सुदूरपश्चिम ।धनगढी उपमहानगरपालिका–६ जालीगाउँका जगतराम चौधरीको घरमा राखिएको मोटरसाइकलमा गए राति आज्ञात व्यक्तिले आगजनी गरेका छन् । घरको बरण्डामा राखिएको से४प६८९४ नंको उक्त मोटरसाइकल आगजनीबाट जलेर पूर्णरूपमा क्षति पुगेको छ । घरका सबै सदस्य सुतिसकेको अवस्थामा भएको सो घटनाका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले बताउनुभयो ।
यसैबीच धनगढी उपमहानगरपालिका–२ को ट्राफिकचोक नजिक शङ्कास्पदरूपमा हिँडिरहेको भनिएका बझाङ दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई एक किलो पाँच सय ग्राम लागुऔषध चरेससहित सोमबार साँझ पक्राउ गरिएको छ । सादा पोशाकमा रहेको प्रहरी टोलीले जोशीलाई चरेससहित नियन्त्रणमा लिएको जनाइएको छ । (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१