
चोरमारा । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले चेतनाको बिकास बिनाको भौतिक बिकासको अर्थ नहुने बताउनु भएको छ । मध्यविन्दु–१२ को सरस्वती नमुना आधारभूत विद्यालयमा भएको जनप्रतिनिधि सम्मान कार्यक्रममा प्रमुख अतिथि अधिकारीले चेतनाको बिकासका लागि शिक्षा र शिक्षाको बिकासको लागि शिक्षक, अभिभावक र विद्यार्थी बिचको समान बुझाई आवश्यक रहेको बताउनुभयो ।
उहाँले नगर भित्रका सबै सामुदायिक विद्यालयहरुको स्तरबृद्धि र शैक्षिक उन्नतिको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । विद्यार्थीको शैक्षिक स्तर बिकासको लागि घरबाट नै त्यहीं अनुसारको वातावरण बन्न आवश्यक रहेको भन्दै उहाँले अभिभावक शिक्षामा नगरपालिकाले अब कार्यक्रम तय गर्ने बताउनुभयो ।
सबै सामुदायिक विद्यालयको भौतिक, शैक्षिक गुणस्तर बृद्धिका लागि मपदण्ड बनाएर कार्ययोजना सहित कार्य गर्ने योजनामा आफु नेतृत्वको मध्यविन्दु नगरपालिका रहेको अधिकारीले बताउनुभयो । नगर भित्रका उत्कृष्ट नजिता ल्याउने विद्यालयलाई अन्य देशको शिक्षा प्रणाली अध्ययनको लागि अवसर प्रदान गर्ने र सोही अनुसारको शिक्षा बिकासको लागि वातावरण तय गर्ने उहाँले बतउनुभयो ।
उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी पढाउने सबै अभिभावकहरुमा आशाको दियो बाल्न जरुरी रहेको बताउनुभयो । “झुपडीमा बस्ने विपन्न अभिभावकले पनि मेरो छोरो डक्टर बन्न सक्छ, इन्जिनियर हुन्छ भन्ने सपना देख्न प¥यो । त्यसको लागि वातावरण तयार गर्न प¥यो ।” अधिकारीले भन्नुभयो –“त्यसको लागि नगरपालिका भित्रका विपन्न समुदायका विद्यार्थीलाई उच्च शिक्षाको लागि वार्षीक रुपमा छात्रावृत्तिको व्यवस्था गरिनेछ ।”
सरस्वती नमूना आधारभूत विद्यालयमा भएको कार्यक्रममा मध्यविन्दु–१२ का वडा अध्यक्ष कान्तराम कुमाल सहित निर्वाचित वडा सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयका प्रध्यानाध्यापक जनकराज पोखरेलले विद्यालयको समग्र शैक्षिक विकासको लागि नगरपालिकाले विगत देखि सहयोग गर्दै आएको र नगरले लामो समय देखि शैक्षिक क्षेत्रमा कार्यगरेको व्यक्तिलाई नगर प्रमुखको रुपमा प्राप्त गरकेो भन्दै विद्यालयको शैक्षिक तथा भौतिक बिकासको लागि आवश्यक बजेटको प्रबन्ध गर्न अनुरोध गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपलाल अर्यालले निर्वाचित नगर प्रमुख सहित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१