• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बागलुङमा चिया उत्पादनको तयारी   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण ३, मंगलबार (३ साल अघि)
    download-14-7

    Advertisement

    गलकोट  :तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ । सुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार चियाका बोट छन् । उक्त स्थानमा तीन वर्ष लगाएर ६७ रोपनी जग्गामा चियाखेती थालिएको हो । पहिलो वर्ष लगाएको चियाको बोट काटछाँट गरेर टिप्नका लागि तयारी अवस्थामा छन् । रेशलाई चिया उत्पादनको ‘हब’ बनाउनका लागि चियामात्रै होइन, बिरुवासमेत उत्पादन गर्ने योजना वडा कार्यालयको छ । रेशले एक वर्षभित्र चियामात्रै होइन, चियाका बिरुवासमेत निर्यात गर्ने काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

    “रेशमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँमा समेत समावेश छ, बिरुवा लगाउनका लागि यही परियोजनाले सहयोगसमेत गरेको छ”, उहाँले भन्नुभयो, “तीन वर्षमै उत्पादनको चरणमा आउला भन्ने सोचेकै थिएनौँ, अहिले पहिलोपटक लगाएका १० हजार चियाका बोटले उत्पादन दिन थालेका छन्, हामीले रेशमै ग्रिन चिया उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिएका छौँ भने चिया प्रशोधन औजारसमेत आइसकेको छ, हामीले प्राविधिकको आवश्यक परामर्शपछि चिया टिपेर प्रशोधन गर्न थाल्नेछौँ”, वडाध्यक्ष लामिछानेले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँमार्फत चियाका बिरुवा उत्पादनका लागि नर्सरीसमेत तयार भइसकेको बताउनुभयो ।

    अहिले चिया प्रशोधन केन्द्र स्थापना र बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापन भने स्थानीय रेश साना किसान कृषि सहकारीमार्फत भइरहेको छ । चियाका मुना तयार भइसकेको र चिया प्राविधिकको सल्लाहमा पहिलोपटक परीक्षणका लागि चिया टिपेर प्रशोधन गर्ने रेश साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले जिल्लामा पहिलोपटक चिया उत्पादन गर्ने तयारीमा आफूहरू रहेको बताउँदै आगमी वर्षदेखि थप चियाका बोटले समेत उत्पादन दिँदै जाने बताउनुभयो ।

    “यो वर्ष चियाको उत्पादन परीक्षण हुनेछ, चिया टिप्न तयारी अवस्थामा छौँ, तीन वर्षमै चिया दिन थालेपछि यहाँका स्थानीयवासी चियाखेतीतर्फ आकर्षित हुन थालेका छन्, बर्सेनि चियाका बिरुवा थप्दै जाने र उत्पादनसमेत बढ्दै जानेछ, आगमी तीन वर्षपछि ५६ हजार बिरुवाले नै चिया उत्पादन दिन थाल्नेछन् भने त्यत्तिकै मात्रामा नयाँ बिरुवा थपिनेछन्”, अध्यक्ष कार्कीले भन्नुभयो, “चियाको बिरुवा जति झाङ्गिँदै गयो त्यति नै उत्पादन वृद्धि हुने अपेक्षा छ, चिया प्रशोधन औजार आइसकेको छ भने चियाका बिरुवा उत्पादनका लागि टर्नेल स्थापना गरिसकेका छौँ, अब बिरुवा उत्पादन गरेर रेशमा रहेको सबै खाली जग्गामा लगाउनेमात्रै छैनौँ निर्यातसमेत गर्नेछौँ ।”

    आर्थिक वर्ष २०७८÷७९ मा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँअन्तर्गत प्राप्त रु नौ लाख ५० हजारले चिया प्रशोधन औजार र नर्सरीका लागि टर्नेल निर्माण गरेको उहाँको भनाइ छ । हालसम्म रेशलगायत सिगाना र धम्जामासमेत ताराखोलास्थित गोल्डेन टि स्टेटमा उत्पादन भएको बिरुवा लगाउँदै आएकामा अबदेखि रेशमै बिरुवा उत्पादन गरिने छ ।

    तीन वर्षअघि रेशको जनकल्याण आधारभूत विद्यालयको जग्गा र बौरको खाली जग्गामा चियाखेती थालिएको थियो । रेशमा चियाको राम्रो सम्भावना देखिएपछि सार्वजनिक जग्गामा मात्रै नभएर यहाँका व्यक्तिगत जग्गालाई समेत उपयोगमा ल्याउने वडा कार्यालयको लक्ष्य छ ।

    चियाखेतीका लागि उच्च पहाडी र भिरालो जमिन उपयुक्त हुने भएका कारण पहाडी क्षेत्रमा चियाखेतीतर्फको आकर्षण बढ्दो देखिए पनि रेशले आफूलाई व्यावसायिक बनाउँदै लगेको छ । रेशले भन्दा पहिला बागलुङ नगरपालिकाले वडा नं ८ सिगानामा चियाका बिरुवा लगाए पनि स्थानीयवासीले सक्रियता नजनाउँदा बिरुवा बढाउन सकेको छैन ।

    जिल्लामा छ वर्षअघिदेखि व्यावसायिक चियाखेती थालिएको हो । पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटालगायतको अगुवाइमा साविकको अमरभूमि गाविसको सिरबारेमा गोल्डेन टि स्टेट कम्पनीमार्फत व्यावसायिक चियाखेती थालिएको छ ।

    कम्पनीले ताराखोला गाउँपालिका–१ सिरबारेमा ५६२ रोपनी जग्गामा चियाखेती थालेको छ भने बिरुवा उत्पादन गरेर बिक्रीसमेत गर्दै आएको छ । परीक्षणका लागि ग्रिन टि उत्पादन गर्दै आएको कम्पनीले समेत चिया प्रशोधन औजार खरिद गरिसकेको छ । कम्पनीले छिट्टै चियाको व्यावसायिक उत्पादन थाल्ने योजना बनाएको छ ।

    समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने चिया प्रविधिज्ञ बताउँछन् । माटोको अवस्था, चिस्यान, भिरालो जग्गा तथा हावा नछेक्ने खुला भू–बनोटमा चियाखेती फस्टाउने गरेको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution