
भरतपुर । पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गए राति आगलागी भएको हो ।कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट दाना बनाउने मेसिनमा क्षति पुगेको छ । तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, पिना र ढुटो जलेर नष्ट भएको उद्योगका सञ्चालक किरणभूषण ओलीले जानकारी दिनुभयो ।
आगलागीबाट करिब रु एक करोड ५० लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो । विद्युत् सर्ट भएर राति करिब पौने २ बजेबाट लागेको आगो दमकल, इलाका प्रहरी कार्यालय भण्डारको टोली र स्थानीयवासीको सहयोगमा डेढ घण्टापछि निभाइएको थियो ।(रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१