• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मौलाकालिकामा झण्डै २० करोड लगानी हुँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १६, सोमबार (७ साल अघि)
    maula-kalika

    Advertisement

    चितवन  ।मौलाकालिका मन्दिरमा अहिले युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । नवलपरासीको गैँडाकोटस्थित उक्त मन्दिरमा दर्शन गर्न जानेमध्ये अधिकांश युवापुस्ता नै बढी देखिएका हुन् । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार मन्दिरमा दर्शन गर्न आउनेमा ७० प्रतिशत युवापुस्ता रहेका र तीमध्ये पनि स्कूल–कलेजका विद्यार्थी नै बढी देखिन्छन् । एक वर्षमा तीन लाख हाराहारी भक्तजन मन्दिरमा पुग्ने गरेकामा ६५ प्रतिशत महिला हुने गरेको पनि उहाँले बताउनुभयो ।

    शनिबार र मङ्गलबार ठूलो सङ्ख्यामा भक्तजन पुग्ने उक्त मन्दिरमा नयाँ वर्षका पहिलो दिन ५० हजार हाराहारी भक्तजन आउने गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । जङ्गलको बीच भागमा रहेको उक्त मन्दिर पुग्न एक हजार ८०० सिँढी चढ्नुपर्छ । सिँढीका आसपासमा शौचालय, खानेपानी र चौतारीको व्यवस्था गरिएको छ ।

    झण्डै ४५ मिनेटको उकालो हिँडेपछि मन्दिर पुगिन्छ । चितवन, नवलपरासी र तनहुँको सङ्गममा धराहरा जस्तै रहेको उक्त मन्दिरबाट ती जिल्लाका अधिकांश भाग अवलोकन गर्न सकिन्छ । समितिका सदस्य भूमिश्वर शर्माले यहाँ आन्तरिक पर्यटकको बढी भिड लाग्ने गरेको बताउनुभयो । मन्दिरको फेदीमा वनभोजका लागि व्यवस्थित स्थल छ । हिउँदको समयमा वनभोजका लागि आउने विभिन्न समूह पनि मन्दिरसम्म पुग्ने गरेको उहाँको भनाइ थियो ।

    मन्दिर परिसरबाट देवघाट धामसँगै पर्वतीय शृङ्खला, डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै नारायणी नदी, नवलपरासीको गैँडाकोट र चितवनका पर्यटकीय स्थल देख्न सकिन्छ । समितिका प्रमुख सल्लाहकार पूर्वप्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले देवी दर्शन तथा प्राकृतिक दृश्यको रसास्वादन पनि गर्न पाइने भएकाले युवाको आकर्षण बढेको बताउनुभयो । समितिका पूर्वअध्यक्ष विष्णुहरि रिमालले हिन्दू धर्मको रक्षाका लागि अहिले युवापुस्ता लागिपरेका छन् भन्नुभयोे । उकालो र ओरालो हिँड्न रमाउनेहरूको पनि यहाँ भिड लाग्ने गरेको पनि उहाँले बताउनुभयो ।

    पन्ध्रौ शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखी देवघाटधाममा चक्रवर्ती शीला स्थापनासहित तीर्थबास गरेको र सैनिक टुकडीलाई शक्ति आरधनाका लागि मौलो गाडी पीठका रुपमा पूजा गर्ने गरेको इतिहासमा उल्लेख भएकाले विसं २०३२ देखि यहाँ पूजा–पाठ नियमित गर्न थालिएको हो । अहिले निजी र सरकारी लगानीमा झण्डै रु २० करोड लगानी गरेर मन्दिरलाई व्यवस्थित गर्न लागिएको छ । सो ठाउँमा पुग्नका लागि निजी क्षेत्रबाट केबलकारसमेत जडान गर्ने तयारी भइरहेको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution