
चितवन । पहिरोले अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आज खुल्ने संभावना न्यून बनेको छ । आज साँझसम्ममा पहिरो हटाएर सडक संचालनमा ल्याउने प्रहरीको तयारी थियो । गयराति ११ बजेको समयमा भरतपुर महानगरपालिका–२९, केराबारीस्थित मौरी खोला पुलमा खसेको पहिरो आज हटाउन असंभव बनेपछि नारायणगढ मुग्लिन सडक खण्ड आज खुल्ने संभावना न्यून बनेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म अधिकारीले लगातार पहिरो खसिरहेकाले आज पहिरो हटाउने संभावना न्यून रहेको जानकारी दिए ।आज पहिरो हटाउने क्रममा सोही ठाउँमा अर्को ठूलो पहिरो खसेकाले पहिरो हटाउन थप समस्या भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१