• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    झोलुङ्गेपुलका कारण त्रिवेणीमा बढे पर्यटक   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २०, शुक्रबार (३ साल अघि)
    IMG-20230202-WA0006

    Advertisement

    त्रिवेणी । वाल्मीकि आश्रमलाई जोड्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गेपुल निर्माणपछि यहाँ पर्यटकको आगमन बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित त्रिवेणीधाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा झोलुङ्गेपुल निर्माण भएपछि पर्यटकको आगमनमा वृद्धि भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो ।  हालै मात्र वाल्मीकि आश्रममा नेपालकै बाटो भएर जान मिल्ने गरी नारायणी नदीमा पुल निर्माण गरिएको छ । पुल निर्माण गरेसँगै त्रिवेणीधामसहित पुल अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढेको अध्यक्ष शाहले बताउनुभयो । झोलुङ्गे पुल क्षेत्रमा मात्रै दैनिक पाँच सयका हाराहारीमा पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।
    यहाँ आउने धेरैजसो पर्यटक भारतीय हुने गरेका छन् । साथै नवलपुरसहित नजिकका जिल्लाबाट समेत त्रिवेणीधाम र झोलुङ्गे पुल अवलोकनका लागि पर्यटक आउने गरेको उहाँले बताउनुभयो । पुल क्षेत्रमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । “हिजो आज पुल क्षेत्रमा पर्यटकको आगमन बढेको छ, अहिले पुलबाट वाल्मीकि आश्रम जान मिल्दैन, तर पुल हेर्न, फोटो खिच्न, टिकटक बनाउन मात्रै भए पनि पर्यटक आउने क्रम बढेको छ”, अध्यक्ष शाहाले भन्नुभयो ।

    वाल्मीकि आश्रम जान मिल्ने गरी निर्माण गरिएको झोलुङ्गेपुल पाँच सय ३५ मिटर लम्बाइको रहेको छ । पुल नौ वर्षमा निर्माण सम्पन्न भएको हो । पुल निर्माण गरिएको भए पनि हाल सुरक्षा चुनौतीका कारण पुलबाट वाल्मीकि आश्रम जान रोक लगाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले सुरक्षाको प्रबन्ध नभएसम्मका लागि पुलबाट आवतजावतमा रोक लगाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

    चितवनतर्फ पुल पारी वाल्मीकि आश्रमसम्म जानका लागि हाल बाटो निर्माणको कामसमेत बाँकी रहेको छ । सुरक्षाको प्रबन्धसँगै पारिपट्टि बाटो निर्माणका बारेमा छलफल चलिरहेको गाउँपालिका अध्यक्ष गिरीले बताउनुभयो । “सुरक्षाकर्मी स्थायी रुपमा बस्ने गरी केही संरचना निर्माण गर्ने विषयमा छलफल चलेको छ, पारिपट्टि बाटोसमेत बनाउनुपर्ने छ”, उहाँले भन्नुभयो, “त्यसपछि झोलुङ्गेपुल सञ्चालन गर्ने कुरा छ, त्यसपछि नेपालकै बाटो भएर सहज रुपमा वाल्मीकि आश्रम जान सकिन्छ ।”

    चितवनमा पर्ने वाल्मीकि आश्रम पुग्न यसअघि भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै जान मिल्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माण गरे पनि अझै सञ्चालनमा ल्याउन नसक्दा भने यहाँ पुग्ने पर्यटक वाल्मीकि आश्रम नगइ फर्कने गरेका छन् । चाडै आवश्यक व्यवस्थापन गरी पुलबाट वाल्मीकि आश्रम जाने प्रबन्ध गरे त्रिवेणीसहित यस क्षेत्रमा थप पर्यटकको आगमन बढ्ने स्थानीय हरिशङ्कर कँडेलले बताउनुभयो ।

    वाल्मीकि आश्रम चितवनमा पर्ने भए पनि यसको व्यवस्थापनको काम गाउँपालिकाले गर्दै आएको छ । त्रिवेणी धामसँगै वाल्मीकि आश्रमलाई एकीकृत गरी पर्यटन प्रवद्र्धन गर्न सके यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको थप आगमन बढ्ने कँडेलले बताउनुभयो ।   (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution