• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक १, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भरतपुर अस्पतालमा १० महिनामा छ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार (३ साल अघि)
    bharatpur-hospital

    Advertisement

    चितवन।नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित गर्भवतीले सुरक्षित प्रसूति सेवा लिँदा बच्चा स्वस्थ जन्मिने गरेको छ । भरतपुर अस्पतालमा विगत १० महिनामा छ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएका हुन् ।उनीहरुले जन्माएका बच्चामा एचआइभी सङ्क्रमण नदेखिएको हो । नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा सङ्क्रमण नसर्ने चिकित्सकको भनाइ छ । भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेल सामान्यभन्दा शल्यक्रियामार्फत जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम हुने बताउनुहुन्छ । चिकित्सकको परामर्शअनुसार नियमित औषधि खाइरहेका आमाहरु समयमै अस्पताल आएमा उनीहरुलाई सुरक्षित तवरबाट शल्यक्रिया गरेर बच्चा जन्माउँदा ती बच्चा सुरक्षित हुने गरेको उहाँ बताउनुहुन्छ ।औषधि खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उहाँको भनाइ छ । लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उहाँ बताउनुहुन्छ । जिल्लाका अन्य अस्पतालमा एचआइभी सङ्क्रमित आमालाई प्रसूति सेवा नरहेको भन्दै उहाँले भरतपुर अस्पतालले यो सेवा दिँदै आएको बताउनुभयो ।

    एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटा सेन्टरमा गएको १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआइभी परीक्षण गरिएको बताउनुहुन्छ । तीमध्ये दुई जनामा सङ्क्रमण देखिएको थियो ।सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआइभी सङ्क्रमित औषधि लिन आउने गरेका छन् । तनहुँ, गोरखा, लमजुङ, धादिङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका सङ्क्रमितले चितवनबाट औषधिसहितको उपचार लिँदै आएका छन् । विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआइलगायतका उपचार सेवा ती जिल्लामा नपाइने भएका कारण उनीहरुले औषधिसहितको उपचार सेवा यहीँबाट लिँदै आएको सापकोटाको भनाइ छ ।सापकोटाका अनुसार एक हजार एक सय चार महिला, पुरुष र बालबालिकाले औषधि सेवन गरिरहेका छन् । उनीहरुमध्ये ४५ बालबालिका रहेका हुन् । औषधि खानेमा ४५ दिनको शिशुदेखि ८५ वर्षका वृद्धसमेत रहेको उहाँले जानकारी दिनुभयो ।नियमित औषधि सेवन गर्नेको स्वास्थ्य राम्रो रहेको उहाँको भनाइ छ । औषधि खाइरहेका सङ्क्रमितमध्ये ९७ दशमलव ६० प्रतिशतको सङ्क्रमण नसर्ने अवस्थामा पुगेको छ । एक हजार कपीभन्दा कम भइरसको सङ्ख्या भएका बिरामीबाट एचआइभी एड्स नसर्ने उहाँले जानकारी दिनुभयो ।

    सन् २०२२ को जनवरीदेखि हालसम्म जिल्लामा २७ नयाँ एचआइभी सङ्क्रमित भेटिएको उहाँले जानकारी दिनुभयो । उनीहरुमध्ये समुदायमा परीक्षण गरिएका एक सय २४ मध्ये दुई जना र एआरटी सेन्टरमा परीक्षण गरिएका एक सय ११ जनामध्ये २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस वर्ष एक सय १६ जना नयाँ सङ्क्रमितले एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) औषधि सुरु गरेका छन् । सङ्क्रमितले दैनिक एक ट्याबलेट औषधि लिनुपर्ने हुन्छ । सेन्टरले एक पटकमा अवस्था हेरी एक महिनादेखि तीन महिनासम्मका लागि औषधि दिने गरेको छ ।विगत १० महिनाको अवधिमा १४ सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये एक जनाको मात्रै एचआइभीका कारण मृत्यु भएको हो भने अन्यको अरु रोगका कारण मृत्यु भएको सापकोटाले जानकारी दिनुभयो । सन् २०२१ मा पनि १४ सङ्क्रमितको मृत्यु भएको थियो । तीमध्ये चार जनाको एचआइभीका कारण मृत्यु भएको हो ।जिल्लामा रहेका सङ्क्रमित महिलामध्ये ३९ को पाठेघरको क्यान्सर परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराइएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी कामको खोजीमा भारत जाने महिला र पुरुष रहेका छन् । यसैगरी यौन व्यवसायी र तिनका ग्राहक, तेस्रोलिङ्गी, यौनिक अल्पसङ्ख्यक, लागुऔषधि प्रयोगकर्तामा पनि सङ्क्रमण देखिने गरेको छ ।अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेल सङ्क्रमित आमाहरुको प्रसूति नेपालमै गरिरहेको बताउनुहुन्छ । जिल्लामा अन्य अस्पतालमा यो सेवा सम्भव नभएको भन्दै उहाँले विश्वसनीय सेवा दिन भरतपुर अस्पताल सफल भएको बताउनुभयो ।रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution