• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुलीमा विकासको अनुभुति हुने गरि काम गर्छु : नगर प्रमुख न्यौपाने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १८, बुधबार (३ साल अघि)
    57

    Advertisement

    २०७४ सालको स्थानीय चुनावमा हार बेहोरेका नवलपुर जिल्ला देवचुली नगरपालिकाका हरि न्यौपाने २०७९ सालको स्थानीय चुनावबाट नगर प्रमुखमा बिजयी भएका छन् । समाजिक काममा सक्रिय देखिने न्यौपानेलाई अहिले देवचुली नगरवासीले नगर प्रमुखको रुपमा चुनेका छन् । देवचुली नगरपालिकाको समस्याहरुलाई प्रत्यक्ष रुपमा नजिकवाट नियालेका उनले आफ्नो घोषणा पत्रमा देवचुलीको समस्याहरु सामाधान गर्ने बताएका थिए । उनले नगरपालिकाको प्रमुख समस्याको रुपमा देखिएको लालपुर्जा वितरण गर्ने कार्यलाई प्राथामिकतामा राखेको बताउँछन् । यसै सन्र्दभमा देवचुली नगरपािलकाको विकास अवस्था, समस्या र समाधानका उपायबारे नमुना सन्देश साप्ताहिककी संवाददाता गंगा विश्वकर्माले गरेको कुराकानीको यो सम्पादित अंश :

    घोषणा पत्रमा उल्लेख गरिएका बिषय मध्ये कुन बिषयबाट काम सुरुवात गर्दैै हुनुन्छ ?
    देवचुली नगरभित्रका जनताहरुले धेरै विकासको अपेक्षा गर्नुभएको छ । विकास संगै संगै नगरपालिका भित्र धेरै अव्यवस्थीत बसोबास र सुकुम्बासीहरु रहेका छन् । सुकुबासीहरुले आफ्नो जग्गाको लालपुर्जा माग गरिरहनुभएको छ । सोहि लालपुर्जा वितरण गर्नको लागि पहल गर्ने हाम्रो पहिलो काम हुने छ ।

    अब बजेट निमार्ण र निती तथा कार्यक्रम बनाउनुपर्ने समय भएको छ । यहाँको तयारी के छ ?
    बजेटको विषयमा हामी प्रवेश गरेका छैनौ । अहिले हामी आन्तरिक काममा नै छौ । हामी कार्यपालिकाको निर्वाचन पश्चात कार्यपालिकाको मिटिङ पछि नै घोषण पत्रलाई अगाडी राखेर नगरपालिकाको विकासका लागि बजेट विनीयोजन गर्ने काममा लाग्ने छौ ।

    बजेट निमार्ण र निती तथा कार्यक्रम बनाउदा अन्य पार्टिका उम्मेदवारहरु संग पनि छलफल गर्नुहुन्छ ?
    एकदमै हामी यो नगरपालिकाको विकास गर्ने सन्र्दभ उहाँहरुकै सल्लाहा सुझाब लिएर कसरी विकास गर्न सकिन्छ? यो नगरपालिकालाई कसरी समृद्ध नगर बनाउन सक्छौ भन्ने कुरामा यहाँका सामाजिक व्यक्तित्वहरु, यहाँका राजनैतिक दलहरु र हामी संग सहकार्य गर्ने राजनैतिक दलहरु संग परार्मश गरेर निती तथा कार्यक्रम निर्माण गर्छौ ।

    यहाँ चुनावको समयमा “नो लालपुर्जा नो भोट” भन्ने अभियान नै चलेको थियो । यो समस्या सामाधान गनुहुन्छ ?
    एकदम, मेरो आफ्नै कार्यकालमा यो सामाधान हुन्छ । “नो लालपुर्जा नो भोट” जुन सन्र्दभ थियो त्यो सन्र्दभलाई हामीले वडाबासीहरुलाई चुनाब ताका विस्वस्त बनाएका थियौ कि हामीलाई अमुल्य मत दिनुहोस हामी बिजयी भएपश्चात यहाँहरुलाई लालपर्जुा दिनेमा हामी लाग्ने छौ र अहिलो हामी बिजय भएका छौ र त्यो काममा कुनै कसर बाँकी छाड्ने छैनौ हाम्रै कार्यकालमा यहाँहरुको लालपुर्जा यहाँहरुकै हातामा दिने छौ र सोही अनुसार हामी लागेका छौ ।

    बिषयगत रुपमा हेर्ने हो भने शिक्षा ,स्वास्थ्य, खाद्य र रोजगार लगायका विषयहरुलाई कति प्रथामिकतामा राखेर काम गर्नुहुन्छ ?
    शिक्षा स्वास्थ्य र रोजगारको सम्बन्धमा अत्यन्तै जटिल बिषय छ त्यसलाई हामी नगरपालिका भित्र रहेको सामुदायिक विद्यालय र संगै सबै विद्यालयहरुलाई राखेर परार्मश गर्यौ । यहाँको शिक्षाको गुणस्तर यहाँको भौतिक संरचना र वातावरण सुधारको बारेमा संगै बसेर सुझाव संकलन गर्यौ । उहाँहरुले सल्लाहा सुझाव दिनुभएको छ । संगसंगै हामीले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आर्कषण गर्ने सन्र्दभमा पनि हामीले उत्तिकै चासो राखेको छौ । अबको शिक्षा गुणस्तरिय हुनुपर्दछ भन्ने कुरामा पनि नगर उत्तिकै जिम्मेवार छ पहल गरेका पनि छौ । केहि विद्यालहरुलाई मर्ज गर्ने अवस्था छ त्यस्तो विद्यालयका प्रधानाध्यापक संग पनि हामीले सल्लाह गरेका छौ । यो मर्जले गर्दा नगरको शिक्षाको गुणस्तर बढोस भनेर लागिरहेका छौ ।

    विगतको जनप्रतिनिधीहरुको अपेक्षीत काम नदेखीएपनि आधार भने तयार भएको छ यसमा टेकेर विकास गर्न धेरै समय त नलाग्ला नि ?
    विगतमा कसले कति गर्नुभयो जति गर्नुभयो उहाँहरु सम्मानित हुनुन्छ अब जे जति कामहरु गर्न बाँकी रहेका छन् सो काम मैले आफ्नो कार्यकालमा सम्पन्न गर्ने कुरामा म प्रतिबद्ध छु ।

    आन्तरिक आम्दानी हुने स्रोत यहाँले के–के देख्नुभएको छ त्यसको विस्तार र व्यवस्थापनका लागि यहाँको पहल के रहन्छ ?
    देवचुलि नगरपािलकाको आन्तरिक रुपमा हुने आम्दानीको स्रोत निकै कम छ यो आम्दानी भनेको व्यवसायीहरुको हो । व्यवसायीहरुलाई कसरी करको दायरामा ल्याउने र कर नबढाइकन हामीले कसरी करको दायरामा जानुपर्दछ भन्ने स्वंयम व्यवसायीहरुलाई नै सन्देश दिएर उहाँहरुलाई स्वत रुपमा आउनुहुने छ भन्ने कुरामा नगरले पहल गर्ने छ ।

    देवचुलीमा पनि प्राकृतिक दोहोन भएको पाइन्छ यसलाई रोक्न हजुरको कस्तो योजना छ ?
    प्राकृतिक दोहोन रोक्न यसको नियमन र नियन्त्रण गर्न हामी प्रतिबद्ध छौ । चोरी निकासीलाई नियन्त्रण गर्नका लागि प्रशासनले पनि सहयोग गरेको अवस्था छ । यो मानेमा हामी विकास निर्माण गर्दै गर्दा यसलाई बैधानिक तरिकाले गिटि बालुवा निकासी गर्ने सिस्टमबाट चल्ने र सबै नियमन निकायलाई रेखदेख गर्नका लागि आग्रह गर्ने छौ ।

    सार्वजनिक जग्गा अतिक्रमणको गुनासो यस पालिकामा बढि छ । सार्वजनिक जग्गाको संरक्षणको लागि केहि सोच्नुभएको छ ?
    सार्वजनिक जग्गाको संरक्षण गर्नेमा पनि हामी लाग्ने छौ । अतिक्रमणको गुनासो नआउने हैन निकै आउछ यसलाई कसरी कम गर्ने भन्नेमा पनि हामी लागेका छौ । यसलाई बिस्तारै नियमन गर्दै न्युनिकरण गर्ने सन्र्दभमा हामी संग योजना छ र त्यो योजनालाई कार्यान्वयन गर्ने चरणमा हामी लाग्छौ । भोलिका दिनमा जो जँहा बसोबास गर्नुभएको छ,त्यही ठाँउको लालपुर्जा दिने छौ र सार्वजनिक जग्गा नगरपालिकाको अधिनमा रहन्छ भन्नेमा विश्वास दिलाउन चाहान्छु ।

    विगतको जनप्रतिधीसंग अपेक्षित विकास नहुदा तिर्खाइरहेका स्थानियहरुको तिर्खा यहाँहरुको कार्यकालमा मेटिएला ?
    एकदमै बिगतमा कसले के कति गर्नुभयो के कारणले गर्न सक्नुभएन अब त्यो तर्फ नजाउ । अबका दिनमा मैले मेरो कार्यकालमा नगरपालिकामा देखिने गरि र नगरबासीहरुलाई विकास अनुभुति हुने गरि काम गर्ने छु यसमा विश्वस्त रहन नगरबासीलाई अनुरोध गर्दछु ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution