• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महानगरमा मोडिएको मतदाताको मन   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १७, मंगलबार (३ साल अघि)
    Election-Voting-Sketch-1024x624

    Advertisement

    काठमाडौँ ।  देशकै पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसक्नुभएको छ ।गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको मतगणनाकार्य पनि भोलिपल्टैदेखि सुरु भयो । प्रारम्भिक चरणदेखि युवा एवं स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै थियो । त्यसलाई निरन्तरता दिँदै मतगणनाको १३ दिनपछि साह नगरप्रमुख बन्नुभयो ।

    अहिलेको निर्वाचन नेपालको संविधान २०७२ जारी भएपछिको दोस्रो हो । नेपालको सबैभन्दा पुरानो र ठूलो महानरमा पहिलोपटक स्वतन्त्र उम्मेदावर युवा बालेन्द्र साहलाई विजय हुनु मतादाताले खोजेको नयाँपन मात्र नभइ पटक–पटक ठूला राजनीतिक दलका जनप्रतिनिधिले जनताको सपनालाई पूरा गर्न नसक्नुको परिणामका रुपमा पनि लिन थालिएको छ ।

    साहको प्रतिबद्धतापत्रमा नागरिकको दैनिकीभन्दा पर पुगेर मनोरेल मेट्रोरेलजस्ता तत्काल गर्न नसकिने काम छैनन्, महानगरमा फोहर व्यवस्थापन, अपुग खानेपानीको आपूर्ति, अव्यवस्थित तार व्यवस्थान ट्राफिक जामजस्ता समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सहजरुपमा नागरिकको पहँुचलगायतका विषयलाई आफ्नो मुख्य कामको रुपमा लिइएको छ ।

    काठमाडौँ देशको संघीय राजधानी हो, संस्कृतिको धरोहर हो । यहाँ फरक किसिमको राजनीतिक आस्था र विश्वास छ । आफ्नो पिता पूर्खादेखिको मतदान गर्ने संस्कारलाई परिवर्तन गरेर स्वतन्त्रतर्फ भोट केन्द्रीत गर्न सक्नुपनि साहको अर्को साहस हो । मतगणना सुरुदेखिनै आम मानिसको चासोको विषय बनेको थियो, काठमाडौँमा के हुन्छ ? ‘कोर एरिया’मा प्रवेश नगर्दासम्म राजनीतिक दलबाट आफूले प्रमुखको उम्मेदवारी दिएका नेपाली कांगेसको तर्फबाट सिर्जना सिंह र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट केशव स्थापितको आशा जीत तर्फनै थियो ।

    जब कोर एरिया मानिने क्षेत्रको मतगणना कार्य सुरु भयो, जहाँ बालेन्द्रले आफूलाई पछि नपारी आफ्नो अग्रता कायमै राख्दै जानुभयो । यसरी साहको अग्रता कायम भइरहँदा सिंह र स्थापितले आफूले जित्ने आशा मार्दै भन्ने थाल्नुभयो, मतदाताको एकएक भोटको पनि सम्मान गछौँ ।

    साह आफुलाई गत शुक्रबार मुख्य निर्वाचन कार्यालय काठमाडौँले निर्वार्चित घोषणा गरेलगत्तै उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोलमा पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी पदभार ग्रहण गरेको दिन सोमबार पनि उहाँले कामपाको फोहर व्यवस्थापको काम नगरी फूलमाला र खाँदा नलगाई काममानै केन्द्रीत हुँदै सोहीअनुरुप कार्यपालिका सदस्यलाई परिचालन गर्नुभयो ।

    पहिलो दिनको निर्णय

    कामपाको नवनिर्वाचित प्रमुख साहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले प्रमुख÷उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरेको छ । महानगरले सहकार्य गर्ने रेष्टुराँ र प्रेट्रोलपम्मसँग कामपाले सङ्केत चिह्न राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

    त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्न कल सेन्टरको स्थापना गर्ने पनि पहिलो बैठकको उपलब्धि हो ।

    सहज पानी र फोहर व्यवस्थापननै मतदाको आशा

    नवनिर्वाचित जनप्रतिनीधिसँग मतदाताको त्यति धेरै आशा छैन । कामपा वडा नं १७ का स्थायी बासिन्दा विनोद कपालीले दैनिक जीवन सञ्चालमा आएका समस्या जस्तै फोहर व्यवस्थापन, खानेपानीको सहज पहँुच, निर्धारित समयमा तोकिएको स्थानमा पुग्नका लागि ट्राफिक व्यवस्थापन र सम्पदा संरक्षण नै युवा जनप्रतिनीधिसँग आफ्नो माग रहेको बताउनुभयो ।

    त्यसैगरी वडा नं १२ का हेमराज रेग्मीको भनाइ पनि कपालीको भन्दा फरक छैन । निरन्तर रुपमा फोहर व्यवस्थापन हुन नसकेको पनि तीन महिना भइसक्यो यसको नियमित व्यवस्थापन हुनप¥यो । वर्षको समय सुरु भएसँगै यसले थप समस्या ल्याउन सक्छ जनप्रतिनीधिले बेलैमा यसतर्फ ध्यान दिन आवश्यक छ ।

    एमाले र कांग्रसको सिट कति ?

    अघिल्लो स्थानीय तह निर्वाचनामा प्रमुख पदसहित वडाध्यक्ष र सदस्यमा पनि राम्रो पकड जमाउन सफल भएको एमाले यस पटक उपप्रमुख पद जीते पनि दोस्रोमा सीमित हुनुपरेको छ । कामपामा कार्यपालिका सदस्यमा कांग्रेसको बहुमत रहेको छ । ३२ वटा वडा रहेको कामपामा कांगे्रसले १९ वडाध्यक्षसहित ७४ सदस्य जितेर पहिलो पार्टी बनेको छ भने एमाले १२ वडाध्यक्ष र ४८ सदस्य सीमित हुनुपरेको छ ।

    वडा नं १५ मा नेकपा (एकीकृत माजवादी)का को तर्फबाट यस अघि कामपाको प्रवक्तसमेत रहनुभएका ईश्वरमान डङ्गोल प्यानलसहित विजय हुनुभएको छ । विगतको निर्वाचनमा प्रमुखसहित १८ वडाध्यक्ष जीतेको एमाले यस निर्वाचनमा १२ मा सीमित हुनुपरेको छ, भने कांग्रेसले वडाध्यक्ष र सदस्यमा सङ्ख्या थपेर कार्यपालिका सदस्य सङ्ख्या बहुमत बनाएको छ ।

    कांग्रेसले वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९, ३० मा वडा अध्यक्षसहित सदस्यम विजयी हात पारेको छ । त्यसैगरी एमालेले कामपा वडा नम्बर १,२, ३, ४, ५, १३, १८, २१, २२, २३, ११ र ३२ वडा अध्यक्षसहित सदस्य पदमा विजयी भएको छ  (रासस)

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution