• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

       तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै डडुवाका किसान   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र १, बुधबार (३ साल अघि)
    tarkari-2

    Advertisement

    गलेश्वर  ।एक दशकसम्म बहराइनमा काम गर्दा खासै कमाई गर्न नसकेपछि फर्किनुभएका बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले व्यावसायिक तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । उहाँ तरकारी खेती गरेर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।  भण्डारी तरकारीसँगै फलफूल खेतीमा समेत व्यस्त हुनुहुन्छ । गोडमेल, मलजल र फलफूल रेखदेखनै उहाँको दैनिकी बनेको छ । भण्डारी मात्रै होइन डडुवाका भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारीलगायत व्यक्ति गाउँमै व्यावसायिक तरकारी खेती र पशुपालनमा लागिपर्नुभएको छ । उजाड र उराठलाग्दो डडुवा हराभरा भएको छ । तरकारी खेती र पशुपालन गरेर उहाँहरुले विदेशमा भन्दा बढी कमाई गर्दैआउनुभएको छ । विदेशमा रहँदा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभवलाई लिएर स्वदेश फर्किएपछि भण्डारीले आफूले जानेको सीपलाई कृषि पेसामा लगाउनुभयो । भण्डारीले दुई आधुनिक टनेल, तीन सामान्य टनेल र दुई हाइटेक प्रविधिको टनेलभित्र गोलभेँडा खेती गर्नुभएको छ । वार्षिक सरदर रु एक लाख ५० हजारको लगानी गरी उहाँले टनेलमा गोलभेँडा, सिमला खुर्सानी, बारीमा काँक्रो, भन्टा, खुर्सानी, साग लगायतका तरकारी लगाउनुभएको छ ।  “गोलभेँडा बिक्रीबाट बर्सेनी रु चार लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । बन्दा, काउली, खुर्सानी, भन्टालगायत बिक्री गरी मासिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको भण्डारी बताउनुहुन्छ । अहिले डडुवाका प्रायःले तरकारी खेती सुरु गरेका छन् । गाउँमा तरकारी र पशुपालनको लहर नै चलेको छ । उनीहरु आर्थिक रुपमा सबल बन्दै गएका स्थानीय शिक्षक प्रेम नेपालीले बताउनुभयो ।

    “डडुवामा अहिले जताततै टनेल छन्, टनेलभित्र तरकारी खेती फष्टाएको छ”, उहाँले भन्नुभयो । सिँचाइ गर्न स्थानीयले गाउँमा नै पक्की ट्याङ्कीसमेत निर्माण गरेका छन् । बर्खाको पानी जम्मा गर्नका लागि बनाइएका ती ट्याङ्कीको पानी हिउँदमा समेत सिँचाइ गर्न प्रयोग गर्ने गरिएको कृषक पदम भण्डारीले बताउनुभयो । अर्का कृषक भीम पाइजा खुर्सानी बेचेर वार्षिक रु डेढ लाख आम्दानी गर्दै आउनुभएको छ । यस्तै डेकबहादुर पाइजाले तरकारी खेतीका साथै बङ्गुरपालनसमेत गर्नुभएको छ । आम्दानी बचतसमेत गर्ने गरेको कृषक भण्डारी बताउनुहुन्छ । “तरकारी, फलफूल र पशुपालन गर्नसके पैसा कमाउन विदेश जानु पर्दैन”, उहाँले भन्नुभयो ।

    तरकारी र फलफूल बिक्री गर्न बजारको समस्या छैन । गाउँमा सडकको पहुँच छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषक लक्षित विभिन्न नीति तथा कार्यक्रम ल्याएको छ । तर त्यसबाट कृषक लाभान्वित हुन सकेका छैनन् ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution