
राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ । सोही ठाउँको (केराबारी)मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्र्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिनुभयो । (रासस)
–––
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१