• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जनप्रतिनिधिद्वारा सवारी साधन फिर्ता   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख ५, सोमबार (३ साल अघि)
    nirwachan

    Advertisement

    दमौली ।    तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उहाँहरुले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गर्नुभएको हो ।
    शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गर्नुभएको हो । उहाँहरु दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी हुनुहुन्छ ।

    शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग१झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गर्नुभएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गर्नुभयो ।

    उहाँले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस शुक्लागण्डकीले उहाँसहित दश जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।

    उहाँले अब नगरप्रमुखको उम्मेदवार नभए पनि सरकारी सवारी प्रयोग नगर्ने बताउनुभयो । निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उहाँले बताउनुभयो । निर्वाचन नजिकिएकाले नगरपालिकाको सवारी प्रयोग नगर्ने गरी फिर्ता गरेको भन्दै उहाँले अब मेयरको उम्मेदवार भए पनि नभए पनि सवारीको सुविधा नलिने प्रष्ट पार्नुभयो ।

    यसैगरी भीमाद–९ का वडाध्यक्ष इमानबहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गर्नुभएको छ । उहाँले आफूले प्रयोग आएको ग१ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गर्नुभएको हो ।

    निर्वाचनका बेला सरकारी सवारी चढ्न उपयुक्त नहुने भएकाले फिर्ता गरेको उहाँले बताउनुभयो । वडाको कामकाजका लागि पनि अब सरकारी मोटरसाइकल प्रयोग नगर्ने निर्णय गरेर फिर्ता गरेको उहाँले बताउनुभयो ।

    यसैगरी शुक्लागण्डकीका प्रवक्ता खिमबहादुर कुमालले आफूले चढ्दै आएको ग१ब ७४६ नम्बरको मोटरसाइकल नगरपालिकालाई फिर्ता गर्नुभएको छ । अब चुनाव केन्द्रित गतिविधिमा लाग्नुपर्ने भएकाले सरकारी सेवा सुविधाको दुरुपयोग गर्न नहुने बताउनुभयो ।

    कार्य प्रगति सार्वजनिक

    व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले पाँच वर्षमा भएका कार्यको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आइतबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्नुभएको हो ।

    संविधानको निर्माणपछि राज्य पुनःसंरचना भई नगरपालिकाको भूगोल बढ्न गई गाउँ र सहरको विविधताबीच नगरपालिकाको विकास प्रक्रिया अगाडि बढाउन चुनौतीपूर्ण रहे पनि सबैको सहयोगमा विभिन्न महत्वपूर्ण कार्य भएको उहाँले दाबी गर्नुभयो । नगरप्रमुख न्यौपानेले विगत निर्वाचनमा गरिएका अधिकांश प्रतिबद्धता पूरा भएको दाबी गर्नुभयो ।     (रासस)

    एकीकृत सहरी विकास योजना निर्माण गरी विविधतायुक्त गाउँ सहर, समृद्ध मेरो व्यास नगर मूल नारा तय भएको, कृषि, पर्यटन र शिक्षालाई अग्रणी क्षेत्रमा राखी कार्य गरिएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

    खानेपानीलाई प्राथमिकतामा राखी देवीडाँडा खानेपानी, कमरेसाँध खानेपानी, क्यामिन छापथोक खानेपानी, केशवटार रुम्सी ठिन नयाँगाउँ खानेपानीलगायतका योजनामार्फत एक घर एक धाराका योजना सञ्चालन, खड्गकाली मार्ग, छाब्दीमार्ग, कालिका मार्ग, केशवटार मार्ग, पराशर मार्ग, माहेन्द्री मार्ग, क्यामिन छापथोक मार्ग, मानुङकोट मार्ग, सिन्धु मार्ग, वडा पहुँच मार्गलगायत विभिन्न वडामा कालोपत्र योजना सम्पन्न भएको विवरणमा उल्लेख गरिएको छ ।

    दमौली विपी वनबाटिकालगायत विभिन्न वडामा खेलमैदान निर्माण, दमौली पार्क, बजारभित्रका अनशन चौतारीलगायतका चोक सुधार, सडक बत्ती व्यवस्थापन, घाट निर्माण गरिएको नगरप्रमुख न्यौपानेले उल्लेख गर्नुभयो ।

    स्वास्थ्य क्षेत्रमा वडा नम्बर १, २, ४, ५, ७, १० मा आधारभूत स्वास्थ्य भवन र वडा नम्बर १३ मा सहरी स्वास्थ्य भवन निर्माण, वडा नम्बर ६ र १२ मा नयाँ भवन निर्माणाधीन, पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन, २५ शय्याको अस्पताल भवन निर्माणाधीन, शिशाघाट बर्लाचीमा नयाँ स्वास्थ्य केन्द्र विस्तारलगायतलाई नगरप्रमुख न्यौपानेले महत्वपूर्ण कामको सूचीमा उल्लेख गर्नुभएको छ ।

    नगरप्रमुख न्यौपानेले केही अधुरा काम गर्न बाँकी रहेको पत्रकार सम्मेलनमा बताउनुभयो । नारेश्वरताल, १०८ फिट व्यासमूर्ति निर्माण, व्यास झुला निर्माण, बहुउद्देश्यीय भवन, भादगाउँ खानेपानी, कमेरेसाँध खानेपानी, देवीडाँडा खानेपानी, शीतभण्डार, विपी वनबाटिका खेलमैदान, मानुङकोट, गलेखामकोट, तनहुँसुर, पुलिमराङलगायतका पर्यटकीय क्षेत्रको विकास योजना लागत साझेदारीमा अगाडि बढाउने काम बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो ।

    नगरप्रमुख न्यौपानेले अधुरा रहेका योजना पूरा गर्न पुनः नगरप्रमुख बन्ने इच्छा व्यक्त गर्नुभएको छ । अधुरा रहेका योजना पूरा गर्न, आफ्नो अनुभव र क्षमताको प्रयोग गर्न पुनः नगरप्रमुखको इच्छा व्यक्त गर्नुभएको हो ।

    पाँच वर्षको अवधिमा नगरवासीको शिर निहु¥याउने कुनै काम नगरेको भन्दै उहाँले भन्नुभयो, “हाम्रो कामको मूल्याङ्कन र समीक्षा गर्ने दायित्व नगरवासी, राजनीतिक दल, नेपाली कांग्रेसका नेतृत्व गणमा छ ।”

    “नयाँ आउने मान्छेलाई बुझ्नै समय लाग्छ, हामीले धेरै अनुभव प्राप्त गरिसकेका छौँ, त्यही अनुभवलाई फेरि प्रयोग गर्ने चाहना हो,” उहाँले भन्नुभयो । उहाँले पार्टीले टिकट नदिएको खण्डमा पनि पार्टीलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    उहाँले निष्ठापूर्वक १८ घण्टा काम गरेकाले जनताले मूल्याङ्कन गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
    –––

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution