• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जहाज दुर्घटना : एकै परिवारका सातको मृत्युपछि शोकमा डुब्यो लोहटा   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १७, मंगलबार (४ साल अघि)
    lota_gaun1_1653891767

    Advertisement

    जनकपुर। ‘‘तारा एयरको फ्लाइटबाट आज हामी मुक्तिनाथ जाँदै छौँ, मुक्तिनाथ दर्शन गराएर भोलि काठमाडौँ फर्कन्छौँ, पर्सी जनकपुर आइपुग्छौँ” आफ्नो अति नै मिल्ने साथी राजन गोलेसँग फोनमा भएको कुराकानी सुनाइरहँदा धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरका सोमप्रसाद शर्माले आँशु थाम्न सक्नुभएन ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटना हँुदा मिथिला नगरपालिका–११ तुल्सीपाटो लोहटा बस्ने ४० वर्षीय राजन गोलेसहित उहाँको परिवारका सात जनाको मृत्यु भएको थियो ।

    सो घटना सार्वजनिक भएसँगै परिवारजनलाई सान्त्वना दिन पुग्नुभएका सोमप्रसादले राजनसँग भएको अन्तिम कुराकानी सुनाइरहँदा उपस्थित गाउँले र परिवारको आँशुसमेत थामिएन् ‘‘घरबाट सबैजना गाडीमै काठमाडौँ पुग्नुभयो, त्यहाँबाट शनिबार एती एयरको विमानबाट पोखरा पुगेर राति होटेलमा बस्नुभयो”, राजनसँग फोनमा भएको कुराकानी सम्झिँदै राजनले भन्नुभयो, ‘‘आइतबार बिहान ९ः५५ को तारा एयरको विमानबाट जोमसोम जाने टिकट लिएका छौँ, चिया खाएर एयरपोर्टतिर जान्छौँ भने, कुराकानी लगत्तै उहाँसँग फोन काटियो ।” त्यो नै उहाँसँगको अन्तिम कुराकानी भएको शर्माले सुनाउनुभयो ।

    ‘‘भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा राजन गोलेले साथीभाइसँग घुम्न जाने की आमाबुबालगायत आफन्तजन ज्येष्ठलाई तीर्थ लैजाने योजना बुन्दै हुनुहुन्थ्यो” उहाँका अति मिल्ने साथीमध्येका शर्माले भन्नुभयो, ‘‘चुनाव सकिएपछि राजन पहिला आमाबुबा, मामामाईजु, काकाकाकीलाई तीर्थ घुमाएर फर्किने र पछि साथीभाइसँग श्रीमती छोराछोरीसहित भ्रमण जाने निष्कर्षमा पुग्नुभएको थियो ।”

    मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर तीर्थ यात्राको मुख्य गन्तव्य बनाउनुभएका राजन गत शुक्रबार बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङलाई लिएर तीर्थयात्रामा निस्किनु भएको शर्माले सम्झिनुभयो ।

    तर उहाँहरु पोखराबाट मुस्ताङको लागि चढेको तारा एयरको सो विमान उडेको केही समय पश्चात अर्थात् १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको खबरले सनसनी फैलिएको थियो । घटना बाहिरिएसँगै राजनका घरपरिवार इष्टमित्र गाउँले शशङ्कित भएको थियो । आइतबार लामो समयसम्म विमान नभेट्दा दुर्घटना नै भएको आशङ्का थियो । तर आइतबार विमान दुर्घटना भएको र विमानमा सवार सबैको मृत्यु भएको पुष्टी भएपछि यतिबेला गाउँले शोकमा डुबेका छन् ।

    विमान सम्पर्कविहीन भएको र सो विमानमा राजनको परिवारसमेत रहेका थाहा पाएलगत्तै उहाँको घरमा पुग्नुभएका मधेश सरकारका उद्योग वन पर्यटनमन्त्री सत्रुधन महतो गाउँले र परिवारको बिलौना सुनेर भावुक हुनुभयो । “हामीलाई ठूलो क्षति पुगेको छ, हामी शोकमा डुबेका छौँ” उहाँले भन्नुभयो

    सोमबार बिहान तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटननमा तीन सदस्य चालक दलसकासहित २२ जना सवार थिए । सबैको मृत्यु भएको छ । राजन गोलेसहित उहाँका परिवारका सातैजनाले सोही दुर्घटनामा आकालमै ज्यान गुमाउनुपरेको छ ।

    आमाबुबासहित आफन्तको हेरचाह, गाउँको सामाजिक कार्यले कहिलेकाहीँ घर आउनेजाने गर्ने राजन गरिब उत्पीडितलाई सहयोगसहित समाज सुधारका कार्यक्रमा सक्रिय रहँदै आउनुभएको उहाँका छिमेकीहरुले बताएका छन् ।

    लामो समयदेखि सामाजिक कार्यमा सक्रिय राजन गोलेका श्रीमती दीपा सुवेदी र दुई छोराछोरी काठमाडौँ बस्दै आएका छन् । समाज शास्त्रमा स्नातक गरेका राजन काठमाडौँ मकलबारी टोल सुधार समितिका सदस्य, धनुषा काठमाडौँ सम्पर्क मञ्चका सदस्य, सल्लाहकार सदस्य, आदिवासी जनजाती परिषद् सदस्य भएर काम गर्दै आउनुभएको थियो ।

    सोही दुर्घटनामा मृत्यु भएका राजनका मामा मकरबहादुर तामाङ स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय लोहटामा २५ वर्ष प्रधानाध्यापक रहेर केही वर्षअघि सेवानिवृत हुनुभएको थियो । सामुदायिक वनको विभिन्न तहमा रहेर मकरबहादुर चुरे संरक्षण अभियानमा सक्रिय हुनुहुन्थ्यो ।

    ‘‘अकल्पनीय दुर्घटनाले आत्मीय मित्र परिवारजनसहित गुमाउनु पर्दा मन थामिरहेको छैन्”, सोमप्रसादले भन्नुभयो, ‘‘आमाबुबासहित आफन्तलाई तीर्थ घुमाउने र फर्केपछि हामीसँगै पारिवारिक भ्रमण जाने राजनको सपना अधुरै रह्यो, हामीमाथि ठूलो बज्रपात भएको छ ।”

    स्थानीय शोक मनाउनुबाहेक अन्य विकल्प नभएको बताउँदै दुर्घटनामा ज्यान गुमाएका गोलेको परिवारलगायतलाई विभिन्न माध्यमद्वारा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्  (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution