

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१०

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

११

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१२

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

         ‘अझै चलेन सार्वजनिक यातायात’   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (४ साल अघि)
    laljhadi1_j41tS7WT1h

    Advertisement

    महेन्द्रनगर । सुगम जिल्ला भए पनि त्यहाँको एक पालिकाका नागरिकले अझै सार्वजनिक यातायात सेवा लिन पाएका छैनन् भन्दा पत्यार नलाग्न सक्छ ! हो, कञ्चनपुरको लालझाडी गाउँपालिकावासीले दशकौँदेखि यस्तो समस्या भोग्दै आएका छन् ।

    स्थानीय जनप्रतिनिधि आएपछि केही वडामा छिटपुटरूपमा सडक कालोपत्र भए पनि गाउँपालिकाका अधिकांश सडक कच्ची छन् । छवटा वडा रहेको गाउँपालिका कञ्चनपुरको भौगोलिकरूपमा निकै विकट मानिन्छ । “चालु आर्थिक वर्षमा विभिन्न वडामा गरी करिब साढे तीन किलोमिटर सडक कालोपत्र गर्ने योजनाका साथ अघि बढेका छौँ”, लालझाडी गाउँपालिकाका सबइञ्जीनियर सन्तोषप्रसाद जोशीले भन्नुभयो, “अहिलेसम्म यहाँ चान्देउ–बल्मी क्षेत्र र अन्यमा सडक कालोपत्र छ ।”

    उहाँले स्थानीय जनप्रतिनिधि आइसकेपछि पालिकाका सबै वडाका मुख्य तथा शाखा सडक ग्राभेल भएको जानकारी दिनुभयो । “पालिकाको पनि आफ्नो बजेट छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारदेखि अन्य विकासमा सङ्घ र प्रदेश सरकारको बजेटले पनि काम भइरहेको छ ।” बीच भागमा पर्ने दोदा नदीका कारण पालिका दुई भागमा विभाजित रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रसिंह रावलले जानकारी दिनुभयो ।

    “अहिलेसम्म राम्रोसित यहाँ सार्वजनिक यातायात सञ्चालन भएको छैन”, रावलले भन्नुभयो, “एकाध वडाबाहेक सबैतिर यातायात सेवा पुग्न सकेको छैन ।” उहाँले पालिकामा दोदा नदी कटान र डुबानका साथै वन्यजन्तुबाट हरेक वर्ष जनधनको क्षति हुने गरेको बताउनुभयो । लालझाडीको वडा नं २ र ३ को बीचमा पर्ने खर्रानालामा पक्की मोटेरेबल पुल बनेपछि मात्रै पालिकामा आवागमनमा सहजता मिलेको स्थानीयवासीको भनाइ छ ।

    “पहिले त वर्षातमा बिरामी हुँदा पनि एम्बुलेन्स गाउँमा ल्याएर बिरामी लैजान सक्ने अवस्था थिएन”, कञ्जका स्थानीयवासीले रामप्रसाद रानाले भन्नुभयो, “अहिले पनि देखतभूली भएर जान दोदा नदीमा बनाउनुपर्ने पक्की पुल नबन्दा समस्या नै छ”, राना थारू समुदायको बाहुल्यता रहेको लालझाडीमा बितेको चार वर्षमा विद्यालय भवनसमेत बनेको पालिकाले जनाएको छ । “गाउँपालिकाको वार्षिक आयव्यय भनेको रु ४७ करोड हो”, प्रमुख प्रशासकीय अधिकृत रावलले भन्नुभयो, “गाउँमा बसपार्क बनाउने विषयमा पनि गृहकार्य हुँदैछ ।”

    चौध हजार १६ मतदाता रहेको गाउँपालिकामा सडक सञ्जाल विस्तार एवं स्तरोन्नतिका लागि सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्ने स्थानीयवासीको भनाइ छ । “यसै क्षेत्रबाट निर्वाचन जितेर मन्त्री भए तर गाउँको अवस्थामा खासै सुधार भएन ।” कञ्जकै श्याम रानाले भन्नुभयो, “चुनावका बेला भोट माग्ने, आश्वासन दिने तर पछि वास्ता नगर्ने प्रवृत्तिले लालझाडीको विकास नभएको हो ।”

    गाउँपालिकाका अध्यक्ष मदनसेन वडायक खर्रानालामा बनेको पुल आफ्नो कार्यकालमा बनेको बताउनुभयो । “त्यो पुल बनेपछि जनतालाई हिँड्डुल गर्न सहज भयो”, उहाँले भन्नुभयो, “गाउँमै १० शय्याको अस्पताल पनि बनायौँ ।” उहाँले चालु आवमा सडक कालोपत्रका लागि रु ५० करोडको ठेक्का भइसकेको बताउनुभयो ।

    “अबको दुई वर्षमा धेरै सडक कालोपत्रे हुन्छन्”, अध्यक्ष वडायकले भन्नुभयो, “यहाँ करिब १७–१८ किलोमिटर सडक कालोपत्र भएको छ ।” दोदा नदीमा दुईवटा झोलुङ्गे पुल बन्नुका साथै रु पाँच करोडको लागतमा लालझाडी उद्यानसमेत निर्माण भइरहेको उहाँको भनाइ छ ।   (रासस)  
    –––

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड


  • Advertisement

    समाचार
  • १

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • २

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ३

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ४

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ५

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ६

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ७

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ८

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ९

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • १०

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution