• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ९, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भेडापालनमा भोजपुरका किसानको आकर्षित   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण २०, शुक्रबार (३ साल अघि)
    452842382bhedapalan

    Advertisement

    भोजपुर । व्यावसायिक भेडापालनमा यहाँका किसानको आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित बनेका हुन् । प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनको लागि उपयुक्त स्थान मानिन्छ । भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिन गरेका छन् । त्यस्तै उनीहरुले ऊनबाट बन्ने राडी, लुकुनीलगायत पनि बिक्री गर्दै आएका छन् ।  सयसम्म भेडा भएमा वार्षिक रु चार लाखसम्म आम्दानी हुने १२ वर्षदेखि भेडापालन गर्दै आउनुभएका टेम्केमैयुङ गाउँपालिका–२ बोबोकका कृषक गोविन्द कठेतले जानकारी दिनुभयो । यहाँ एक जना कृषकसँग एक सउ ५० वटासम्म भेडा रहेको उहाँले जानकारी दिनुभयो । धेरै भेडा हुनेले वर्षमा रु आठदेखि नौ लाखसम्म आम्दानी लिने उहाँको भनाइ छ । कृषक कठेतले भन्नुभयो, “दुःख धेरै छ तर भेडा राम्ररी फस्टाए भने आम्दानी पनि राम्रो छ । एक सय ५० देखि दुई सयसम्म भेडा भएमा वर्षमा आठदेखि नौ लाखसम्म आम्दानी लिन सकिन्छ ।” पछिल्लो समय युवापुस्तासमेत भेडापालनमा आकर्षित भएको उहाँको भनाइ छ । विदेश गएर आएकाले पनि व्यावसायिक रुपमा भेडापालन गरिरहेको कृषक कठेतले जानकारी दिनुभयो । “युवा पुस्तामा भेडापालन प्रतिआकर्षण छ”, उहाँले भन्नुभयो, “गाउँका कतिपय युवा विदेशमा कमाइ गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।”

    मैयुङ क्षेत्रमा २८ बढी कृषकले व्यावसायिक रुपमा भेडापालन गरिरहेको किसान कठेतको भनाइ छ । यसमा करिब नौ जना खोटाङका र अन्य भोजपुर जिल्लाका रहेको उहाँले जानकारी दिनभयो । भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको उहाँले बताउनुभयो । भेडापालनको मुख्य समस्या चरण क्षेत्र अभाव रहेको उहाँको भनाइ छ । त्यस्तै बाघ, भालु तथा कुकुरले पनि भेडा मारीदिने समस्या छ । भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खानेलगायतका रोगले धेरै दुःख दिँदै आएको छ ।

    “भेडापालनमा धेरै समस्या छ । पहिलो समस्या चरण क्षेत्रको हो । सामुदायिक वनले महँगो शुल्क लिन्छन्”, उहाँले भन्नुभयो, “एउटा वन क्षेत्रमा चराएबापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ । त्यस्तै विभिन्न समयमा देखिने रोग तथा वन्यजन्तुको आक्रमण पनि धेरै क्षति पुग्ने गरेको छ ।”

    भेडालाई तातो मौसमको (बर्सात) समयमा माथिल्लो भेग र चिसो मौसमअर्थात् हिउँद समयमा तल्लो भेगमा झार्ने चलन छ । तल्लो भेगमा झारेपछि हावापानीका कारण भेडा बिरामी हुने, मर्ने समस्या रहेको भेडापालक कृषक भक्तकुमार राईले जानकारी दिनुभयो । धेरै दुःखको काम भएकाले यस्तो पेसामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने राईको भनाइ छ ।

    उहाँले भन्नुभयो, “हामीले उधौली झारेपछि धेरै भेडा बिरामी हुन्छन् । कतिपय मर्छन् । यस्तो अवस्थामा उपचारको व्यवस्थाको लागि राज्यले सहयोग गरे हुने । धेरै दुःख कष्टका साथ पुर्खौली पेसालाई धानेका छौँ तर राज्यको ध्यान हामीमा गएको छैन ।” भेडा बिरामी हुँदा औषधि लिनको लागि टेम्केमेयुङ गाउँपालिका तथा सदरमुकाम नै पुग्नुपर्ने बाध्यता रहेको किसान राईको भनाइ छ । राज्यले किसानको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्ने उहाँको भनाइ छ ।

    गोठवाला कृषकको हकअधिकार तथा आवश्यक सहयोग जुटाउनको लागि समितिसमेत गठन गरिएको छ । यो समितिले गोठलावा कृषकको समस्याको विषयमा ध्यानाकर्षण गराउन विभिन्न खाले गतिविधि गरिरहेको खर्क गोठ संरक्षण समितिका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो । खास गरेर गोठवाला पेसालाई हराउन नदिनको लागि सबै गोठवालालाई समेटेर समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

    समितिले गोठवालाको समग्र पक्षमा काम गरिरहेको भए पनि चौरीपालक, भेडापालक, भैँसीपालनलगायत अन्य समिति पनि गठन गरेर किसानका समस्याको बारेमा आवाज उठाइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । “हामी यो पेसालाई कसरी जीवन्त राखेर भावी पुस्तासम्म पु¥याउन सकिन्छ भन्ने लक्ष्यले एकताबद्ध भएका छौँ”, उहाँले भन्नुभयो, “गोठ सुधारका लागि काम गरिरहेका छौँ । यहाँको भेडापालन र चौरीपालन कृषकलाई लक्षित गरेर प्रदेश सरकारबाट आएको करिब रु १७ लाख गोठ सुधारको काम गरेका छौँ ।”

    समितिको पहलमा प्रदेश सरकारबाट नियमित पाँचवर्षे गोठ सुधारको कार्यक्रम परेको भए पनि पहिलो वर्ष कोरोना कारण त्यो कार्यक्रम सञ्चालनमा समस्या भएको उहाँले जानकारी दिनुभयो । यसको कारण पहिलो वर्षको बजेट फिर्ता गएको उहाँको भनाइ छ ।

    गोठ सुधारअन्तर्गत कम्तीमा २० जना मानिस बस्नसक्ने गरी गोठबासको अवधाराणाअनुरुप काम भइरहेको अध्यक्ष राईको भनाइ छ । त्यस्तै गोठवालाको शौचालयको समेत व्यवस्था गरिएको छ । सामुदायिक वनले अनावश्यक कर लगाएको कारण किसान मारमा परेका छन् । गोठवालाले प्रकृति संरक्षण योगदान पु¥याउँदै आएको उहाँको भनाइ छ ।

    “हामीले गोठबासको अवधारणाअनुसार यहाँको गोठको सुधार थालेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “खास गरेर यहाँ आउने पर्यटकलाई लक्षित यस्तो तरिकाबाट काम गरेका हौँ । राज्यले केही सहयोग गरेको छ तर यो मात्र यहाँको किसानका लागि पर्याप्त छैन ।”

    भेडाजन्य उत्पादनको बजारमा धेरै माग रहेको किसानको भनाइ छ । औषधिको रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले भेडाको घ्यूको माग धेरै रहेको कृषक शेरबहादुर कठेतले बताउनुभयो । भेडाको घ्यूलाई डढेको घाउ खतलाई हटाउनका लागि राम्रो मानिने उहाँको भनाइ छ । भेडाको घ्यू प्रतिकिलो रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुने बताइएको छ । त्यस्तै ऊनप्रति केजी रु सात सय र मासु प्रतिधार्नी एक हजार पाँच सयदेखि दुई हजारसम्म पर्ने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “खास गरेर भेडाको घ्यूको माग धेरै छ । मागअनुसारको घ्यू पु¥याउन समस्या छ । भेडाको घ्यू औषधि पनि हुन्छ । यसलाई खास गरेर डढेको घ्यूको खाका हटाउन प्रयोगमा आउछ । धैरै पौष्टिक हुने भएकाले अन्य विभिन्न रोगको लागि उपयोगी मानिन्छ । भेडाको बल्याक्ख्रा (बोका) को पनि माग धेरै छ । यसको मासुलाई निकै स्वादिष्ट मानिन्छ ।” यहाँ उत्पादित घ्यू, राडी, लुकुनीलगायत बस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा जाने गरेको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution