• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ५, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बजार नपाउँदा मौलिक सामग्री लोप हुँदै   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (३ साल अघि)
    Untitled-2-1

    Advertisement

    – ध्रुवसागर शर्मा
    गलेश्वर । म्याग्दीका ग्रामीण भेगमा पुख्र्यौँदेखि चलनमा आएका मौलिक सामग्री हिजोआज हराउँदै गएका छन् । बजारमा प्लास्टिकका रेडिमेड सामग्री आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्ला, थुन्से, भकारीजस्ता मौलिक सामग्रीको बिक्री हुन छोडेको छ ।गाउँघरमासमेत यस्ता सामग्रीको प्रयोग गर्ने चलन घट्दै गएपछि रैथाने सीप र मौलिकता समेत हराउँदै जान थालेको स्थानीय जेठोपुस्ताका व्यक्तिले बताएका छन् । “केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै गरिन्थ्यो तर मौलिकतासँग जोडिएका यस्ता सामग्री अहिले प्रयोग कम हुँदै गएका छन्” बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

    वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी परिवार पाल्दै आएका पनि समस्यामा पर्न थालेका छन् । जेठो पुस्ताको सीप र ग्रामीण सौन्दर्यसमेत हराउँदै जान थालेकोमा स्थानीय बुढापाका चिन्तित देखिन्छन् । प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले एकातिर वातावरणीय सन्तुलन समेत खल्बलिएको छ, भने अर्कोतर्फ रैथाने सीप पनि प्रयोगमा आउन नसक्दा सीपभएका स्थानीय पनि बेरोजगार बनेका मालिका गाउँपालिका– ३ का भीमबहादुर बुढाले बताउनुभयो । बुढाले वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी घरपरिवार चलाउँदै आउनुभएको थियो । अहिले आफूले बनाएका सामग्रीले बजार पाउन छाडेपछि घरपरिवार चलाउन समस्या हुन थालेको उहाँले दुःखेसो पोख्नुभयो ।

    केही वर्ष अगाडिसम्म निकै बिक्री हुने डाला, नाङ्ला, थुन्से र भकारीलगायतका सामग्रीको पछिल्लो समयमा लोकप्रियता कम हुँदै गएको उहाँको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्रीहरु आएपछि आफूले बुनेका डाला, नाङ्लाले बजार पाउन छाडेको बुढा बताउनुहुन्छ ।

    परम्परागत नापतौल गर्ने तुलोको रुपमा प्रयोग हुने मानापाथि आजकल किलो र लिटरमा परिवर्तन भएको उहाँको भनाइ छ । “दुई दशक अघिसम्म गाउँघरमा मात्रै होइन सहर बजारमा पनि अन्नपात किन्दा मानापाथीबाट तौलिने गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो, यसले गर्दा पनि होला गाउँ घरमा उत्पादन हुने परम्परागत मानापाथिको प्रयोग हराउँदै गए” बेनी नगरपालिका ३ भकिम्लीका तीर्थबहादुर विकले भन्नुभयो, “अब त गाउँघरमा नाङला, डाला बुन्ने मानिस पाइन छोडे, डोकोको प्रयोग हुँदै आएको छ, यही हिसाबले जाने हो भने त केही वर्षपछि गाउँमा डोको बुन्ने मानिस पनि पाइने छैनन् ।”

    पछिल्लो समय एकातिर ग्रामीण मौलिक सामग्रीको प्रयोग कम हुँदै गएको छ भने अर्कोतर्फ कच्चापदार्थ समेत अभाव हुन थालेको उहाँहरुको गुनासो छ । “आजभोलि त पहिले–पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजंगल धाउनुपर्छ, चोया हुने हो भने दिनमा ५÷७ वटा डोका बुन्न सकिन्छ” विकले भन्नुभयो ।

    आफ्नो बाउ बाजेले बुनेको देखेर आफूले पनि सिकेको भन्दै अहिलेका युवा पुस्ताले यसप्रति चासो नदेखाएको उहाँले बताउनुभयो । आफूहरुको पुस्तापछि परम्परागत रुपमा बुनिँदै आएका डालो, नाङ्लो लोप हुनसक्ने उहाँको भनाइ छ । अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन् ।

    “हामी पछिका मान्छेहरुले त अब यस्ता बुन्ने काम गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ” विकले भन्नुभयो ।

    केही वर्षअघिसम्म फुर्सदको समयमा डालो, नाङ्ला बुनेर विक्री गरेपनि वर्षमा डेढ दुई लाख आम्दानी गर्ने गरेको सम्झदै विकले अहिले ती सबै कुराहरु सपनाजस्तै भएको सुनाउनुभयो (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution