• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ५, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महानगरमा मोडिएको मतदाताको मन   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १७, मंगलबार (३ साल अघि)
    Election-Voting-Sketch-1024x624

    Advertisement

    काठमाडौँ ।  देशकै पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसक्नुभएको छ ।गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको मतगणनाकार्य पनि भोलिपल्टैदेखि सुरु भयो । प्रारम्भिक चरणदेखि युवा एवं स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै थियो । त्यसलाई निरन्तरता दिँदै मतगणनाको १३ दिनपछि साह नगरप्रमुख बन्नुभयो ।

    अहिलेको निर्वाचन नेपालको संविधान २०७२ जारी भएपछिको दोस्रो हो । नेपालको सबैभन्दा पुरानो र ठूलो महानरमा पहिलोपटक स्वतन्त्र उम्मेदावर युवा बालेन्द्र साहलाई विजय हुनु मतादाताले खोजेको नयाँपन मात्र नभइ पटक–पटक ठूला राजनीतिक दलका जनप्रतिनिधिले जनताको सपनालाई पूरा गर्न नसक्नुको परिणामका रुपमा पनि लिन थालिएको छ ।

    साहको प्रतिबद्धतापत्रमा नागरिकको दैनिकीभन्दा पर पुगेर मनोरेल मेट्रोरेलजस्ता तत्काल गर्न नसकिने काम छैनन्, महानगरमा फोहर व्यवस्थापन, अपुग खानेपानीको आपूर्ति, अव्यवस्थित तार व्यवस्थान ट्राफिक जामजस्ता समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सहजरुपमा नागरिकको पहँुचलगायतका विषयलाई आफ्नो मुख्य कामको रुपमा लिइएको छ ।

    काठमाडौँ देशको संघीय राजधानी हो, संस्कृतिको धरोहर हो । यहाँ फरक किसिमको राजनीतिक आस्था र विश्वास छ । आफ्नो पिता पूर्खादेखिको मतदान गर्ने संस्कारलाई परिवर्तन गरेर स्वतन्त्रतर्फ भोट केन्द्रीत गर्न सक्नुपनि साहको अर्को साहस हो । मतगणना सुरुदेखिनै आम मानिसको चासोको विषय बनेको थियो, काठमाडौँमा के हुन्छ ? ‘कोर एरिया’मा प्रवेश नगर्दासम्म राजनीतिक दलबाट आफूले प्रमुखको उम्मेदवारी दिएका नेपाली कांगेसको तर्फबाट सिर्जना सिंह र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट केशव स्थापितको आशा जीत तर्फनै थियो ।

    जब कोर एरिया मानिने क्षेत्रको मतगणना कार्य सुरु भयो, जहाँ बालेन्द्रले आफूलाई पछि नपारी आफ्नो अग्रता कायमै राख्दै जानुभयो । यसरी साहको अग्रता कायम भइरहँदा सिंह र स्थापितले आफूले जित्ने आशा मार्दै भन्ने थाल्नुभयो, मतदाताको एकएक भोटको पनि सम्मान गछौँ ।

    साह आफुलाई गत शुक्रबार मुख्य निर्वाचन कार्यालय काठमाडौँले निर्वार्चित घोषणा गरेलगत्तै उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोलमा पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी पदभार ग्रहण गरेको दिन सोमबार पनि उहाँले कामपाको फोहर व्यवस्थापको काम नगरी फूलमाला र खाँदा नलगाई काममानै केन्द्रीत हुँदै सोहीअनुरुप कार्यपालिका सदस्यलाई परिचालन गर्नुभयो ।

    पहिलो दिनको निर्णय

    कामपाको नवनिर्वाचित प्रमुख साहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले प्रमुख÷उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरेको छ । महानगरले सहकार्य गर्ने रेष्टुराँ र प्रेट्रोलपम्मसँग कामपाले सङ्केत चिह्न राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

    त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्न कल सेन्टरको स्थापना गर्ने पनि पहिलो बैठकको उपलब्धि हो ।

    सहज पानी र फोहर व्यवस्थापननै मतदाको आशा

    नवनिर्वाचित जनप्रतिनीधिसँग मतदाताको त्यति धेरै आशा छैन । कामपा वडा नं १७ का स्थायी बासिन्दा विनोद कपालीले दैनिक जीवन सञ्चालमा आएका समस्या जस्तै फोहर व्यवस्थापन, खानेपानीको सहज पहँुच, निर्धारित समयमा तोकिएको स्थानमा पुग्नका लागि ट्राफिक व्यवस्थापन र सम्पदा संरक्षण नै युवा जनप्रतिनीधिसँग आफ्नो माग रहेको बताउनुभयो ।

    त्यसैगरी वडा नं १२ का हेमराज रेग्मीको भनाइ पनि कपालीको भन्दा फरक छैन । निरन्तर रुपमा फोहर व्यवस्थापन हुन नसकेको पनि तीन महिना भइसक्यो यसको नियमित व्यवस्थापन हुनप¥यो । वर्षको समय सुरु भएसँगै यसले थप समस्या ल्याउन सक्छ जनप्रतिनीधिले बेलैमा यसतर्फ ध्यान दिन आवश्यक छ ।

    एमाले र कांग्रसको सिट कति ?

    अघिल्लो स्थानीय तह निर्वाचनामा प्रमुख पदसहित वडाध्यक्ष र सदस्यमा पनि राम्रो पकड जमाउन सफल भएको एमाले यस पटक उपप्रमुख पद जीते पनि दोस्रोमा सीमित हुनुपरेको छ । कामपामा कार्यपालिका सदस्यमा कांग्रेसको बहुमत रहेको छ । ३२ वटा वडा रहेको कामपामा कांगे्रसले १९ वडाध्यक्षसहित ७४ सदस्य जितेर पहिलो पार्टी बनेको छ भने एमाले १२ वडाध्यक्ष र ४८ सदस्य सीमित हुनुपरेको छ ।

    वडा नं १५ मा नेकपा (एकीकृत माजवादी)का को तर्फबाट यस अघि कामपाको प्रवक्तसमेत रहनुभएका ईश्वरमान डङ्गोल प्यानलसहित विजय हुनुभएको छ । विगतको निर्वाचनमा प्रमुखसहित १८ वडाध्यक्ष जीतेको एमाले यस निर्वाचनमा १२ मा सीमित हुनुपरेको छ, भने कांग्रेसले वडाध्यक्ष र सदस्यमा सङ्ख्या थपेर कार्यपालिका सदस्य सङ्ख्या बहुमत बनाएको छ ।

    कांग्रेसले वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९, ३० मा वडा अध्यक्षसहित सदस्यम विजयी हात पारेको छ । त्यसैगरी एमालेले कामपा वडा नम्बर १,२, ३, ४, ५, १३, १८, २१, २२, २३, ११ र ३२ वडा अध्यक्षसहित सदस्य पदमा विजयी भएको छ  (रासस)

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution