• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अटो उत्पादनको ‘हब’ बन्दै नवलपरासी,उद्योगहरू विस्तार हुँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (४ साल अघि)
    Untitled-2

    Advertisement

    नवलपरासी। चितवनसँगै जोडिएको नवलपरासी जिल्ला नेपालको अटो हब बन्ने भएको छ । विगत ५ वर्षदेखि सवारीसाधन उत्पादनमा जुटेको नवलपरासी अधिकांश ब्राण्डको रोजाइमा परेको छ । नवलपरासीको रामग्राममा पहिलो पटक बजाजले एसेम्बल प्लान्ट लगाएको थियो । त्यसपछि यहाँ विभिन्न ब्राण्डले मोटरसाइकल तथा गाडी उत्पादनको प्लान्ट स्थापना गर्न आवश्यक जमिन खरिद गरेका थिए । अहिले चल्तीका ब्राण्ड होन्डा, यामाहा जस्ता ब्राण्डले यहाँ प्लान्ट स्थापनाको काम तीव्र गतिमा अगाडि बढाएका छन् । साथै, टीभीएसले पनि यही क्षेत्रमा नयाँ प्लान्ट लगाउन आवश्यक जमिन खरिद गरेको छ । त्यसैगरी, यही क्षेत्रमा महिन्द्रा र हुन्डाईले पनि प्लान्ट स्थापनाको योजना तयार गरेर आवश्यक जमिन किनिसकेका छन् ।

    ‘यो क्षेत्र अटोमोबाइलको लागि ठूलो हब बन्ने तयारी देखिन्छ । यसले समग्र नवलपरासी, रुपन्देही जस्ता जिल्लालाई अटोमोबाइलकै कारण चिनाउने अवस्था आएको छ’, लुम्बिनी अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेशप्रसाद भट्टराईले मेरो अटोसँग भने ।

    यस कारण बन्दै छ अटो हब

    विशेषतः नवलपरासी नेपालको मध्यभागमा रहेको कारण त्यहाँबाट काठमाडौं, पूर्व र सुदूरपश्चिम सबै भेगमा उत्पादित सामान पठाउन सहज रहेको छ । साथै, समथर जमिन, बाटो र बत्तीको सहज पहुँच भएकै कारण यहाँ धेरै उद्योग खुलेका हुन् । अर्को भैरहबा भन्सार क्षेत्र नजिक भएकै कारण पनि यो क्षेत्र धेरैको छनोटमा परेको हो ।

    नेपालमै पहिलो पटक मोटरसाइकलको व्यवस्थित एसेम्बल यूनिट लगाएका हुलास अटो क्राफ्टका प्रबन्ध निर्देशक शेखर गोल्छाको बुझाइमा कम राजनीतिक चपेटामा पर्नु, आवश्यक जमिनको उपलब्धता जस्ता कारण यो क्षेत्रमा उद्योग लगाउने बढेका हुन् ।

    ‘जहाँ वातावरण हुन्छ, त्यहीँ लगानी बढ्ने हो । अहिलेसम्मको अवस्था हेर्दा नवलपरासी जिल्ला नै औद्योगिक हबको रूपमा विकास हुने देखिन्छ’, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका गोल्छाले भने ।

    यसअघि नेपालको सबैभन्दा ठूलो औद्योगिक हब वीरगंज क्षेत्र थियो । अहिले यो क्षेत्रमा नयाँ उद्योग बढ्न सकेका छैनन् । नेपालका विभिन्न राजनीतिक आन्दोलनपछि नारायणगढबाट पश्चिमतर्फ उद्योगहरू विस्तार हुँदै गएको देखिन्छ । अहिले नवलपरासी र रुपन्देही जिल्लामा मात्रै दर्जनौं उद्योगहरू संचालनमा आएका छन् ।

    स्थानीय उद्यमी तथा लुम्बिनी प्रदेश उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष गुणनीधि तिवारी यो क्षेत्रमा औद्योगिक विकास हुनुको मुख्य कारण भारतसँग सहज व्यापार गर्ने मध्यमलाई मान्छन् । उनी भन्छन्, ‘नवलपरासीको रामग्राम क्षेत्रमा तुलनात्मक रुपमा सस्तो जमिन, ठूला आर्थिक र राजनीतिक संकटमा पनि यहाँ न्यून प्रभाव, ठूला र साना भन्सार नाकाबाट नजिक रहेकै कारण यहाँ ब्यवसायीले उद्योग लगाउन थालेको हुन् ।’

    सरकारले मोटरसाइकल तथा कार उत्पादनको लागि आवश्यक वातावरण निर्माण गर्ने भन्दै केही सहुलियत घोषणा गरेको छ । विगतदेखि नै मोटरसाइकल एसेम्बल उद्योगलाई ५० प्रतिशत अन्तःशुल्कमा छुट दिँदै आएको छ भने अहिले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन उत्पादन गर्दा आवश्यक पर्ने वस्तु आयातमा एक प्रतिशत मात्रै भन्सार दर लाग्ने घोषणा गरेको छ ।

    सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा विद्युतीय गाडी उत्पादन गर्ने उद्योगलाई सञ्चालनमा आएको पाँच वर्षसम्म ४० प्रतिशत आयकरमा छुट दिने घोषणा गरेको छ । साथै, पेट्रोलियम पदार्थबाट चल्ने कार एसेम्बल उद्योग चलाउने कम्पनीलाई भन्सारमा २५ प्रतिशत र अन्तःशुल्क ५० प्रतिशतले छुट दिने घोषणा गरेको छ ।

    सरकारी घोषणासँगै विभिन्न ब्राण्डले गाडी उत्पादनको लागि प्रयास थालेका छन् । यसरी प्रयास थाल्नेमा हुन्डाई, सुजुकी र महिन्द्रा सबैभन्दा अगाडि छन् । महिन्द्रा र हुन्डाईले नवलपरासीमा नै उद्योग लगाउने तयारी थालेका हुन् ।(मेरो अटो डट कमबाट)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution