• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा च्याउखेतीबाट मनग्य आम्दानी  

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २०, शुक्रबार (३ साल अघि)
    musroom

    Advertisement

    विष्णुप्रसाद गौडेल
    मध्यविन्दु।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।    गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहनुभएको छ । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, न त उमेरले नै छेक्दो रहेछ, मात्र काम गर्ने जोश, जाँगर चाहिँदो रहेछ”, श्रेष्ठले भन्नुभयो ।
    छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर रु ६५ लाख लगानीका साथ सुरु गरेको च्याउ खेतीले उहाँलाई मनग्य आम्दानी दिएको छ । श्रेष्ठले अहिले महिनामा कम्तीमा रु एक लाख आम्दानी गर्दै आएको बताउनुभयो ।   “छ कट्ठा जमिनको वर्षमा रु एक लाख भाडा तिर्ने गरेको छु, तर पनि आम्दानी राम्रो छ”, उहाँले भन्नुभयो, “वर्षमा कम्तीमा पनि २० हजार किलो च्याउ बिक्री गर्दै आएको छु, खर्च कटाएरै महिनामा कम्तीमा रु एक लाखको व्यापार हुन्छ ।”

    भौतिक संरचना निर्माणका लागि बढी रकम खर्च गरेको उहाँले बताउनुभयो । पराल मौसमबाहेकका समयमा महँगो पर्ने भएकाले पनि पहिले नै किनेर राख्न र अन्य कामका लागि छुट्टै टहरा बनाएको श्रेष्ठको भनाइ छ ।    “बाजेसँग अन्य व्यापार व्यवसायमा सामेल थिए, ३० वर्षपछि किसान हुन मन लाग्यो, अनि व्यापारभन्दा खेतीमा फाइदा देखेँ”, उहाँले भन्नुभयो, “गर्मी, जाडो दुवै मौसममा च्याउखेती गर्दै आएको छु, यसको बजार सजिलै र मुल्य राम्रो पाइन्छ ।”
    उहाँलाई नगरपालिकाले पनि सहयोग गरेको छ । उहाँलाई पराल बफाउनका लागि आवश्यक पर्ने अटोक्लेव मेसिन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । स्टिलको रु १० लाखको अटोक्लेव मेसिनमा पराल पकाइ बफाएर च्याउ उत्पादन हुने गरेको छ । “अरु व्यापार, व्यवसायभन्दा च्याउखेती राम्रो छ, ३० दिनमै उत्पादन दिन्छ, मुनाफा पनि धेरै हुन्छ”, उहाँले भन्नुभयो ।

    श्रेष्ठ जस्तै गैँडाकोट–१ मा अनिता च्याउ फार्मको नाममा अनिता न्यौपानेले च्याउखेती गर्दै आइरनुभएको छ । सुरुमा च्याउखेती गर्न निकै गाह्रो महसुस भएको अनुभव उहाँले बटुल्दै जाँदा अहिले यसैलाई आम्दानीको स्रोत बनाउनुभएको छ ।

    कोरोनाको महामारीसँगै विदेशबाट श्रीमान् घर फर्केपछि परिवार नै मिलेर च्याउखेती सुरु गरेको उहाँले बताउनुभयो । “श्रीमान् कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउ खेती सुरु गरेको हो, सुरुमा त बिग्रियो, घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो”, उहाँले भन्नुभयो ।

    अन्य काममा जस्तै च्याउखेतीमा पनि मेहनत गर्नुपर्ने उहाँको भनाइ छ । बिहानदेखि राति अबेरसम्म च्याउकै हेरचाहमा व्यस्त हुने उहाँले चिसो समयमा बढी राम्रो हुने बताउनुभयो । जाडो समयमा मासिक रु दुईदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

    गैँडाकोट–४ मा रहेको शिवशक्ति कृषक समूहले पनि सामूहिक च्याउखेती गर्दै आएको छ । पचास महिलाले रु तीन लाख लगानीबाट सुरु गरेको च्याउ फार्म पाँच टनेलमा छ । चार वर्षअघि नगरपालिकाको रु डेढ लाख सहयोगमा सुरु गरेको फार्मले सामूहिक एकतासँगै धेरै थोरै आम्दानी पनि गराएको समूहका अध्यक्ष सङ्गीता पण्डितले बताउनुभयो ।

    “आएको नाफा समूहमा नै राखी सामूहिकरुपमा सञ्चालन गर्ने गरेका छौँ”, पण्डितले भन्नुभयो, “निरन्तरको लगाव भए च्याउखेती आम्दानीको उपयुक्त माध्यम हुने रहेछ ।” सो नगरपालिका क्षेत्रमा च्याउखेती प्रवद्र्धनका लागि नगरपालिकाले पनि सहायता प्रदान गर्ने गरेको छ । नगरपालिकाले विभिन्न समयमा अनुदान, किसानका लागि सहुलियत र अन्य कार्यक्रम सञ्चालन गरेर अगाडि बढेको नगरपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक सुरक्षा पौडेलले बताउनुभयो । “नगरपालिकाले किसानका लागि सहयोग र अनुदानका कार्यक्रमसँगै प्रोत्साहन गरेको छ”, पौडेलले भन्नुभयो, “अहिलेसम्म नगरपालिकामा जम्मा तीन च्याउ फार्म दर्ता छन् ।” (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution