• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विदेश शयरमै रमाउँछन् मेयर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ५, बुधबार (६ साल अघि)
    meyar1051

    Advertisement

    ललितपुर। विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उनको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि? तर महानगरपालिकाकोे कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन।

    कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ। स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी न्यूनत्तम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनतामा असन्तुष्टि रहँदै आएका बेला प्रमुख महर्जन सोमबार राति भियतनामतर्फ गएका हुन्।

    भियतनाममा हुने विभिन्न राष्ट्रका शहरका मेयरहरुको बैठकमा भाग लिन महर्जन त्यसतर्फ गएकाे उनका सहयोगी स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी दिए। ‘महानगरपालिकालाई खर्चको भार नपर्ने गरी उहाँ नगई नहुने भएकाले मात्र विदेश जानुभएको हो’, स्वकीय सचिव वज्राचार्यले भने– ‘महत्वपूर्ण भ्रमण भएकाले यसअघिको विदेश भ्रमणसँग यसलाई जोडेर लिनुहुन्न।’ नगर विकासका लागि आवश्यक ज्ञान, सीप र सम्बन्धको विकास गर्न विदेश भ्रमण गर्दै आएको वज्राचार्यको दाबी छ

    अहिलेसम्म ११औं पटक विदेश भ्रमण

    यसअघि उनले १० पटक विदेश भ्रमण गरिसकेका छन्। देशभरका ७ सय ५३ स्थानीय तहका प्रमुखमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुख हुनु्। महर्जनले महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गरेको आउँदो जेठ १० गतेबाट दुई वर्ष पूरा हुनेछ। डेढ वर्षयता उनको विदेश भ्रमणले निकै रफ्तार लिए पनि कार्यसम्पादनले गति लिन नसकेको अवस्था छ।

    महर्जनले यसअघि असोज असोज १४ देखि २१ सम्म मंगोलिया, गत वर्ष साउन १४ देखि भदौ १६ सम्म जापान, भदौ ५ देखि १७ कोरिया, कात्तिक २ देखि ६ श्रीलंका, असोज ५ देखि ११ थाइल्यान्ड, असोज २४ देखि ३० थाइल्यान्ड, पुस ३० देखि माघ ५ सम्म म्यानमार, माघ ८ देखि ११ जापान, फागुन १२ मा फेरि जापान र त्यसपछि चीन गएका थिए। २ महिनाअघि फेरि चीन भ्रमण जान खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोकेको थियो।

    भ्रमणबारे प्रतिक्रिया
    तर अहिलेसम्म विदेश भ्रमणको उपलब्धि, प्राप्त ज्ञान र अनुभव कार्यमा प्रतिविम्बित भएको अनुभूत नीति, योजना र कार्यक्रममा न कार्यशैलीमा प्रतिविम्बित भएको छ। ‘काम गर्ने सँगैसँगै विदेश पनि जानुभएको भए, त्यति धेरै आलोचनाको विषय हुन नपर्ने हो। तर यहाँ काम भने खासै नभएकाले हामी पनि दिक्क छौं’ –प्रमुख महर्जनका एक सल्लाहकारले भने।

    प्रमुख महर्जनले चुनावमा जित्न, चुनावपछि जनतामा वाचा गरेका प्रतिबद्धता पूरा गर्ने दिशामा काम अघि बढ्ने त टाढाको विषय हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा नगरपरिषद्मा घोषणा गरिएका अल्पकालीन महत्वका देखिने कार्यसमेत खासै अघि बढ्न सकेनन्। ‘कार्यसम्पादन सुस्त रहेको पृष्ठभूमिमा विदेश भ्रमणले मात्र निरन्तरता पाएको नगरवासीमा छाप परेको छ। कामहरु किन अघि बढ्न सकेन ? अहिले विचार गर्नुपर्ने विषय यही हो’ –स्थानीयबासी मित्र महर्जनले भने।

    घोषणाअनुसार काम भएन
    गत वर्ष असोज १ गते मेयर महर्जनले ललितपुरलाई ट्राफिक जाममुक्त महानगरपालिका घोषणा गरे पनि ललितपुरको ट्राफिक जाम जस्ताको त्यस्तै रहेको छ। सोही दिन पुल्चोकदेखि हरिहरभवनसम्म सोलारबत्ती जडान गर्ने योजनालाई पनि साकार रुप दिन सकेका छैनन्।

    सडकमा आवश्यक अध्ययन र पर्याप्त सडक पूर्वाधारबिना नै जाममुक्त महानगर घोषणा गर्दा उक्त योजना केवल योजनामा मात्र रहेको स्थानीयको गुनासो छ। मेयर महर्जनले घोषणा गरेका अल्का हस्पिटलअगाडि पाटन अस्पतालअगाडि, लगनखेल चोकमा दुई अकासेपुल बनाउने, पुल्चोकदेखि बाग्मती पुलसम्म फ्लाइओभर ब्रिज बनाउने, संवेदनशील क्षेत्रमा सिसिटिभी र सोलारबत्ती जडान गर्नेलगायत कुनै पनि योजना शुरु हुन सकेका छैनन्।

    पाटन दरबार क्षेत्रलाई सवारीमुक्त गर्ने योजना, ललितपुरका मूर्त, अर्मूत संस्कृतिको संरक्षण गर्न दरबन्दीको परिमार्जन, स्माट लाइटलगायत योजनाले गति लिन नसकेको महानगरपालिकाका कर्मचारी बताउँछन्।

    ‘स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी नगरवासीले देख्ने, अनुभूत हुने गरी खास काम नै भएन’ –स्थानीय टंगल निवासी रवीन्द्रराज ताम्रकारले भने। चालू आर्थिक वर्ष २०७५÷०७६ का लागि स्वीकृत कार्यक्रम त शुरु हुने क्रममा रहेको छ।

    काम नहुनुको कारण
    अहिलेसम्म उनले महानगरपालिकाको कुन कुन क्षेत्रमा के कस्तो काम गर्न चाहेको हो ठम्याउन गा¥हो भइरहेको छ। समस्या अरुमा नभई मयेरमा पनि छ। ‘मेयरले के गर्न चाहेको हो ? भिजन के हो मैले बुझ्नै सक्या छैन’ –ती सल्लाहकारले भने। महानगरपालिकाका कर्मचारीका अनुसार प्रमुखले आफ्नो सोचलाई नीति र कार्यक्रममा ढालेर काम गर्न सकेनन्। ‘यसको अर्थ कर्मचारीमा पनि सबै राम्रा छन् भने पनि कर्मचारीलाई कसरी काम लगाउने भन्ने कुरो नेतृत्वले सोच्नुपर्दछ’ –ती सल्लाहकारले भने।

    प्रमुख महर्जनले अपेक्षाकृत काम गर्न नसक्नुमा विशेषतः तीनवटा कारण आैँल्याउँदै आएका छन्। उनले भने– ‘एक कर्मचारी सक्षम छ्रैनन्, दोस्रो कार्यपालिकामा आफ्नो (कांग्रेसको) बहुमत छैन र तेस्रो केन्द्र सरकारले पनि आवश्यक सहयोग गरेको छैन।’

    विभिन्न देशबाट दिने भनेको सहयोग पनि सरकारले स्वीकृति नदिएपछि लिन नसकेको पनि महर्जनले बताए। ‘संविधानले धेरै अधिकार दिएको भनिए पनि असाध्यै व्यवहारतः मन्त्रालयको परिपत्र, निर्देशन, केन्द्रीकृत हुने गरी बनाइएका ऐनले स्वायत्तताको अभ्यास गर्न दिएको छैन’ –प्रमुख महर्जनले भने। स्थानीय तह पुनर्संरचनापछिको पाँच वर्ष यस्तै संक्रमणमा बित्ने हो कि भन्ने प्रश्न सबैतिर उठ्दै गएको छ। नेपाल समाचारपत्र दैनिक

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution