• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वर्सातमा डेङ्गुको समस्या   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ २९, बुधबार (३ साल अघि)
    dengue

    Advertisement

    बलेवा: लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले बताउनुभयो । डेङ्गुका बिरामी देखिएपछि जनस्वास्थ्य चासोको विषय बनेको डा पोखरेलको भनाइ छ । “अघिल्ला वर्ष पनि देखिएको थियो, अहिले पनि एउटै समयमा देखिया”, पोखरेलले भन्नुभयो, “खाल्डाखुल्डीमा पानी जम्ने, ग्यारेजहरुमा सफाइ नहुने समयमा सङ्क्रमण बढी देखिएको छ ।” असार साउन महिनामा पानी धेरै जम्ने समस्या हुँदा डेङ्गु भेटिएको उहाँले बताउनुभयो ।
    त्यसो त अघिल्ला वर्ष पनि डेङ्गुका बिरामी भेटिने गर्थे । यो वर्ष पनि डेङ्गुका बिरामी देखिन थालेपछि स्वास्थ्य कार्यालय बागलुङ र अस्पतालले नियन्त्रण प्रयास थालेका छन् । बागलुङ नगरपालिका–७ र ९ का एक महिला र एक पुरुष बिरामी अस्पतालमा आएपछि डेङ्गुबारे धेरैको चासो बढेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । हाल अस्पतालमा भर्ना भएका बिरामीको भने अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

    डेङ्गु भएकालाई उच्च ज्वरो, हातखुट्टा चिलाउने शरीर सुन्निने, दुख्ने समस्या हुने गरेको अस्पतालका अर्का डा अभिषेक वाग्लेले बताए । बागलुङमा यसअघि पनि डेङ्गुका बिरामी भने भेटिएका थिए । उनीहरुलाई पनि अस्पतालले उपचार गरेर निको बनाई घर पठाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालयमार्पmत सन्देश पठाइएको पोखरेलले जानकारी दिनुभयो ।

    डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले १० पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचेर डेङ्गु पत्ता लगाउन सकिने भएकाले कम्तीमा प्राथमिक स्वास्थ्य केन्द्र तहमा किट पठाएर परीक्षण गर्न सकिने पोखरेलले बताउनुभयो । “वर्सातमा लामखुट्टेबाट बच्ने नै उत्तम उपाया हो”, उहाँले भन्नुभयोे, “अनिवार्य झूल टाँगेर सुत्ने, सरसफाइमा ध्यान दिने काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “घर वरिपरि सफा राख्न लगाउने काम भइरहेको छ ।”

    जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेका अनुसार वर्सात लागेपछि नै महिला स्वास्थ्य स्वयम्सेविकादेखि स्वास्थ्यकर्मी समेतलाई डेङ्गुसहित वर्सातमा हुन सक्ने रोगव्याधीबारे जानकारी गराइएको छ । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन भनिएको उहाँले बताउनुभयो । गाडीका ग्यारेजमा हुने टायरमा जमेको पानीदेखि खाल्डाखुल्डीमा रहेको पानीमा पनि डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ ।

    “धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने अवस्थामा बिरामी आए डेङ्गुको लक्षण मानेर परीक्षण थालिन्छ”, डा पोखरेलले भन्नुभयो, “सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुन सक्छ ।” अस्पतालका कोरोना फोकलपर्सन डा वाग्लेकै नेतृत्वमा डेङ्गु उपचारसमेत थालिएको हो ।

    बागलुङ नगर क्षेत्रमा अझै बढी जोखिम हुने भन्दै नगर स्वास्थ्य शाखा, अन्य स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सचेत रहन भनिएको शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ”, उहाँले भन्नुभयो । बसपार्क र ग्यारेज क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टायरहरु हटाउने र पानी नजम्ने गरी व्यवस्थापनका लागि आग्रह गरेको उहाँले बताउनुभयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution