• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

२

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

५

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

६

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

७

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

८

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

९

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

१०

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

११

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१२

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आन्तरिक पर्यटकको रोजाइमा वालिङ नगरपालिकाको सरसफाइ केन्द्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन ८, सोमबार (३ साल अघि)
    202302201352-d31b1d92-0814-47b0-a13c-f62f2322f92a_medium

    Advertisement

    वालिङ। आँधीखोलाको किनारमा अवस्थित वालिङ नगरपालिकाको सरसफाइ केन्द्र । दायाँबायाँ उर्वर भूमि । अहिले गहुँ, तोरी, फापरलगायतका बालीनालीले गर्दा झनै आकर्षक र मनमोहक देखिन्छ । वालिङ नगरपालिकाले कुहिने, नकुहिने, सिसाजन्य तथा दिसाजन्य लेदो व्यवस्थापन यही ठाउँमा गर्दै आइरहेको छ । सुन्दा नि अचम्म लाग्न सक्छ । देशका कतिपय ठाउँमा फोहरमैला व्यवस्थापन समस्या र चुनौतीका रुपमा आइरहँदा वालिङमा भने फोहरमैला व्यवस्थापन गरिएकै ठाउँमा पिकनिक खाने तथा घुम्न जानेको घुइँचो हुने गरेको छ । फोहरमैला व्यवस्थापन गर्नका लागि बस्ती आसपासमा जग्गा नदिने र विवाद भइरहँदा यहाँ भने फोहरमैला व्यवस्थापन गर्ने स्थानमा नै पिकनिक र घुम्नका लागि मानिसहरु जाने गरेका हुन् । दिनहुँ बजारबाट सङ्कलन गरिएको फोहरमैला व्यवस्थापन गर्ने ठाउँमा पिकनिक खाने तथा घुम्न आउनेको लर्को लाग्ने गरेको छ । जो कोहीलाई पत्यार पनि नलाग्न सक्छ बजारको कुहिने नकुहिने फोहर लगेर फाल्ने ठाउँमा जान त नाक, मुख छोप्नुपर्छ । अझ पिकनिक भन्ने प्रश्न उब्जिन्छ । तर यही पत्यार नलाग्ने कुरालाई गर्न सकिन्छ भन्ने उदाहरण वालिङमा छ ।

    फोहरमैला व्यवस्थापन कतिपय सहरमा चुनौतीकारुपमा देखिइरहेका बेला वालिङमा भने सरसफाइ केन्द्रमै पिकनिक खाने र घुम्न जाने बढ्दै गएका छन् । सरसफाइ केन्द्रमै गएर पकाएर खाने वा घरमै पकाएका खानेकुरा त्यहाँ लगेर खाने बढ्दै गएका हुन् । विभिन्न क्लब, आमा समूह, सामुदायिक तथा संस्थागत विद्यालयले यस ठाउँमा देखाउन वा पिकनिक खान लैजाने गरेका छन् ।

    सरसफाइ केन्द्रमा पिकनिक गएकामध्ये तमु समाज मिर्दी खरिबोट समूहका सहभागी भोजराज गुरुङले सरसफाइ केन्द्रमा गन्हाउँछ, दुर्गन्धित हुन्छ भन्ने भ्रमलाई चिर्दै पिकनिक खान गएको बताए।

    “देशका कतिपय सहरमा फोहर मैलाको उचित व्यवस्थापन नहुँदा समस्या बनिरहेको छ”, उनले भने, “फोहरमैला व्यवस्थापन गर्ने ठाउँमा पनि के को पिकनिक खाने हो रु गन्ध आउँछ होला भनेर हाम्रै समूहमा पनि केही प्रश्न उठेका थिए, त्यस्तो होइन सफा छ भन्ने सन्देश अन्यत्र दिन पनि पिकनिक गरेका हौँ ।”

    वालिङ–८ बिपीचोकस्थित प्रभात आमा समूहकी सहसचिव विष्णु बगालेले पनि फोहरमैला व्यवस्थापन गरेको ठाउँमा नपुग्दासम्म गन्ध आउने, प्रदूषित होला भन्ने सोंचाइमा थिए । जब त्यहाँ पुगे फरक पाएको बताइन्।

    “आँधीखोलाको किनारमा रहेको समथर भूभाग र त्यसमा निर्माण गरिएको सरसफाइ केन्द्रमा पुग्दा राम्रो लाग्यो”, उनले भनिन्, “फोहरमैला व्यवस्थापन गर्नका लागि बनाइएको ठाउँ यति राम्रो र घुम्न लायक होला भन्ने लागेको थिएन जब गए तब फरक पाएँ ।”

    सरसफाइ केन्द्र परिसरभित्र पक्की सडक र दायाँबायाँ हरियो दुबो तथा फूलहरु रोपिएको छ । यो ठाउँ वालिङ नगरवासीको आकर्षक ठाउँ भएको र यहाँ वालिङसहित अन्यत्रबाट पनि पिकनिक खान, वर्थडे मनाउन, फोटो खिच्न, टिकटक बनाउन आउने गरेका उनले बताइन्।

    कुहिने, नकुहिने, सिसाजन्य तथा दिसाजन्य लेदो व्यवस्थापन गर्दै आएको उक्त ठाउँको अध्ययन अवलोकनका लागि वालिङको सरसफाइ सिकाइ केन्द्रकारुपमा विकसित भइसकेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए।

    फोहरमैला व्यवस्थापनसँगै सोही ठाउँलाई ‘पिकनिक स्पट’ कारुपमा अगाडि बढाउने योजनाअनुसार काम भइरहेको उनले बताए। कुहिने फोहरबाट कम्पोष्ट मल, नकुहिने फोहरलाई वर्गीकरण गरी बिक्री गर्ने र पुनःप्रयोग गर्ने तथा सिसाजन्य फोहरलाई बिक्री गरी नगरपालिकाले आम्दानी गर्दै आइरहेको छ । दिसाजन्य लेदो व्यवस्थापनको प्लान्ट सञ्चालन गरी कम्पोष्ट मल तथा बायोग्यास उत्पादनका लागि काम भइरहेको छ ।

    “बजारबाट सङ्कलन गरिएको फोहरमैला व्यवस्थापनका लागि कतिपय ठाउँमा जग्गा नै उपलब्ध नहुने अवस्था छ”, उनले भने, “दुर्गन्धित हुन्छ, गन्हाउँछ भन्ने भएर होला तर हाम्रोमा फोहरमैला व्यवस्थापन गर्ने ठाउँमा नै पिकनिक खान सकिने गरी ठाउँ बनाएका छौँ, अझै केही पूर्वाधार थप गर्दै जाने तयारीमा छौँ ।”

    सरसफाइ केन्द्रमा देशका विभिन्न ठाउँबाट अध्ययन अवलोकनका लागि विभिन्न कार्यालय, सङ्घसंस्था तथा समूह आउने गरेका छन् । सरसफाइ केन्द्रमा दैनिक डेढ देखि दुईसय जना घुम्न तथा पिकनिक खान आउने गरेका उनले बताए।

    श्रवण कुमारका अन्धाअन्धी बुवाआमाको आँसुबाट बहेको ‘आँधीखोला’ को किनारमा वालिङ–१ मजुवामा निर्माण भएको सरसफाइ केन्द्रमा वालिङ नगरपालिकाले दैनिक कुहिने, नकुहिने फोहरमैला सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ । सोही केन्द्रमा सिसाजन्य फोहरलाई बिक्री गर्दै आएको छ । दिशाजन्य लेदोको प्लान्ट सञ्चालन गरी बायोग्यास तथा कम्पोष्ट मल निकाल्ने काम अगाडि बढेको छ ।

    नगरपालिकाले फोहरमैला व्यवस्थापन गरी रु २४ लाख आम्दानी गर्न सफल भएको छ । व्यवस्थापन गर्न नजाने फोहर हो भने व्यवस्थापन गर्न जाने आम्दानीको स्रोत हो भन्ने कुरा वालिङ नगरपालिकाबाट सिक्न सकिन्छ ।

    “यहाँका घरघरमै कुहिने र नकुहिने फोहरलाई घरधनीले छुट्टाछुट्टै भाँडोमा राख्नुहुन्छ”, उनले भने, “कुहिने फोहरलाई कुहिने गाडीमा र नकुहिने फोहरलाई नकुहिने गाडीमा सङ्कलन गरी सरसफाइ केन्द्रमा लगेर थप वर्गीकरण गरिन्छ ।” कुहिनेलाई कम्पोष्ट मल र नकुहिने तथा सिसाजन्य फोहरलाई वर्गीकरण गरेर बिक्री गरिन्छ ।
    रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो


  • Advertisement

    समाचार
  • १

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • २

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ५

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ६

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ७

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ८

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ९

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • १०

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution