• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हराउँदै गयो जात्राको रौनक   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (३ साल अघि)
    RS_KTM_GAIJATRA-1

    Advertisement

    रामपुर (पाल्पा) ।   गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न पुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्याएर कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै जाने गर्दथे । हिजोआज भने पहिलेजसो जात्रा हेर्न जानेको उत्साह देखिदैन । पाल्पामा देखाइने गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा लगायतका विभिन्न जात्रा देखाइन्छन् । विशेषगरी नेवार समुदायमा प्रचलित गाईजात्रा र रोपाइँजात्रा परापूर्वकालदेखि नै देखाउने गरिन्छ । अहिले भने संस्कृति धान्न जात्रा देखाउने चलन कायमै छ । तर अवलोकन गर्ने दर्शकहरु भने घट्दै गएका छन् ।सूचना प्रविधिको बढ्दो प्रयोगले पछिल्ला वर्षमा जात्रा अवलोकनकै निम्ति दर्शक टाढाबाट आउने क्रम भने हट्दै गएको रामपुरका स्थानीयवासी तिलकराम पाण्डेय बताउनुहुन्छ । “पहिला त निकै टाढाबाट पैदल हिँडेर रामपुरमा देखाइने गाईजात्रा, रोपाइँजात्रा हेर्न आउनेको उत्साह हुन्थ्यो, अहिले सबै कुरा मोबाइलमा आउँछ, जात्रा हेर्न भनेर समय खर्चेर आउने खासै भेटिदैन, काम विशेषले आएका बेला अवलोकन गर्ने गरेको पाइन्छ, जात्राका लागि भनेर पैदल हिँडेर पहिलाजसो गाउँभरीका स्थानीय आउने क्रम भने हटिसक्यो” उहाँले बताउनुभयो । नेवारी परम्पराअनुसार जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा र पर्सीपल्ट रोपाइँजात्रा देखाउने प्रचलन छ । दिवाङ्गत भएका आफ्ना परिवारका सदस्यको सम्झनामा जात्रा देखाइन्छ । परापूर्वकालदेखि नै चलिआएको जात्रा नेवार समुदायसँग सम्बन्धित रहेकाले हरेक वर्ष संस्कृति धान्न जात्रा देखाउने गरेको नेवा समाज रामपुर पाल्पाका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

    “संस्कृतिलाई हामीले निरन्तरता दिइरहेका छौँ, पहिला पहिला सबैका जसो परिवारका सदस्य घरमै बस्ने, अन्यत्र जाने अवसर पनि कम मिल्थ्यो, वर्षदिनमा एक पटक देखाइने हुदा समय निकालेर जात्रा हेर्न आउने प्रचलन थियो, अहिले सहर बजार विभिन्न क्षेत्रमा अध्ययन, कामको शिलशिलामा रहदा प्रविधिको बिस्तारले पहिलेजसो जात्रा अवलोकन गर्ने दर्शक भने केही कम छ” उहाँले भन्नुभयो ।

    पुरुष पात्रलाई महिलाले लगाउने सारी, चोलो, पटुकालगायत विभिन्न पहिरन लगाइ दिएर जात्रामा निकालिन्छ । हास्यव्यङ्ग्य शैलीमा दर्शकलाई रमाइलो पारिन्छ । युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकालगायत सबै उमेर समूहलाई रमाइलो बनाउने र दिवाङ्गत भएका परिवारमा मन भुलाउने माध्यमका रुपमा जात्रा देखाइन्छ ।

    पाल्पाका नेवार समुदायको बाक्लो वस्ती रहेका विभिन्न ठाउँठाउँमा जात्रा निकालिन्छ । सदरमुकाम तानसेन, रामपुर, पूर्वखोलाको वीरकोट लगायतका विभिन्न स्थानमा परम्परागत शैलीमा जात्रा देखाइन्छ । पाल्पाको तानसेनमा भने बाघजात्रा निकालिँदै आइएको छ । बाघका आकृति सहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरी जात्रा देखाइएको छ । यहाँ हरेक वर्ष जस्तै यसवर्ष पनि पाल्पाली नाट्य कला सांस्कृतिक समूह तानसेन –६ बसपार्कका युवा र बालबालिकाले बाघजात्रा देखाएका हुन् ।

    मानिसलाई बाघको रुपमा सिँगारेर शिकारीहरुले घेरेको अभिनयमा बाघजात्रा देखाइने गरिन्छ । यस जात्राप्रति बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकहरु उत्साहित हुँदै अवलोकन गर्दछन् । परापूर्वकालमा बाघको आतङ्कले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको बुढापाका बताउँछन् । केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भएपनि देखाउने गरिएको छ ।

    विसं १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलाई राजाले कैंयनपल्ट बुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

    राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस वर्षभरिमा राज्यमा मृत्यु भएका नागरिकका आफन्तलाई गाईसहित दरबार अगाडिबाट रानीले देख्नेगरी जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाडौँ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरुको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमाबुवालगायत अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् ।

    राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र व्यङ्ग पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुरा हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी थिइन् । अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरुले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरुको आडम्बर र गरिवका पीडालाई साङ्केतिक रुपमा व्याख्या गर्ने सुरुआत गरेका थिए ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution