• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

      आलेख सेवाः केरा खेतीले फेरियो जिन्दगी   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (३ साल अघि)
    014

    Advertisement

    – ध्रुवसागर शर्मा
    गलेश्वर: केरा खेती गरेर लाखाँै आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई÷चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।

    दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उहाँले गाउँमा नै पक्की घरसमेत बनाउनुभएको छ । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् ।

    थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले अन्य किसानहरु पनि व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुने हुँदा बजारको समस्या नभएको सापकोटा बताउनुहुन्छ । बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको उहाँको भनाइ छ ।

    कृषि पेसामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै यहाँका बासिन्दाको अहिले आर्थिक अवस्थामा निकै सुधार आएको छ । खबराका १६० घरधुरी किसानले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपियाँ गाउँमा भित्र्याउने गरेका छन् ।

    खबरामा केरी खेतीको सुरुआत २० वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गर्नुभएको स्थानीय बासिन्दाले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ । थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यावसायिक रुपमा केरा खेती थालेका हुन् । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन् ।

    खबराका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्न सकेको देखेपछि छिमेकी बगरफाँटका किसानले पनि व्यावसायिक केरा खेती गर्न थालेका छन् । बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् । व्यापारीहरु केरा घरीमा नै आएर केरा खरिद गर्ने गरेका बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताउनुभयो ।

    धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ बबिता सापकोटाले भन्नुभयो, “पाँच रोपनी जमिनमा केराखेती गरेका छौँ वार्षिक रुपमा चारदेखि पाँच लाख रुपियाँसम्म आम्दानी हुन्छ ।” छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या छैन उहाँले भन्नुभयो, “केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौँमा पढाउन पुगेको छ ।” उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ सापकोटाले भन्नुभयो, “केरा लिन बेनीदेखि व्यवसायीहरु घरमै आउँछन्, राम्रो कोसाको प्रतिदर्जन १२० रुपियाँमा बिक्री हुन्छ ।”

    त्यस्तै खबराकै हरि कुँवरले पनि १० रोपनी जमिनमा केरा खेती गर्नुभएको छ । केरा बिक्री गरेर वार्षिक रुपमा छ लाख रुपैयाँ जति आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । “राम्रो भयो भने केराको एक घरीमा ७०० देखि ८०० सम्म कोसा हुन्छन्,” उहाँले भन्नुभयो, “एक घरीको चार हजार २०० रुपियाँसम्म बिक्री गरेको छु ।”

    केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।

    धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

    केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुरले बताउनुभयो । कार्कीले खेतका गह्रामा केराका ५०० बिरुवा लगाउनुभएको छ । उहाँका अनुसार तीमध्ये अहिले नै ३०० बोटमा घरी लागेको छ ।

    त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाउनुभएको छ । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको थापाले बताउनुभयो ।

    मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताउनुभयो । एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पकाएको केराप्रति १२ कोसा रु १०० का दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

    विदेशबाट पर्केर केराखेतीमा रमाउँदै युवा

    यसैगरी उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिसिन चौतारीका युवाहरु पनि विदेशबाट फर्केर व्यावसायिक केराखेतीमा लागेका छन् । स्थानीय युवा रमेशबहादुर कटुवाललगायत उहाँका साथीहरुले व्यावसायिक केरा खेतीबाट आम्दानी गर्दै आउनुभएको हो ।

    उहाँहरुले वर्षौंदेखि मकै कोदो बालीसँगै रूखबिरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेसासँगै दुईवटा प्लास्टिक पोखरीमा तीन हजार माछाका भुरा हालेर माछापालन, भुइँकटर, तरुल र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । तीन वर्षदेखि सुरु गरेको केरा फर्मको रेखदेख र गोडमेलमा उहाँका बुबा खिमबहादुर कटुवालले दैनिक रुपमा गर्दै आउनुभएको छ ।

    रोजगारीको सिलसिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रूखबिरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै व्यावसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका हुन् । एक हजार केराका बिरुवा लगाएका कटुवालले सिँचाइका लागि हालसम्म व्यक्तिगत रु सात लाख लगानी गरेको बताउनुभयो । व्यावसायिक केरा खेतीमा सिँचाइका लागि खरिया खोलाबाट एक हजार ६०० मिटर पाइप र बनाखी खोलाबाट ९०० मिटर पाइपबाट पानी लिएर बाह्रमासे रुपमा सिँचाइ व्यवस्था मिलाउनुभएको छ । उहाँको फर्ममा व्यावसायिक रुपमा बाइस नङ्ग्र्रे, मालढुङ्गे, ध्रुसे, चिनी लगायतका प्रजातिका केरा खेती गरेका छन् ।

    उत्पादन गरेको केरा बिक्रीका सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाज लगायतको क्षेत्रका व्यवसायीले फार्मबाटै किनेर लजाने गरेको कृषक रमेशबहादुर कटुवालले बताउनुभयो । “अन्न बालीलाई जस्तो धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसँगै बजार सुविधाले तीन वर्षदेखि केरा खेती विस्तारमा लागेको छु,” उहाँले भन्नुभयो ।

    केरा खेतीबाट आगामी वर्ष तीनदेखि चार लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । आगामी दिनमा केरा खेतीबाट भएको आम्दानीलाई थप केराखेती विस्तारमा लगानी गर्ने लक्ष्यसहित स्थानीय रुपमा बाख्रा र कुखुरापालन गर्ने योजनासमेत कटुवालले बताउनुभयो । कटुवालको केरा खेती देखेर स्थानीय अन्य युवाहरुले पनि केरा खेती विस्तारमा लागेका छन् ।

    केरा पकेट क्षेत्र

    बेनी नगरपालिका–२ खबरा, बगरफाँट, रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइएको छ । नगर तथा गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रममार्फत यहाँका ३०० बढी कृषकले व्यावसायिक रुपमा केरा खेती गरेका छन् ।

    कृषक शोभित सापकोटाले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीको लहर चलेको बताउनुभयो । “धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,”, उहाँले भन्नुभयो, “भूगोल र हावापानी अनुकूल भएकाले केरा खेतीमा लागेका हौँ ।” यी क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो ।

    राँखुमा परीक्षणका लागि केही कृषकले धेरै सङ्ख्यामा लगाएको केराले उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेरा खेती गरिएको छ । यसअघि रघुगङ्गा–२ र ३ मा केरा खेती गर्ने कृषकका दुई समूह थिए । दुवै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम सुरु गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताउनुभयो ।

    गत आवमा गाउँपालिकाले रु सात लाख ५० हजार विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् । “एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,” सुवेदीले भन्नुभयो, “कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौँ ।” सिँचाइका लागि एक हजार पाँच सय मिटर पाइप खरिद गरेका समूहले पाँच हजार ६०० नयाँ केराका बिरुवा रोपेका छन् ।

    ज्यामरुककोटका एक कृषकले १०० देखि पाँच हजारसम्म केराका बिरुवा रोपेका छन् । कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि ज्यामरुककोटलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बेनी नगरपालिका–२ का अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । केरा खेतीको पकेट क्षेत्र घोषणासँगै कृषकका लागि सिँचाइ व्यवस्था, प्राविधिक तालिम, छिटोछरितो तरिकाले गोडमेल गर्ने मेसिनहरु उपलब्ध गराउन स्थानीय सरकारले ध्यान दिनुपर्ने कृषकहरुको भनाइ छ ।(रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution