• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रामेछाप बस दुर्घटना अपडेट : ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (३ साल अघि)
    bus-saipu_20190601031419

    Advertisement

    –नारायण ढुङ्गाना
    काठमाडौँ  : रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ ।रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो । दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ ।

    सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

    आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

    दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । हिँडेको केही घन्टापछि (करिब १० किमी गुडेपछि) बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताउनुभयो ।

    उहाँका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो । त्यसपछि केही राम्रो सडक थियो । त्यहाँबाट केही किलोमिटरको दूरीमा विपी राजमार्ग (पक्की सडक) भेटिने पनि उहाँले बताउनुभयो ।

    बिहान अन्दाजी १० बजेतिर भएको उक्त दुर्घटनामा मृत्य भएका नौमध्ये चार महिला र पाँच पुरुष छन् । उनीहरुको पहिचान खुलेको छैन । दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले राससलाई जानकारी दिनुभयो ।

    तीनजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको छ । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

    रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ मन्थलीबाट पश्चिम ४ घन्टाको यात्रामा घटनास्थल पुगिने भन्दै अहिले आफ्नो टोली घटनास्थलतर्फ गइरहेको बताउनुभयो ।

    स्थानीयवासी र प्रहरीले उद्धार कार्य सम्पन्न गरी शवको जाँच मुचुल्का उठाउने कार्यमा प्रहरी जुटेको सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभयो । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution