• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २३, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

२

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन नवलपुर जिल्ला प्रशासनको निर्देशन

३

नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

४

परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर

५

निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

६

ठेक्का आयाेजनाकाे बाधा अड्काउ फुकाउमा ९ बुँदे परिपत्र- मूल्य समायाेजनकाे समेत निर्देशन

७

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन आदेश

८

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

९

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

१०

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

११

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

१२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुलाकी राजमार्गः १७२ किलोमिटर कालोपत्र  

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (४ साल अघि)
    Road

    Advertisement

    जनकपुर ।  नेपालकै पहिलो राजमार्ग हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करिब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ ।

    पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम सर्लाहीको मलङ्गवा खरैया टोलसम्मको २५८ किलोमिटर सडकमध्ये हालसम्म १७२ किलोमिटर सडकमा कालोपत्र सकिएको जनाएको छ ।

    हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करिब २३३ किलोमिटर सडकमध्ये हालसम्म १५३ किलोमिटर सडकमा कालोपत्र सकिएको छ । बाँकी ८० किलोमिटर सडकमा पनि तीव्र रूपमा काम भइरहेको जनाएको छ । जनकपुरधामस्थित कदम चौकदेखि कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये १८ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी आठ किलोमिटर पनि तीव्र रूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो ।

    यस्तै सप्तरी र सिरहाको सिमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्र सकिएको र बाँकी ६ किलोमिटर सडकमा पनि केही दिनभित्रै कालोपत्र सकिने प्रमुख महतोले बताउनुभयो । सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम तीव्र रूपमा भइरहेको जनाएको छ ।

    दुई लेनको उक्त सडक सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेकदार कम्पनीका इञ्जिनीयर चन्द्र यादवले जानकारी दिनुभयो । धनुषा र सिरहा खण्डमा निर्माणको कामले गति लिए पनि सर्लाही खण्डमा भन्ने भर्खरै मात्र काम सुरु भएको छ ।

    सर्लाहीको शीतलपुर–मलङ्गवा खरैया टोलसम्मको सडक निर्माणका काम सुरुमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आए पनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो । करिब ४२ किलोमिटरको सो सडक हुलाकी राजमार्ग आयोजना कार्यालयमा हस्तान्तरण भएयता एक किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र अन्य खण्डमा माटो ग्राभेलको काम भइरहेको प्रमुख महतोले जानकारी दिनुभयो ।

    चालु आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घरटहरा हटाउन भएको ढिलाइ, ठाउँ ठाउँमा जग्गासम्बन्धी विवाद र कोभिड–१९ माहामारीलगायत हुलाकी राजमार्ग निर्माणको कार्य केहीपछि धकेलिएको उहाँको भनाइ छ ।

    यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्म सडक खण्डमा निर्माणधीन नौ वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामले जनाएको छ । सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करिब २१ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट््याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिनुभयो । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको उहाँको भनाइ छ । करिब २५ किलोमिटरको सो खण्डमा अहिले ११ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

    डिभिएम ७ मिटर र दुबै छेउको सोलजर २÷२ मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ । २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुल निर्माण नहुँदा काम अपेक्षाकृत रूपमा अघि बढाउन नसकिरहेको कन्ट्याक्ट म्यानेजर यादवको भनाइ छ ।

    मधेसकै लाइफलाईनको रूपमा मानिएको हुलाकी सडकको निर्माणको काम तीव्र रूपमा अघि बढ्ेपछि सो भेगका स्थानीयवासी खुसी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुको साथै हजारौँ युवाहरूमा रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको विश्वास छ । हुलाकी सडक जीर्ण हँुदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका थिए । सडक निर्माण भएपछि सहजरुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ ।

    पूर्व–पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटो जसलाई पदम शम्शेरले आगाडि बढाएकाले पदम रोड पनि भनिने गरिन्छ । पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमीको ३२ वटा सहायक राजमार्ग छन् । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भए पनि नेपालमा २०६२÷६३ को परिवर्तन पश्चात् भारत सरकारले नेपाल सरकारबाट छनोट भएका एक हजार ४४० किलोमिटर सडकको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरेको थियो ।

    सो बापत लाग्ने सम्पूर्णखर्च भारत सरकारले व्यहोर्ने र जग्गा अधिग्रहण, पोल, रुख हटाउने, हुलाकी राजमार्गमापर्ने सम्पूर्ण पुलको निर्माण नेपाल सरकारले गर्ने प्रावधानसहितको समझदारी भएको थियो । तर मुलुकमा राजनीतिक उतारचढावका कारणले हुलाकी सड्क निर्माणको काम बीचमै रोकिएको थियो । नेपालले गरेको रेखाङ्कनअनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार ७९२ किलोमिटर छ ।
    —   (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

  • अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन नवलपुर जिल्ला प्रशासनको निर्देशन

  • नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

  • परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर


  • Advertisement

    समाचार
  • १

    भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

  • २

    अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन नवलपुर जिल्ला प्रशासनको निर्देशन

  • ३

    नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

  • ४

    परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर

  • ५

    निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

  • ६

    ठेक्का आयाेजनाकाे बाधा अड्काउ फुकाउमा ९ बुँदे परिपत्र- मूल्य समायाेजनकाे समेत निर्देशन

  • ७

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन आदेश

  • ८

    बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

  • ९

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • १०

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution