• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तनहुँका ५६ वडा बाढीपहिराको जोखिममा   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण ६, शुक्रबार (३ साल अघि)
    KN_Damauli-pahiro3-750x470

    Advertisement

    –कृष्ण न्यौपाने
    दमौली  : तनहुँ जिल्लाका ५६ वडा बाढीपहिराको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार १० पालिकाका ५६ वडा बाढी र पहिराको जोखिममा रहेको हो । उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वर्षात्का समयमा जिल्लामा पर्नसक्ने बाढीपहिरोलगायत जोखिम न्यूनीकरण तथा पूर्वतयारीकालागि कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । “जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यबीच पारस्परिक सम्बन्ध हुन्छ, जोखिमलाई जति न्यूनीकरण गर्न सकियो उति नै जनधनको क्षतिमा कमी भइ विपद् प्रतिकार्य सरल र सहज हुन सक्छ”, प्रजिअ अर्यालले भन्नुभयो ।

    जिल्लाका स्थानीय सरकारलाई स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । विपद् आउनुपूर्व नै आवश्यक स्रोतसाधनको व्यवस्थासहित तयारी हालतमा बस्न र विपद्का समयमा खोज तथा उद्धार गरी आपत्कालीन राहत सहयोग एवं सुरक्षा प्रदान गर्न प्रतिकार्य योजना दस्तावेजका रुपमा रहेको प्रजिअ अर्यालले बताउनुभयो ।

    “प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गरी जिल्लाको प्रतिकार्य क्षमताको वृद्धि गरी आपत्कालीनअवस्थाका पीडितको आवश्यकतालाई समयमै प्रभावकारीरुपले पूरा गर्ने सुनिश्चितता हुनु नै योजनाको समष्टिगत उद्देश्य हो”, उहाँले भन्नुभयो ।

    व्यास नगरपालिकाको वडा नं १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ का ६२ टोल बस्ती पहिराको जोखिममा छन् । यस्तै वडा नं १, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती बाढीको जोखिममा छ ।

    भानु नगरपालिका–४, ५, ६ र ७ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १, २, ५, ६, ७, ११, १२ र १३ बाढीको जोखिममा छन् । भिमाद नगरपालिका– ३, ५, ७, ८ र ९ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १ र २ बाढीको जोखिममा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    शुक्लागण्डकी नगरपालिका–१, १०, ११ र १२ का बस्ती पहिराको जोखिममा छन् भने वडा नं ४ र ५ का बस्ती बाढीको जोखिममा छन् । देवघाट गाउँपालिका– १ को तीन वटा बस्ती, २, ३ र ४ का सम्पूर्ण क्षेत्र र वडा नं ५ को दुई वटा बस्ती पहिराको जोखिममा छन् भने वडा नं १ देखि ५ अन्तर्गतका नदी तटीय क्षेत्र बाढीको जोखिममा छन् ।

    बन्दीपुर गाउँपालिका– १, २, ४ र ५ का १० वटा बस्ती पहिराको जोखिममा छन् भने वडा नं ६ को सामीकोट क्षेत्र बाढीको जोखिममा छ । घिरिङ गाउँपालिकाको वडा नं २, ३, ४ र ५ का १० वटा बस्ती पहिराका जोखिममा छन् भने वडा नं १ को कालीगण्डकी, मैदीखोला र सिरिङदीखोला किनारका बस्ती बाढीको जोखिममा छन् ।

    ऋषिङ गाउँपालिका– १, २, ३, ६, ७, ८ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी बाढीको जोखिममा छन् । आँबुखैरेनी गाउँपालिका– ४, ५ र ६ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं २, ४, ५ र ६ का बस्ती बाढीको जोखिममा छन् । म्याग्दे गाउँपालिकाका वडा नं १ देखि ७ सम्मका वडा पहिराको जोखिममा छन् भने वडा नं ३ ६ को अकला क्षेत्र बाढीको जोखिममा छन् ।

    “मनसुनका समयमा हुनसक्ने विभिन्न प्रकोपका घटना र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायत कार्य गर्न कार्ययोजना बनाएर अगाडी बढेका छौ”, प्रजिअ अर्यालले भन्नुभयो, “सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएका छौँ ।”

    यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकाय अधिकतम परिचालन हुने, मनसुनका कारण उत्पन्न हुनसक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकाय तयारी अवस्थामा रहनेछन् ।

    विपद्को समयमा खोज तथा उद्धार एवं आपत्कालीन सुरक्षा र राहत वितरण कार्यका लागि टोली तयार अवस्थामा राखिएको छ । नेपाली सेनाको चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट सेना, जिल्ला प्रहरी कार्यालय तनहुँबाट २५ प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त ५५सुरक्षाकर्मी तयार गरिएको छ ।

    विपद्का समयमा खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण एवं आपत्कालीन राहत सहयोगका लागि विभिन्न सङ्घसंस्थाबाट भौतिक स्रोतसाधन पनि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालयबाट सेफ्टी हेलमेट, रेस्क्यु भेष्ट, लाइफ ज्याकेट, सावेल, मेटल बकेटलगायत सामग्रीको व्यवस्था गरिएको छ भने नेपाली सेना कालीभञ्जन गण (इ) बाट ट्युव, लाइफज्याकेट, कोदालो, गैँची, बञ्चरोलगायत आवश्यक सामग्रीको व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट स्टेचर, लाइफ ज्याकेट, बञ्चरो, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणबाट फलामको गल, सावेल, स्टेचर, नेपाल रेडक्रस सोसाइटीबाट गैर खाद्य सामग्रीको व्यवस्था गरिएको छ । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution