• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ३, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

२

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

३

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

४

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

५

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

६

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

७

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

८

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

९

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१०

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

११

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तराईमा रहेको पशुपतिको ११ सय बिघा जग्गा गायब

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ७, सोमबार (७ साल अघि)
    Pashupatinath-dialnp-1

    Advertisement

    काठमाडौं । पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

    राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी (धाई आमा) लाई  बिर्ता दिएका थिए । निःसन्तान बुबु बडामहारानीले जीवनको आखिरी अवस्थामा त्यो जग्गा पशुपतिनाथ ( श्री) का नाममा दान गरेकी थिइन् । त्यसको अभिलेख सनद, सवाल, लालमोहर, शिलापत्र, ताजपत्र, भोजपत्र, ताडपत्र आदिमा रहेको कोषले जनाएको छ ।

    यति ठूलो परिमाणको जग्गा गायब पारिएको धेरै वर्ष भने भएको छैन । २०४२ सम्म हकभोग गर्नेहरूले यसको तिरो (कुत) तिरेका थिए । विस्तारै त्यो क्रम रोकियो । २०४४ मा पशुपति क्षेत्र विकास कोष स्थापनापछि भने तिर्ने क्रम ठप्प भयो । कोषले जग्गा छ भन्नेसम्म मतलब गरेन । अभिलेखमा राखेन । अचम्म त यो छ– यसको स्रेस्ता न कोषसँग छ, न मालपोत, न गुठीसँग।

    कोषका सदस्य सचिव प्रदीप ढकालले आफू पदमा आएपछि पशुपतिनाथ मन्दिरका नाममा रहेको सम्पत्ति खोजबिन गर्न थालेको बताए । झन्डै एक वर्षअघि कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा पशुपतिनाथको चल अचल सम्पत्ति छानबिन समिति बन्यो । समितिले सम्पत्ति खोज्ने क्रममा रौतहट, सर्लाही, सिरहा र पर्सामा पनि जमिन रहेको पाएको हो ।

    यसबारे कोषले सञ्चार माध्यममा चार पटकसम्म सूचना प्रकाशित ग¥यो । त्यसमा दुई सयजति निवेदन परेका थिए । तीमध्ये पर्साका महेन्द्र भण्डारीले कोषको सूचनापछि आफ्नो मोहीयानी हक कायम गरि पाउँ भनी निवेदन दिएका थिए । उनले डेढ बिघा कमाइरहेका छन् । उनी पशपतिनाथ ( श्री) धनी रहेको जग्गाबाट आफूलाई मोही कायम गरिपाउन अड्डा अदालतसमेत धाइरहेका छन् ।

    समितिका अनुसार दुई सयमध्ये मुख्य ३० निवेदनमाथि बृहत् छानबिन सकिएको छ । समितिमा नापी, मालपोत, गुठीका पदाधिकारी र विज्ञहरुको सहभागिता छ । बाँकी निवेदनको छानबिन हुँदैछ । ‘कोषले वास्ता नगरेपछि स्थानीय बासिन्दाले अतिक्रमण गरी संरचना बनाउन थाले । अहिले पनि पशुपतिको जग्गामा अतिक्रमण जारी छ । तर, पुरानो तिरो तिर्ने बासिन्दाभन्दा शक्तिशालीले कब्जा जमाउँदै गएका छन्’, भण्डारीले भने । स्रोतका अनुसार उक्त जग्गाका केही मोही काठमाडौंकै भूमाफियासमेत छन् । तीन सय ५० भन्दा बढी परिवार यस ठाउँमा बसोबास गर्दै आएका छन् ।

    समितिका संयोजक थापाले सबै निवेदनमाथि माघभित्रै छानबिन गरी प्रतिवेदन तयार पारिने जानकारी दिए । ‘तराईका चार जिल्लामा रहेको जग्गामाथि निवेदनका आधारमा केही तथ्य फेला परेको छ’, उनले भने । सदस्य सचिव ढकालले भने प्रतिवेदन तयार पार्नुअघि चारवटै जिल्लामा पुगी स्थलगत निरीक्षण गर्न लागेको बताए । ‘११ सय बिघा जग्गाबारे यथार्थ बुझ्न नापी, मालपोत, गुठी, विज्ञ र कोषका पदाधिकारीको टोली केही दिनमै जाँदैछ’, उनले अन्नपूर्णलाई भने । ढकालले पशुपतिको सम्पत्तिको संरक्षण गर्ने दायित्व कोषको भएको बताउँदै भने, ‘यी जग्गाको यथार्थ बुझेर वैधानिक दायरामा ल्याउनेछौं ।’

    कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले समितिले खोजबिन गर्दा बुबु बडामहारानीले दिएको उक्त जग्गाको अभिलेख सनद, सवाल, लालमोहोर, ताडपत्र र भोजपत्र आदिमा भेटिएको जानकारी दिए । उनका अनुसार सर्लाहीको मुर्तियास्थित जानकीनगर र हरिपुरमा मात्र करिब ८ सय बिघा छ । त्यसमध्ये अधिकांश जमिन जंगल क्षेत्र छ । हकभोग भइरहेको जमिनमध्ये ९ जनाले मोही कायम गरिपाउँ भनी निवेदन दिएको उनले बताए ।

    उक्त जग्गा पशुपतिका नाममा ल्याउन सके मात्र पनि वार्षिक कम्तीमा १० करोड रुपैयाँको ‘कुत’ उठ्नेछ । प्रतिकठ्ठा एक लाखका दरले हिसाब गर्दा पनि ११ सय बिघाको दुई अर्ब २० करोड रुपैयाँ पर्छ । ‘जमिन भूमाफिया र व्यक्तिका नाममा गइसकेको भने छैन’, उनले दाबी गरे, ‘सबै जग्गा नेपाल सरकारकै नाममा छ ।’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो


  • Advertisement

    समाचार
  • १

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • २

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ३

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ४

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ५

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ६

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ७

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ८

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ९

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • १०

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution