
चोरमारा । सफा सुनौलो नेपाल संस्थाले मध्यविन्दु नगरपालिकाका भित्रका सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययनरत ६ हजार ६ सय ६७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
नगरपालिका भित्रका ४४ वटा सामुदायिक विद्यालयमा बालशिक्षा देखि कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई विभिन्न १९ वटा सामाग्री रहेको झोला प्रदान गरेको हो । भोलामा शैक्षिक समाग्री सहित सरसफाईको लागि सावुन, गम्छा लगायतका सामाग्रीहरु समेत रहेका छन् ।
चनाई फाउन्डेसन फर प्रोभटी एलिभियसनको सहयोगमा सफा सुनौलो नेपाल संस्थाले विभिन्न विद्यालयहरुमा सो शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व सांसद चन्द्रमणी खराल, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी लगायत सहभागि हुनुहन्थ्यो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा मध्यविन्दु–१२ को यादव माध्यामिक विद्यालयबाट शुरुवात गरिएको थियो । पूर्व सांसद चन्द्रमणी खरालको प्रमुख आतिथ्यता र नगर प्रमुख अधिकारीको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा संस्थाका महासचिव सुनिला हमालले संस्थाले दातृ निकायको सहयोगमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको बताउनु भएको थियो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद खरालले शैक्षिक क्षेत्रको बिकासको लागि सफा सुनौलो नेपाल संस्थाले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो ।
मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले शैक्षिक क्षेत्रको बिकास राज्यको एकल प्रयासबाट मात्रै सम्भव नभएको भन्दै यसको लागि सबै पक्षको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले सफा सुनौलो नेपाल संस्थाले शैक्षिक सामाग्री वितरण सहित मध्यविन्दु–१२ मा खानेपानीको व्यवस्थापनको लागि गरेको सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत संस्था संगको सहकार्यमा कामहरु अगाडी बढाउन आफु तयार रहेको बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१