• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार (४ साल अघि)
    heli

    Advertisement

    दमौली ।गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको छ । उक्त रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट आज काठमाडौँ लगिएको हो ।तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ । सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकोप्टर मगाएर काठमाडाँै लगिएको परिवारले जनाएका छन् ।

    भित्ता काट्न सुरु

    पृथ्वीराजमार्ग भासिएर यातायात अवरुद्ध भएपछि भित्ता काट्न सुरु गरिएको छ । यातायात सुचारु गराउनका लागि सडक छेउको भित्ता काट्न सुरु गरिएको हो । निरन्तर वर्षाका कारण आज बिहान राजमार्ग भासिएपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । भित्ता काटेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । “डेढ मिटरसम्म भित्ता काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ भन्ने छ”, उहाँले भन्नुभयो, “बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ ।”

    सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ ।

    सडक भासिएको ठाउँमा एउटा कार समेत पुरिएको छ । कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

    मानवीय क्षति अन्य पनि हुनसक्ने भएकाले खोजीकार्य भइरहेको छ । उक्त ठाउँबाट मोटरसाइकल खसे पनि चालक भने सकुसल भेटिएका थिए । सडक भासिएपछि पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ । यहाँ वैकल्पिक मार्ग नभएकाले यात्रुहरू मर्कामा परेका छन् ।

    आँबुखैरेनी गाउँपालिकाका इञ्जीनियरहरू घटनास्थल पुगेका छन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने वा भित्ता फालेर सडक फराकिलो पार्ने भनेर अध्ययनपछि टुङ्गो लाग्ने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले सडक भासिएको ठाउँमा अवलोकनका लागि प्राविधिक टोली पठाइएको जानकारी दिनुभयो । प्राविधिकको सुझावअनुसार अघि बढ्ने उहाँले बताउनुभयो (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution