• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ८, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

      सामाजिक भत्ता घरमै   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
    qfOLM1MyMaPto8kqnphl

    Advertisement

    वालिङ । स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो । नगरकार्यपालिकाको यही यही असार १६ को पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकालाई भत्ता उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई गाउँ–गाउँबाट बजारमा रहेको बैंकसम्म आउन निकै समस्या भएकाले घर–घरमै लगेर भत्ता उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “यो अभियानमा नगरप्रमुख, उपप्रमुख तथा सम्बन्धित वडाका निर्वाचित वडाध्यक्ष तथा सदस्यको उपस्थितिमा वितरण भएको हो ।”ग्रामीण भेगबाट बैंकसम्म पुग्नुपर्ने, बैंकमा पुगेर लाइन बस्नुपर्ने समस्या हट्नुका साथै गाडी भाडासमेत बचत भएको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा पुग्दा यहाँका नागरिक एकातर्फ खुसी हुनुहुन्छ भने अर्कातर्फ उहाँहरुको कुरा, गुनासो, सुझाव प्रत्यक्ष सुन्न र कार्यान्वयनमा लैजानका लागि हामी जनप्रतिनिधिलाई पनि सहज हुने उहाँको भनाइ थियो ।

    गाउँ–गाउँमा रहनुभएका ज्येष्ठ नागरिक बैंकसम्म पुग्न समस्या हुने तथा बैंकमा पुगेर घण्टौँसम्म लाइन लाग्नुपर्दा सास्ती हुने भएकाले वडामार्फत सहजीकरणका लागि व्यवस्थापन मिलाइएको वडा नं ७ का अध्यक्ष ताराप्रसाद अर्यालले बताउनुभयो । “सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वडाका सबैको दस्तखतसहितको चेक सङ्कलन ग¥यौँ”, उहाँले भन्नुभयो, “वडाका भत्ता प्राप्त गर्नेको नामावलीसहित वडाको सिफारिस, नगरपालिकाले बैंकलाई गरिदिएको सिफारिसका आधारमा बैंकबाट रकम बुझेर घर–घरमै लगेर वितरण गरेका हौँ ।”

    घरमै सामाजिक सुरक्षा भत्ता पाएपछि बजारमा रहेको बैंकसम्म जानुपर्ने बाध्यता हटेको भिरकोट–७ का ज्येष्ठ नागरिक गङ्गाराम अर्यालले बताउनुभयो । “८४ वर्षको भएँ, भत्ता बुझ्न बयरघारी बजारमा रहेको बैंकमा जानुपथ्र्यो, बूढो मान्छे भनेको बेलामा गाडी पाइँदैन”, उहाँले भन्नुभयो, “जान आउनै गाडी भाडा रु एक हजारदेखि एकहजार पाँच सय लाग्थ्यो, एक पाइलै नहिँडीकन घरमै पाएपछि उक्त रकम पनि बचत भयो ।”

    आफूहरुले भोट हालेर जिताएका जनप्रतिनिधिले यसरी घर–घरमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गरिदिँदा निकै चित्त बुझेको अनुभव ज्येष्ठ नागरिक अर्यालले सुनाउनुभयो । “बैंकसम्म जान आउन परेन, बैंकमा पनि लामो लाइन हुन्थ्यो, बूढाबूढीलाई सास्ती हुन्थ्यो”, ज्येष्ठ नागरिक अर्यालले भन्नुभयो, “मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यले बंैकसित समन्वय गरेर घरमै ल्याएर दिनुभयो, यसले गर्दा हामीलाई सजिलो भयो ।”

    भिरकोटमा भत्ताका लागि कूल तीन हजार नौ ९१ रहेका पञ्जीकरण शाखाका अपरेटर विजय गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो तथ्याङ्कानुसार नगरपालिकाभित्र ७० वर्षमाथिका ज्येष्ठ नागरिक भत्ता पाउनेहरू रु एक हजार नौ ४०, ज्येष्ठ नागरिक (दलित) तीन सय १०, ज्येष्ठ नागरिक एकल महिला पाँच सय ४०, विधवा (आर्थिक सहायता) पाँच सय ३३, पूर्ण अपाङ्गता एक सय चार, अतिअशक्त एक सय ४९, दलित बालबालिका चार सय १५ छन् । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution