• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १७, शुक्रबार (४ साल अघि)
    1638769624

    Advertisement

    –टेकराज पोखरेल
    नवलपुर  : भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गर्नुभयो । कुरिलो खेती सुरु गर्नुअघि उहाँ १० वर्षसम्म वैदेशिक रोजगारमा हुनुहुन्थ्यो । वैदेशिक रोजगारमा लामो समय बिताउनुभएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउनुहुन्छ । उहाँले ब्रम्हस्थानमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको हो । वैदेशिक रोजगारबाट फर्किएलगत्तै व्यावसायिक कुरिलो खेती गर्न सुरु गर्नुभएका ख्याजुले मेहेनत गर्ने हो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने उदाहारण प्रस्तुत गर्नुभएको छ ।

    नारायणी नदीको काखमा अवस्थित ब्रम्हस्थान बत्तीमुनिको अँध्यारोजस्तै छ । यो गाउँ हुँदै नारायणी बग्ने भए पनि यहाँ सिँचाइका लागि पानीको सुविधा छैन भने यहाँको खेतबारीमा बलौटे माटो भएका कारण स्थानीयवासीले अन्नबाली उब्जाउन सकेका थिएनन् । वर्षमा एकपटक मकैखेती गरिने बारीमा ख्याजुले बाह्रैमास हरियाली हुने कुरिलो खेती गरेर गाउँमा नै उदाहरणीय काम गर्नुभएको छ ।

    एक वर्षअघिदेखि मात्रै कुरिलो खेती सुरु गर्नुभएका उहाँले खेती सुरु गरेकै वर्ष रु सात लाख नाफा गरेको बताउनुभयो । “लामो समय वैदेशिक रोजगारीमा बस्दा गरेको मेहेनत र अहिले नेपालमै कृषिमा गरेको मेहेनतमा आफैँले गरेको पेसाप्रति सन्तुष्टि मिलेको छ”, उहाँले भन्नुभयो, “बाहिर १० वर्ष बसेँ त्यहाँ दिनको रु दुई हजारमात्रै कमाइ हुन्थ्यो, तर अहिले यहाँ कुरिलो राम्रो भयो भने महिनामा रु ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको छु ।”

    कुरिलो उत्पादन हुने समय र गोडमेलका बेलामा स्थानीयवासीलाई दैनिक ज्यालादारीमा काम गराउने गरेको उल्लेख गर्दै उहाँले अन्य समयमा आफ्नै परिवारले कुरिलोको रेखदेख गर्दै आएको बताउनुभयो ।

    उहाँका भाइ विश्वराज ख्याजुले ब्रम्हस्थानमै आएर १० वर्ष अघिदेखि व्यावसायिक कुरिलो खेती गर्दै आउनुभएको छ । उहाँले सुरुमा परीक्षणका रूपमा थोरै जमिनमा कुरिलो खेती गरेको उल्लेख गर्दै उत्पादन र बजार राम्रो भएपछि खेती विस्तार गरेर अहिले तीन बिघा क्षेत्रफलमा कुरिलो खेती गरेको बताउनुभयो । विश्वराज नवलपुर आउनुअघि भक्तपुरमै कुरिलो खेती गर्दै आउनुभएको थियो ।

    “भक्तपुरमा कुरिलो खेतीका लागि जग्गा प्रशस्त नभएका कारण कुरिलो खेती गर्न नवलपुरसम्म आइपुगेँ”, विश्वराजले भन्नुभयो, “सुरुमा रु १२ लाख लगानी गरेर कुरिलो खेती सुरुआत गरेको थिएँ, अहिले वर्षमा रु २५ लाखसम्म आम्दानी हुने गरेको छ ।” विश्वराजले कुरिलो खेतीबाट वार्षिकरूपमा रु १२ देखि १५ लाखसम्म फाइदा हुने गरेको बताउनुभयो । कुरिलो खेती एकपटक सुरु गरेपछि पाँचदेखि सात वर्षसम्म उत्पादन दिने उहाँले सुनाउनुभयो ।

    भित्री मधेस तथा तराईका जिल्लामा चैत, वैशाख, जेठ र असार महिनामा कुरिलोको राम्रो उत्पादन हुने गर्दछ । “कुरिलोले वर्षमा तीन महिना राम्रो उत्पादन दिन्छ”, विश्वराजले भन्नुभयो, “मङ्सिर, पुस र माघ महिनामा भने कुरिलोले उत्पादन दिन्न ।” मङ्सिरदेखि माघबाहेकका अन्य महिनामा भने सामान्यरूपमा कुरिलोले उत्पादन दिने विश्वराजको भनाइ छ ।

    “कुरिलोको बजार मूल्य पनि राम्रो छ, कोभिडको समयमा थोककै रु ५०० प्रतिकिलोसम्म बिक्री भएको थियो”, विश्वराजले भन्नुभयो, “अहिले पनि थोकमै रु २५० प्रतिकिलोसम्म बिक्री हुने गरेको छ ।” उत्पादन राम्रो हुने समयमा दैनिक ५० देखि ८० किलोसम्म उत्पादन हुने गरेको विश्वराज बताउनुहुन्छ । यहाँ उत्पादन हुने कुरिलोको मुख्य बजार काठमाडौँ हो । कुरिलो स्वास्थ्यका लागि लाभदायक भएको हुँदा उत्पादन भएकै ठाउँबाट सहजरूपमा बिक्री हुँदै आएको विश्वराजको भनाइ छ । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution